top_rightads

Follow me on Twitter

Wednesday, March 23, 2016

पच्चीस करोडको सुन्तला बिक्री


पोखरा, १० चैत । गोरखाका किसानले यसवर्ष रु २५ करोडको सुन्तला बिक्री गरेका छन् ।

जिल्लामा पाँच हजार ८२७ मेट्रिक टन सुन्तला उत्पादन भएको थियो ।

जिल्ला कृषि विकास कार्यालयका बागबानी अधिकृत वीरेन्द्र धितालका अनुसार गत वर्षभन्दा यसवर्ष १० देखि १२ प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ ।
त्यहाँ उत्पादन भएका सुन्तला काठमाडाँैं, नारायणगढ, मुग्लिन, आँबु खैरेनी लगायत बजारमा बिक्री गरिन्छ ।
किसानले यस वर्ष ६५५ हेक्टर क्षेत्रफलमा सुन्तला लगाएका थिए भने उनीहरुले प्रतिकिलो रु ४२ देखि रु १३० सम्ममा बिक्री गरेका थिए । जिल्लाका मनकामना, ताङ्लीचोक, देउराली, नारेश्वर, फिनामलगायत गाविस सुन्तलाका पकेटक्षेत्र मानिन्छन् ।

गोरखामा बर्सेनि पाँचवटा नर्सरीबाट चार लाखदेखि पाँच लाखसम्म सुन्तलाका बिरुवा उत्पादन गरी बिक्री गरिँदै आएको छ ।

त्यहाँ उत्पादित बिरुवा जिल्लाबाहेक काभ्रे, मकवानपुर, चितवन, गोरखा, लमजुङ तनहुँ, कास्की, पर्वत, स्याड्जा, बागलुङ, म्याग्दी, गुल्मी र अर्घाखाँचीमा समेत बिक्री गर्ने गरिएको बताइएको छ ।


No comments:

Post a Comment