top_rightads

Follow me on Twitter

Wednesday, March 23, 2016

निलम्बित सांसद् लामा धरौटीमा रिहा


काठमाडौँ, १० चैत । एकीकृत नेकपा (माओवादी)का निलम्बित सांसद् ल्हारक्याल लामा वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा धरौटीमा रिहा भएका छन् ।

वैदेशिक रोजगार विभागका प्रवक्ता एवम् निर्देशक जनक रेग्मीले वैदेशिक रोजगारीसम्बन्धी ठगी मुद्दामा आज लामाकोे बयान लिएपछि रु ३० लाख धरौटीमा छाड्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

गत फागुन ३० गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लामाको सम्पत्ति छानबिनका क्रममा बैंकको लकर जाँच गर्दा १४ थान गोली बरामद भएपछि उहाँ पक्राउ पर्नुभएको थियो ।

पक्राउ पर्नुभएका लामालाई गोली बरामद विषयमा गत आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौँले धरौटीमा छोडेलगत्रैन वैदेशिक रोजगारीसम्बन्धी ठगीको पुरानो मुद्दामा विभागको आग्रहमा प्रहरीले पुनःपक्राउ गरेको थियो ।


पीडित केशवबहादुर गुरूङले आफूलाई दुई वर्षअघि वैदेशिक रोजगारीमा पठाउने भनी रकम लिएर नपठाएको भन्दै लामाविरूद्ध विभागमा उजुरी दिएका थिए ।

प्रवक्ता रेग्मीले लामा रिहा भए पनि उहाँका बारेमा परेको उजुरीका सम्बन्धमा छानबिन जारी रहेको जानकारी दिनुभयो ।

No comments:

Post a Comment