आफ्नो संस्कृती आँफै जागोउने गरी अहिले दोलखामा यो अभियान सुरु गरिएको हो । पछिल्लो समय नेपालमा पश्चिमेली संस्कृतीले राज गर्दै गर्दा यापती सोनारी संरक्षण तथा सम्बर्द्धन युवा मञ्च र नेपाली थामी विध्यार्थी संघ दोलखाले यो अभियान सुरु गरेको हो ।
थामी मौलिक नाच तथा गीतहरु संरक्षणका लागि संकलन तथा रेकर्डिङको कार्यक्रम गर्न लागिएको नेपाल थामी विध्यार्थी संघ दोलखाका सचिव सबिता थामीले जानकारी दिनुभयो ।
उनका अनुसार पछिल्लो समय थामी समुदायको मौलीक नाच तथा गीतहरु विस्तारै लोपहुने क्रममा छ । पछिल्लो पुस्तालाई हस्तान्तरणका लागि पनि यो अभियान अत्यन्त जरुरी रहेको उनको भनाई छ ।

अहिले यो अभियान पुरा गर्न आर्थिक समस्या देखिएको छ । राज्यले पुराना मौलिक तथा संस्कृतिक पक्षको जर्गेना गर्न खास कुनै चासो नदेखाए पछि विभिन्न माध्यम हुँदै आर्थिक संकलन गरेर भए पनि थामी समुदायको मौलिक नाच तथा गीतहरुको संरक्षण गर्न अाफुहरू लागिपर्ने बताएका छन् ।

दोलखाका सुस्पा क्षमावती, सुन्द्रावती, सुनखानी, लापिलाङ, लामिडाँडा, कालिञ्चोक, बाबरे, आलम्पु, बिगु, खोपाचागु, लाकुरी डाँडा, आदि स्थानमा थामीहरूको अधिक जनघनत्व रहेको छ । सिन्धुपाल्चोकमा चोकटी , घोर्थली , धुस्कुन , पिस्कर, तौथली , राम्चे , कर्थली गाउमा समेत थामी समुदायकाे राम्राे उपस्थिती रहेकाे छ ।

(Published on Online Nepali News- KantipathNews)
No comments:
Post a Comment