top_rightads

Follow me on Twitter

Wednesday, March 23, 2016

ब्रसेल्स बिस्फोट: ३५ बढीको मृत्यु, तीन दिन शोकको घोषणा

बेल्जियम १० चैत - मङ्गलबार बेल्जियमको राजधानीस्थित ब्रसेल्सको बिमानस्थल र भूमिगत मेट्रो स्टेशनमा भएको हमलामा मृत्यु हुनेको संख्या ३५ नाघेको छ ।

त्यहाको प्रहरीले संदिग्ध व्यक्तिको स्केच सार्वजनिक गरी राष्ट्रिय रुपमा खोजी अभियान चलाएको जनाएको छ ।  अहिले त्यहाँको सुरक्षा व्यवस्था निकै कडा पारिएको छ ।

इस्लामिक स्टेट आइएस जिहादी समूहले गराएको आत्मघाती बम विस्फोटमा परी ३५ व्यक्तिको मृत्यु भएपछि त्यहाँ बुधबारदेखि तीन दिनसम्म शोकको घोषणा गरिएको छ । आज स्थानीय समयाअनुसार बिहानको ११ बजे शोक सभाको गरी एक आयोजना गरी मिनेट मौनधारणा गरिने जनाइको छ । 

विमानस्थलमा विस्फोट भएको एक घण्टापछि स्थानीय समयाअनुसार करिब ९ बजे पुनः मेट्रो स्टेसनमा विस्फोटन भएको जनाइएको छ । यस विस्फोटमा परी सयौँ व्यक्ति घाइते भएका स्थानीय अधिकारीहरुले जानकारी दिएका छन् ।

घाइतेमध्ये कैयौँको अवस्था चिन्ताजनक भएको हुनाले मृतकको सङ्ख्या बढ्न सक्ने विभिन्न अस्पतालहरुले जानकारी दिएका छन् ।बेल्जियमका प्रधानमन्त्री चाल्स मिसेलले यस दिनलाई कालो दिनको संज्ञा दिएका छन् । 

यस्तो भीषण आक्रमण बेल्जियमले यस अघि कहिल्यै नदेखेको पनि उनले टिप्पणी गरेका छन् । साथै देशबासीका नाममा सम्बोधन गर्दै उनले यस आक्रमणका दोषीलाई कदापि नछोड्ने र उनीहरुलाई जसरी पनि कानुनी कारबाहीको दायरामा ल्याइछोड्ने आश्वासन दिलाए । 

आक्रमणकारीको खोजीलाई प्रहरीले राजधानी ब्रसेल्ससहित विभिन्न सहरसम्म नै पु¥याएको छ । हेलिकोप्टरबाट पनि प्रहरीले आक्रमणकारीको खोजी गरिरहेको छ । आफ्नो एक कार्यकर्तालाई पक्राउ गरेको भन्दै आइएसले हमला गरेको हो ।

No comments:

Post a Comment