top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

सांसदकाे उपचार खर्चमा साढे ५४ लाख


संसद सचिवालयबाट एक सय ५९ सांसदले उपचार खर्च लिएका छन् । दोस्रो संविधानसभाका सांसदहरुले उपचार खर्चका नाममा माघ मसान्तसम्म झन्डै ५४ लाख ५९ हजार रुपैयाँ लगेका छन्।दोस्रो संविधानसभाका केही सांसदले माघ मसान्तसम्म नौपटकसम्म उपचार खर्च बुझेका छन् । सांसद मेघराज नेपाली निषदले नौपटक, भुपेन्द्र थेबेले आठ पटक, अकवल महमद शाहले सातपटक, दीपनारायण साहले ६ पटक, डिलबहादुर नेपालीले पाँच पटक उपचार खर्च बुझेका छन् ।कांग्रेसका सांसद मोहनप्रसाद बरालले आपू आक्रमणमा परी उपचारमा संलग्न रहेकेा भन्दै ६३ हजार ७ सय ४५ रुपैया लगेको संसद् सचिवालयले जनाएको छ ।नयाँ पत्रिका दैनिकमा समाचार छ।

No comments:

Post a Comment