top_rightads

Follow me on Twitter

Wednesday, March 23, 2016

वैदेशिक रोजगार विभागले ल्हारक्याल लामाको बयान लिदै


१० चैत । एकीकृत नेकपा (माओवादी) का निलम्बित सभासद् ल्हारक्याल लामाको अहिले वैदेशिक रोजगार विभागले बयान लिइरहेको छ ।

विभागका प्रवक्ता एवम् निर्देशक जनक रेग्मीले वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा लामाको अहिले बयान लिने कार्य भइरहेको जानकारी दिनुभयो ।

गत फागुन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनको क्रममा बैङ्कको लकर जाँच गर्दा १४ थान गोली बरामद भएपछि उहाँ पक्राउ पर्नुभएको थियो ।

पक्राउ परेका लामालाई गोली बरामद विषयमा गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा छोडे पनि वैदेशिक रोजगारीसम्बन्धी ठगीको पुरानो मुद्दामा विभागको आग्रहमा प्रहरीले पुनः पक्राउ गरेको थियो ।

केशवबहादुर लामाले दुई वर्षअघि निलम्बित सांसद् लामाले वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिएर पनि नपठाएको भन्दै विभागमा उजुरी दिएका थिए ।


रेग्मीले आज दिनभर लामाको बयान हुने र साँझसम्म निर्णय आउने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बयान सकिएपछि धरौटीमा छोड्ने की अदालतमा मुद्दा हाल्ने निर्णय हुन्छ, सोही अनुरुप उहाँ आज रिहा हुने वा नहुने तय हुन्छ ।”

प्रवक्ता रेग्मीले दुई वर्षअघिनै आफूहरुले लामालाई पक्राउ गर्न प्रहरीलाई पत्र पठाए पनि आइतबार मात्रै विभागमा उपस्थित गराइएको जानकारी दिनुभयो ।

No comments:

Post a Comment