काठमाडौं १० चैत । नेपाल र चीनले १५ बुँदे संयुक्त विज्ञप्ति जारी गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको जारी चीन भ्रमणका क्रममा बुधबार जारी संयुक्त विज्ञप्तिमा नेपालको नयाँ संविधानको स्वागत गरिएको छ ।
संयुक्त विज्ञप्तिमा इन्धनको व्यापारका लागि सम्झौता गर्न दुबै देश सहमत भएको छ । यसका लागि सम्वद्ध कम्पनीहरुलाई छलफल अघि बढाउन र मूल्य, कर, ढुवानी, गुणस्तर नियन्त्रण, भन्सारबारे निर्णयमा पुग्न भनिएको छ ।
चीन र नेपालबीचको सम्वन्ध नयाँ उचाईमा पुगेको दुई देशको ठहर छ ।
साथै दुई देशबीच विकास र सम्बृद्धिका नयाँ सम्भावनाहरु खुलेको भन्दै संयुक्त विज्ञप्तिमा समानता र आपसी हितका आधारमा दुबै देशका जनतालाई फाइदा पुग्ने अघि बढ्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा १० वटा सम्झौता तथा समझदारी समेत भएको थियो ।
No comments:
Post a Comment