Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Showing posts with label गृह पृष्ठ. Show all posts
Showing posts with label गृह पृष्ठ. Show all posts
Wednesday, March 23, 2016
साझा प्रकाशनको साधारणसभा २५ गते हुने
काठमाडौँ, १० चैत । साझा प्रकाशन गृहको स्थगित २३औँ साधारणसभा यही चैत २५ गते संस्थाको केन्द्रीय कार्यालय पुल्चोकमा हुने भएको छ ।
यसअघि गत असोज १६ गते तय भएको साधारणसभा रोक्न सहकारी विकास बोर्डले पुनरावेदन अदालत, पाटनमा निवेदन दिएपछि सभा स्थगन भएको थियो ।
अदालतको आदेशबाट संस्थाको व्यवस्थापन वैध रहेको र यसले सभा गर्न सक्ने भनी बाटो खुलेपछि नयाँ मिति तय भएको हो ।
प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डालिन्द्रप्रसाद शर्माले आठ वर्षदेखि हुन नसकेको साधारणसभा गराएर संस्थाको वस्तुस्थिति सबै सदस्यलाई अवगत गराइने बताउनुभयो ।
करिव एक हजार पाँच सय सदस्यले भाग लिने साधारणसभामा अंशियारको तर्फबाट तीन जना सञ्चालक सदस्यको निर्वाचन गर्नेलगायत कार्यसूची छन् ।
निलम्बित सांसद् लामा धरौटीमा रिहा
काठमाडौँ, १० चैत । एकीकृत नेकपा (माओवादी)का निलम्बित सांसद् ल्हारक्याल लामा वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा धरौटीमा रिहा भएका छन् ।
वैदेशिक रोजगार विभागका प्रवक्ता एवम् निर्देशक जनक रेग्मीले वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा आज लामाकोे बयान लिएपछि रु ३० लाख धरौटीमा छाड्ने निर्णय गरिएको जानकारी दिनुभयो ।
गत फागुन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनका क्रममा बैंकको लकर जाँच गर्दा १४ थान गोली बरामद भएपछि उहाँ पक्राउ पर्नुभएको थियो ।
पक्राउ पर्नुभएका लामालाई गोली बरामद विषयमा गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा छोडेलगत्रैन वैदेशिक रोजगारीसम्बन्धी ठगीको पुरानो मुद्दामा विभागको आग्रहमा प्रहरीले पुनःपक्राउ गरेको थियो ।
शिक्षक किताबखानामा टोकन प्रणाली
काठमाडौँ, १० चैत । शिक्षा मन्त्रालयअन्तर्गतको विद्यालय शिक्षक किताबखानाले शिक्षकका लागि प्रदान गरिने विभिन्न सेवामा आजदेखि टोकन प्रणाली लागू गरेको छ ।
शिक्षकको निवृत्तिभरण, सन्तति वृत्ति, सम्पति विवरण, अभिलेख अद्यावधिकलगायत कााम गर्दै आएको सो किताबखानाले नयाँ टोकन प्रणाली लागू गरेको प्रवक्ता होमनाथ न्यौपानले जानकारी दिनुभयो । रासस
शिक्षकको निवृत्तिभरण, सन्तति वृत्ति, सम्पति विवरण, अभिलेख अद्यावधिकलगायत कााम गर्दै आएको सो किताबखानाले नयाँ टोकन प्रणाली लागू गरेको प्रवक्ता होमनाथ न्यौपानले जानकारी दिनुभयो । रासस
“मेरो कथाका पानाहरू भाग–३” सार्वजनिक
काठमाडौँ, १० चैत । प्रजातन्त्र पुनस्र्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको आत्मकथाका तीन भाग सार्वजनिक गरिएको छ ।
गणेशमान सिंह फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली भाषामा लेखिएको “मेरो कथाका पानाहरू भाग–३” र यसअघि नै प्रकाशन भएका सोही शीर्षकको आत्मकथाका भाग १ र २ को अङ्ग्रेजी संस्करण सार्वजनिक गरिएको हो ।
पुस्तक सार्वजनिक गर्दै नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ मा प्रजातन्त्र स्थापना र २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना गर्न नेता सिंहले महत्वपूर्ण योगदान पु¥याएको सम्झना गर्नुभयो ।
गणेशमान सिंह फाउन्डेसनले आज यहाँ आयोजना गरेको कार्यक्रममा नेपाली भाषामा लेखिएको “मेरो कथाका पानाहरू भाग–३” र यसअघि नै प्रकाशन भएका सोही शीर्षकको आत्मकथाका भाग १ र २ को अङ्ग्रेजी संस्करण सार्वजनिक गरिएको हो ।
पुस्तक सार्वजनिक गर्दै नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले विसं २००७ मा प्रजातन्त्र स्थापना र २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना गर्न नेता सिंहले महत्वपूर्ण योगदान पु¥याएको सम्झना गर्नुभयो ।
आर्थिक समृद्धिका लागि बाटो खुल्यो –उपप्रधानमन्त्री रावल
काठमाडौँ, १० चैत । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावलले नेपाल र चीनबीच भएका विभिन्न सम्झौताले अब मुलुकमा आर्थिक समृद्धिका लागि थप सम्भावनाका बाटो खुलेको बताउनुभएको छ ।
रिपोर्टर्स क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार कार्यक्रममा उपप्रधानमन्त्री रावलले अहिलेसम्म भारतीय भूमिबाट मात्रै तेस्रो देशसँगको व्यापार हुने गरेकोमा अहिलेको सम्झौताले चीनको भूमिबाटसमेत तेस्रो मुलुकसँगको व्यापार गर्न पाउने व्यवस्था भएकाले यसले दीर्घकालीनरुपमा नेपाललाई फाइदा गर्ने बताउनुभयो ।
उहाँले नेपाल स्वतन्त्र र सार्वभौम सम्पन्न राष्ट्र भएकाले आफ्नो देशको आवश्यकताअनुसार नेपालले जुनसुकै मुलुकबाट पेट्रोलियम पदार्थ आयात गर्न सक्ने बताउँदै अहिले प्राविधिक कारणले मात्रै चीनसँग इन्धन सम्झौता हुन नसकेको प्रष्ट पार्नुभयो ।
उपप्रधानमन्त्री रावलले तेलको मूल्य, ढुवानी, करलगायतका प्राविधिक कारण टुङगो लागिनसकेका कारण अहिले इन्धन सम्झौता गर्न नसकिएको जानकारी दिँदै नेपाल र चीन दुबै पक्ष सकारात्मक रहेकाले अब चाँडो त्यस विषयमा सम्झौता हुने बताउनुभयो ।
एघार बुँदे घोषणापत्र जारी गर्दै दक्षिण एसियाका सांसदको भेला सम्पन्न
काठमाडौँ, १० चैत । बालविवाह अन्त्यका लागि दक्षिण एसियाका सांसदहरुको प्रतिबद्धतासहितको ११ बुँदे घोषणापत्र जारी गर्दै सांसदको भेला आज यहाँ सम्पन्न भएको छ ।
नेपालस्थित जनसङ्ख्या तथा विकासका लागि सांसदको राष्ट्रिय सञ्जाल (एनएफपिपिडी) सँगको सहकार्यमा जनसङ्ख्या तथा विकासका लागि एसिया प्यासिफिक सांसदको मञ्च९एएफपिपिडी० ले आयोजना गरेको उक्त दुईदिने भेलाले जारी गरेको घोषणापत्रमा बालविवाह मानव अधिकारविरुद्धको घोर उल्लङ्घन भएको स्वीकार्दै कानुनी, राजनीतिक तथा आर्थिक रुपमा यसको अन्त्यका लागि प्रयास गरिने, कम्तीमा १८ वर्षभन्दा मुनिको विवाह गर्न नपाइने र गर्नेलाई कडा कानुन बनाई कारवाहीको दायरामा ल्याइने उल्लेख गरिएको छ ।
यसैगरी, जन्म दर्ता र विवाह दर्ता अनिवार्य गरिने, बहुसरोकारवालालाई बालविवाह अन्त्यका लागि स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म परिचालन गरिने, बालविवाह स्वास्थ्यको समस्या पनि हो भन्ने कुराको जनचेतना अभिवृद्धि गर्ने, सम्पत्तिसम्बन्धी अधिकारमा महिलाको पहुँच बढाइनेजस्ता कुरामा एसिया प्यासिफिकका सांसद्ले दबाबमूलक अभियान थाल्ने उक्त घोषणापत्रमा जनाइएको छ ।
राजकुमारले भने : असम्भव केही छैन, गरे सकिन्छ
काठमाडौँ, १० चैत । बेलायती राजकुमार हेनरी चाल्र्स अल्बर्ट डेभिड ह्यारीले प्रश्न गरे, समाजमा विद्यमान बालविवाह अन्त्य गर्न के गर्नुपर्ला ?
बालक सहिल अन्सारीको जवाफ थियो, “सर, समाजमा गरिबी, अशिक्षा र पछौटेपनले जरो गाडेर बसेको छ । यसको अन्त्य नभसम्म बालविवाह अन्त्य हुन गाह्रो छ ।” ती तीनकुरा हटाउन समय लाग्छ हैन र रु बाँकेका ती बालकले राजकुमारलाई जवाफ दिए ।
आज यहाँ आयोजित बालिका सम्मेलनमा सहभागी हुनुपूर्व सम्मेलनमा सहभागी भइराखेका बाल बालिकासँगको करिब ४५ मिनेट लामो अन्तरङ्ग कुराकानीमा बेलायती राजकुमार ह्यारीलाई अत्यन्तै गम्भीर र भावुक बनायो । यस अवसरमा राजकुमार ह्यारीले बालबालिकाको कुरा मात्र सुनेनन् आफ्ना अनुभवसमेत खुलस्त गरे ।
मकवानपुरकी बालिका नवीना विकले प्रश्न गरिन्, बालविवाहसम्बन्धी परम्परागत सोचाइ र धारणालाई परिवर्तन गर्न के गर्नुपर्ला रु राजकुमार ह्यारीलाई बालिकाको प्रश्नले गम्भीर बनायो अनि उनले भने,–“समाज, घर परिवारका सोचाइ क्षणभरमा परिवर्तन हुने कुरा होइन, समय लाग्छ । यसका लागि आफ्नो प्रयास जारी राख्न छाड्नु हुँदैन नि ।”
भीषण हुरी बतासग्रस्त रसुवाको जनजीवन सहज हुँदै
रसुवा, १० चैत । आज बिहानदेखि चलेको भीषण हुरी बतास थामिएपछि उत्तरी रसुवाको जनजीवन सहज हुँदै गएको छ ।
जिल्ला प्रहरी प्रमुख अवदेश विष्टका अनुसार अपराह्नदेखि हुरी बतास रोकिएकाले जनजीवनमा सहजता आएको हो । सो हुरी बतासले धुन्चे, राम्चे, हाकु, कत्लाङ, कोल्चुङ, गतलाङ, थुमन, स्याफ्रु, ब्रिदिम, टिमुरे र लाङ्टाङ गाविससमेतका बासिन्दा प्रभावित भएका थिए ।
हुरी बतासका कारण सयौँ स्थानीयवासीको घर र कृषि, अस्पताल, मत्य केन्द्र, खानेपानी, नेपाल प्रहरी, सशस्त्र प्रहरीसमेतका सरकारी निकाय र केही गुम्बामा क्षति पुगेको थियो ।
क्षतिको विवरण सङ्कलन भइरहेको छ । अहिलेसम्म यहाँ विद्युत् आपूर्ति हुन सकेको छैन । रासस
‘सातौं हेम्जा आलु महोत्सव’ २३ गतेदेखि
पोखरा, १० चैत । राम्रो आलु उत्पादन हुने स्थानका रुपमा आफ्नो पहिचान बनाएको हेम्जामा चैत २३ गतेदेखि ३० गतेसम्म ‘सातौं हेम्जा आलु महोत्सव’ हुने भएको छ ।
कृषि पर्यटनको विकासमा सहयोग पु¥याउँदै व्यावसायिक कृषिप्रति सर्वसाधारणलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको हो ।
कृषिको सबलीकरण, पर्यटन र जैविक विविधताको प्रचारप्रसार गरी कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न महोत्सव आयोजना गरिएको आयोजक विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीको भनाइ छ ।
पछिल्लो समय आलु गाउँको उपमा पाएको हेम्जाको आलुले राम्रो बजार लिन थालेसँगै यहाँका किसान आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् ।
हेम्जाको कुल क्षेत्रफल एक हजार ९७१ हेक्टर रहेको छ भने ६५० हेक्टरमा आलुखेती गरिन्छ । यहाँ एक हजार १५० घरपरिवार कृषिमा आधारित छन्, भने ६५० किसानले व्यावसायिक आलुखेती गर्ने गरेका बताइएको छ । रासस
आगलागीबाट दुई घर नष्ट
ताप्लेजुङ, १० चैत । ताप्लेजुङ नगरपालिका– २ स्थित सल्लेरी भीरमा आज लागेको आगोबाट दुईवटा घर नष्ट भएका छन् ।
स्थानीयवासी चन्द्रकला मुखियाको घरमा आगलागी हुँदा घरमा रहेका लत्तापकडा, अन्नपात सबै जलेर सखाप भएको छ ।
नगरपालिकाको दमकल आइपुगे पनि अहिलेसम्म आगो नियन्त्रण गर्न नसकिएको स्थानीयवासी अर्जुन भारतीले जानकारी दिनुभयो । आगालागीबाट गाउँका करिब ३५ घर जोखिममा परेका छन् ।
दिउँसो १ बजे आगलागी भएको भए पनि समयमै दमकल नआइपुग्दा स्थानीय जनता आक्रोशित बनेका छन् । रासस
तथ्याङ्क प्रणालीलाई जीवन उपयोगी बनाइनुपर्छ : डा खतिवडा
काठमाडौँ, १० चैत । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा युवराज खतिवडाले मुलुकको तथ्याङ्क प्रणालीलाई व्यवस्थित र जीवनोपयोगी बनाइनुपर्ने बताउनुभएको छ ।
विश्व तथ्याङ्क दिवसको अवसरमा केन्द्रीय तथ्याङ्क विभागले यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले सही तथ्याङ्कको सही ढङ्गले प्रयोग भएमात्र त्यसको प्रतिफल परिणाममुखी हुने उल्लेख गर्नुभयो ।
“सही तथ्याङ्कलाई नीति निर्माणमा प्रयोग गर्न सकेको खण्डमा मात्र मानिसले त्यसको यथोचित लाभ लिन सक्छन् । उपभोक्तामा सचेतनाको जरुरी छ । कुन तथ्य, विधि र पद्धतिबाट गरिएको हो, त्यसको सान्दर्भिकता छ कि छैन भन्ने कुरालाई ध्यान दिइनुपर्छ,”–उपाध्यक्ष डा खतिवडाले भन्नुभयो ।
उहाँले तथ्याङ्कको महत्वलाई स्थापित गर्दै सुदृढ र प्रभावकारी बनाई प्रशासनिक तथ्याङ्कलाई सुरक्षित र उपयोगितामा लैजानुपर्ने आवश्यकता रहेको दोहो¥याउनुभयो ।
पच्चीस करोडको सुन्तला बिक्री
पोखरा, १० चैत । गोरखाका किसानले यसवर्ष रु २५ करोडको सुन्तला बिक्री गरेका छन् ।
जिल्लामा पाँच हजार ८२७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।
जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत वीरेन्द्र धितालका अनुसार गत वर्षभन्दा यसवर्ष १० देखि १२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ ।
त्यहाँ उत्पादन भएका सुन्तला काठमाडाँैं, नारायणगढ, मुग्लिन, आँबु खैरेनी लगायत बजारमा बिक्री गरिन्छ ।
किसानले यस वर्ष ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला लगाएका थिए भने उनीहरुले प्रतिकिलो रु ४२ देखि रु १३० सम्ममा बिक्री गरेका थिए । जिल्लाका मनकामना, ताङ्लीचोक, देउराली, नारेश्वर, फिनामलगायत गाविस सुन्तलाका पकेटक्षेत्र मानिन्छन् ।
गोरखामा बर्सेनि पाँचवटा नर्सरीबाट चार लाखदेखि पाँच लाखसम्म सुन्तलाका बिरुवा उत्पादन गरी बिक्री गरिँदै आएको छ ।
अध्यक्ष दाहाल र जर्मन वामपन्थी पार्टीका प्रतिनिधिबीच भेटवार्ता
काठमाडौँ, १० चैत । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालसँग जर्मन वामपन्थी पार्टीका प्रतिनिधिले भेटवार्ता गरेका छन् ।
अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको भेटवार्तामा नेपालको माओवादी आन्दोलन, संविधान निर्माण प्रक्रिया र एमाओवादीको पछिल्लो गतिविधिबारे जर्मन वामपन्थी पार्टीका प्रतिनिधिले जानकारी लिएको थियो ।
अध्यक्ष दाहालले नेपाली आफैले शान्ति प्रक्रिया र संविधान निर्माणमा उल्लेख्य भूमिका खेलेको भन्दै आगामी दिनमा क्रान्तिकारी कम्युनिस्ट पार्टीबीचको एकता प्रक्रियालाई पूर्णता दिन लागिपरेको बताउनुभएको उहाँका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
हट अबतारमा प्रियंका (फोटो फिचर)
जुन दृश्यले बलिउड गर्माएको छ ।प्रियंकाका सार्वजनिक तश्विर स्टाईलिस्ट लाग्छन् । उनले केहि फरक तरिकाले दृश्य दिएकी छिन् । कतै स्विमसुट मा त कतै विकिनीमा उनलाई देख्न सकिन्छ ।
१८ वर्षीय ह्याकर्स पक्राउ
काठमाडौँ, १० चैत । राष्ट्रिय क्षयरोग केन्द्र र घरेलु तथा साना उद्योग कार्यालयको बेबसाइट ‘ह्याक’ गर्ने व्यक्ति पक्राउ परेका छन् ।
तनहुँ, बन्दीपुर घर भई हाल काठमाडौँको बालाजु हाइटमा बस्दै आएका १८ वर्षीय विकास पौडेललाई महानगरीय अपराध महाशाखाको टोलीले चैत ७ गते सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
महाशाखामा परेको उजुरीको आधारमा छानबिन गर्दै जाँदा बेबसाइड ह्याक गर्ने ह्याकर्सले “ब्लयल थmयगक ३इउलभउ’’ प्रयोग गरेर ह्याक गरेको देखिन आएको प्रहरीले जनाएको छ ।
अनुसन्धानको क्रममा निज विकास पौडेलले राष्ट्रिय क्षयरोग केन्द्र, घरेलु तथा साना उद्योग कार्यालय, दुग्ध विकास संस्थान, नेपाल दूरसञ्चार संस्थानका केही प्रयोगकर्ताको विवरण एवम् विभिन्न शैक्षिक संस्थालगायत करिब २०० वटा बेबसाइट ह्याक गरेको बुझिन आएको महाशाखाले जनाएको छ । रासस
सरकारी कार्यालयको नक्सा पास गर्ने क्रम बढ्यो
काठमाडौँ, १० चैत । पछिल्लो समय नक्सा स्वीकृत गरेर मात्र सरकारी भवन निर्माण गर्ने क्रम बढ्न थालेको काठमाडौँ महानगरपालिकाले जनाएको छ ।
महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङका अनुसार निर्माण भएका ९९ प्रतिशत सरकारी भवन नक्सा स्वीकृत नभई निर्माण सम्पन्न हुने गरेकामा अहिले नक्सा स्वीकृत गराउने थालिएको छ ।
नगरपालिकाभित्र भवन निर्माणका लागि नक्सापास अनिवार्य भए पनि सरकारी भवन नक्सा पास नै नगरी निर्माण भएको छ । यसरी नियम कार्यान्वयन गर्ने निकायले नै नियमविपरीत काम गर्नु राम्रो होइन प्रमुख तामाङले भन्नुभयो ।
सरकारी र अर्धसरकारी तथा व्यक्तिगत प्रयोजनका घरसँगै व्यावसायिक भवन निर्माण हुँदा पनि नक्सा पास हुनुपर्ने कानुनी व्यवस्था रहेको छ ।
पछिल्लो समय बबरमहलस्थित काठमाडौँ जिल्ला अदालतको भवन, नक्सा स्वीकृत भएर नै बनेको छ, त्यसैगरी नेपाल टेलिकमको निर्माण हुन लागेको भवनको पनि नक्सा स्वीकृत भइसकेको, विद्युत् प्राधिकरण भवन पनि निर्माणको लागि पनि नक्सा स्वीकृत भइसकेको सहरी विकास विभाग प्रमुख तथा इन्जिनियर राम थापाले बताउनुभयो ।
ब्रसेल्स बिस्फोट: ३५ बढीको मृत्यु, तीन दिन शोकको घोषणा
बेल्जियम १० चैत - मङ्गलबार बेल्जियमको राजधानीस्थित ब्रसेल्सको बिमानस्थल र भूमिगत मेट्रो स्टेशनमा भएको हमलामा मृत्यु हुनेको संख्या ३५ नाघेको छ ।
त्यहाको प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रुपमा खोजी अभियान चलाएको जनाएको छ । अहिले त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।
इस्लामिक स्टेट आइएस जिहादी समूहले गराएको आत्मघाती बम विस्फोटमा परी ३५ व्यक्तिको मृत्यु भएपछि त्यहाँ बुधबारदेखि तीन दिनसम्म शोकको घोषणा गरिएको छ । आज स्थानीय समयाअनुसार बिहानको ११ बजे शोक सभाको गरी एक आयोजना गरी मिनेट मौनधारणा गरिने जनाइको छ ।
वैदेशिक रोजगार विभागले ल्हारक्याल लामाको बयान लिदै
१० चैत । एकीकृत नेकपा (माओवादी) का निलम्बित सभासद् ल्हारक्याल लामाको अहिले वैदेशिक रोजगार विभागले बयान लिइरहेको छ ।
विभागका प्रवक्ता एवम् निर्देशक जनक रेग्मीले वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा लामाको अहिले बयान लिने कार्य भइरहेको जानकारी दिनुभयो ।
गत फागुन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनको क्रममा बैङ्कको लकर जाँच गर्दा १४ थान गोली बरामद भएपछि उहाँ पक्राउ पर्नुभएको थियो ।
पक्राउ परेका लामालाई गोली बरामद विषयमा गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा छोडे पनि वैदेशिक रोजगारीसम्बन्धी ठगीको पुरानो मुद्दामा विभागको आग्रहमा प्रहरीले पुनः पक्राउ गरेको थियो ।
केशवबहादुर लामाले दुई वर्षअघि निलम्बित सांसद् लामाले वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिएर पनि नपठाएको भन्दै विभागमा उजुरी दिएका थिए ।
पार्टीभित्र काखा र पाखा नगर्न सभापतिलाई पौडेलको आग्रह
१० चैत । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीभित्र कसैलाई काखा र पाखा नगरी नेता एवम् कार्यकर्ताको कामका आधारमा उचित मूल्याङ्कन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ।
वरिष्ठ नेता पौडेल निवास बोहराटारमा आज भएको भेटवार्तामा दुई नेताबीच १३ औँ महाधिवेशनपछि पार्टीलाई एक बनाएर लैजाने तथा समसामयिक राजनीतिक विषयका बारेमा छलफल भएको नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो ।
सभापति देउवाले पार्टीलाई एकजुट बनाएर अघि बढ्ने र सबैको सल्लाहका आधारमै काम गर्ने बताउनुभएको थियो ।
सो भेटवार्तामा १३ औँ महाधिवेशनपछि केन्द्रीय पदाधिकारीमा गरिने मनोनयन तथा पार्टीको आगामी संसदीय दलका नेताको चयनका सम्बन्धमा पनि छलफल भएको बुझिएको छ ।
अनौठो ढुङ्गा : आगो लगाएपछि दिन्छ वाइ–फाई सिग्नल !
एजेन्सी | केहीदिन यता एउटा ढुङ्गा इन्टरनेट साइटहरुमा भाइरल भएको छ । कारण हो, उक्त ढुङ्गामा आगो लगाईदिएपछि मोबाइलमा वाईफाईको सिग्नल देखाउन सुरु गर्छ ।
उक्त ढुङ्गालाई जर्मनको सङ्ग्राहलयमा राखिएको हो । त्यस ढुङ्गा भित्र थर्मोइलेक्ट्रिक जेनेरेटर लगाईदिएपछि त्यसबाट बिजुली किस्कन्छ । बिजुली निस्केपछि वाई–फाई राउटर अन गर्दा त्यसले इन्टरनेटको सिग्नल दिन सुरु गर्ने समाचारमा बताइएको छ ।
१.५ टन तौल भएको उक्त ढुङ्गालाई ‘कीप एलाईव’ दिइएको छ । उक्त ढुङ्गा हेर्न आउने मानिसहरुलाई स्वयम् आगो लगाएर वाईफाईको सिग्नल जोड्न दिईएको समाचारमा उल्लेख गरेको छ ।
Subscribe to:
Posts (Atom)













