top_rightads

Follow me on Twitter

Saturday, March 12, 2016

पति विदेशमा, पत्नी चक्करमा


दोलखा ,३०  फागुन -२६ वर्षीया कल्पनाको बिहे सात वर्ष अघि खक्षिणी गाउँ भेड्पुका एक युवकसँग भयो । 
उनले छोरो जन्माइन । सासु ससुराले आत्मविश्वासहित बुहारीलाई घरसम्पत्तिमा सहज अधिकार दिए।
 परिवार चलाउन धौ धौ परेपछि घर सल्लाहमै एक वर्ष अघि पति विदेसिए। त्यसको २ महिना नबित्दै उनले आफ्नो जीवनमा नयाँ पुरुषलाई प्रवेश दिईन र पति नफर्कदै सम्पत्ति लुटपुट्याएर उसैसँग भागिन् ।

भीमेश्वर नगरपालिका ३ की २१ वर्षीय एक महिलो पति विदेसिएको महिनादिन भित्रै  परपुरुषसँग सल्किइन् । विदेशबाट पतिले पठाएको पैसा र सासूससुराको सम्पति गुटमुट्याएर तिनै प्रेमीसँग भागिन् ।६ महिनायता दोलखा जिल्लामा २५ जनाले विदेश गएका पतिलाई धोका दिइसकेको तथ्थांक प्रहरीसँग छ ।नागरिक दैनिकमा समाचार छ ।

No comments:

Post a Comment