top_rightads

Follow me on Twitter

Wednesday, March 23, 2016

पार्टीभित्र काखा र पाखा नगर्न सभापतिलाई पौडेलको आग्रह


१० चैत । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले पार्टीभित्र कसैलाई काखा र पाखा नगरी नेता एवम् कार्यकर्ताको कामका आधारमा उचित मूल्याङ्कन गर्न सभापति शेरबहादुर देउवालाई आग्रह गर्नुभएको छ। वरिष्ठ नेता पौडेल निवास बोहराटारमा आज भएको भेटवार्तामा दुई नेताबीच १३ औँ महाधिवेशनपछि पार्टीलाई एक बनाएर लैजाने तथा समसामयिक राजनीतिक विषयका बारेमा छलफल भएको नेता पौडेलका सहयोगी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । सभापति देउवाले पार्टीलाई एकजुट बनाएर अघि बढ्ने र सबैको सल्लाहका आधारमै काम गर्ने बताउनुभएको थियो । सो भेटवार्तामा १३ औँ महाधिवेशनपछि केन्द्रीय पदाधिकारीमा गरिने मनोनयन तथा पार्टीको आगामी संसदीय दलका नेताको चयनका सम्बन्धमा पनि छलफल भएको बुझिएको छ ।

No comments:

Post a Comment