top_rightads

Follow me on Twitter

Wednesday, March 23, 2016

साझा प्रकाशनको साधारणसभा २५ गते हुने


काठमाडौँ, १० चैत । साझा प्रकाशन गृहको स्थगित २३औँ साधारणसभा यही चैत २५ गते संस्थाको केन्द्रीय कार्यालय पुल्चोकमा हुने भएको छ ।

यसअघि गत असोज १६ गते तय भएको साधारणसभा रोक्न सहकारी विकास बोर्डले पुनरावेदन अदालत, पाटनमा निवेदन दिएपछि सभा स्थगन भएको थियो ।

अदालतको आदेशबाट संस्थाको व्यवस्थापन वैध रहेको र यसले सभा गर्न सक्ने भनी बाटो खुलेपछि नयाँ मिति तय भएको हो ।

प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डालिन्द्रप्रसाद शर्माले आठ वर्षदेखि हुन नसकेको साधारणसभा गराएर संस्थाको वस्तुस्थिति सबै सदस्यलाई अवगत गराइने बताउनुभयो ।

करिव एक हजार पाँच सय सदस्यले भाग लिने साधारणसभामा अंशियारको तर्फबाट तीन जना सञ्चालक सदस्यको निर्वाचन गर्नेलगायत कार्यसूची छन् ।


सो पदमा चार जनाको मनोनयन परिसकेको छ । शर्माले संस्था बचाउ अभियानकै निरन्तरतामा साधारणसभा कोसेढुङ्गा हुने बताउनुभयो । संस्था करिव रु ४० करोड घाटामा छ । रासस

No comments:

Post a Comment