top_rightads

Follow me on Twitter

Showing posts with label प्रविधि समाचार. Show all posts
Showing posts with label प्रविधि समाचार. Show all posts

Wednesday, March 23, 2016

हट अबतारमा प्रियंका (फोटो फिचर)


वलिउड चर्चित अभिनेत्री प्रियंका चोपडा को हट अबतार बाहिरिएको छ । ईस्क्वाएर म्यागेजिनको लागी सुट गरिएको फोटोमा प्रियंकाले हट दृश्य दिएकी छिन् ।

 जुन दृश्यले बलिउड गर्माएको छ ।प्रियंकाका सार्वजनिक तश्विर स्टाईलिस्ट लाग्छन् । उनले केहि फरक तरिकाले दृश्य दिएकी छिन् । कतै स्विमसुट मा त कतै विकिनीमा उनलाई देख्न सकिन्छ 


Sunday, March 20, 2016

यी हुन् महिलाले सधै लुकाउने चार कुरा

काठमाडौँ ७ चैत - महिलाबारे जान्नुलाई अत्यन्त कठिन मानिन्छ । एउटी महिला कतिवेला खुसी हुन्छिन् र कतिवेला दु:खी हुन्छिन् भन्ने थाहा पाउन सके जीवन धन्य हुन्छ भन्ने व्यंग्य त नेपाली समाजमा पनि सुनिन्छ ।
महिलाले कुनै कुरा बाँकी राख्दैनन्, सबै भन्छन् भन्ने पनि यदाकदा सुनिन्छ । तर, सधैँ यो सत्य हुँदैन । उनीहरूले कहिल्यै नभन्ने दुई–चार कुरा पनि छन् :


मेकअप:- सुन्दर बन्ने चाहना कसलाई नहोला र ? महिलाले त झन् सुन्दर देखिन विशेष मेकअप गर्छन् । तर, जति मेकअप गरे पनि उनीहरू भन्छन्– मैले त मेकअप गरेकी नै छैन ।

यसरी थाहा पाउनुहोस् फेसबुकमा तपाइँलाई कसले अनफ्रेण्ड गर्यो ?


फेसबुक सबैभन्दा लोकप्रिय सोसल नेटवर्किंग साइटको रुपमा रहेको छ । दुनियामा डेढ अर्ब भन्दा बढि मानिसले फेसबुक चलाउँदछन् । फेसबुकमा धेरै भन्दा धेरै साथीहरु हुनु व्यक्तिको सामाजिक दायरा विस्तारको द्योतक पनि मान्न सकिन्छ । तर कहिलेकाहीँ अचानक हाम्रो फेसबुक फ्रेण्ड लिष्टमा भएका साथीहरुको संख्या बढ्नुको साटो घटेको हुन्छ । यसको मतलब कसैले तपाइँलाई अनफ्रेण्ड गरिदिएको हुन्छ ।

तपाइँलाई कसले फेसबुकबाट हटाइदियो भनेर थाहा पाउन फेसबुकले कुनै नोटिफिकेसन उपलब्ध गराउँदैन र यो कुरा जान्नका लागि फेसबुकले कुनै फिचर उपलब्ध गराएको पनि छैन । तर यदि तपाइँले सानो जुक्ति लगाउनुभयो भने तपाइँलाई फेसबुकमा कसले अनफ्रेण्ड गर्यो भन्ने कुरा थाहा पाउन सक्नुहुन्छ ।

हालै एउटा यस्तो एप लञ्च भएको छ, जसको प्रयोग गरेर तपाइँले आफुलाई फेसबुकबाट अनफ्रेण्ड गर्ने मानिस चिन्न सक्नुहुन्छ । हु डिलिटेड मी नामक यो एपद्धारा तपाइँले फेसबुकमा तपाइँलाई कसले ब्लक गर्यो भन्ने कुरा पनि जान्न सक्नुहुन्छ ।

साथै यो एपले हालै तपाइँको अनफ्रेण्ड लिष्टमा को मानिस थपियो भन्ने कुराको सूचि पनि देखाइदिन्छ अनि तपाइँको कुन साथीले आफ्नो अकाउण्ट निस्कृय पार्यो वा पुनः सक्रिय तुल्यायो भन्ने कुरा पनि थाहा पाउन सकिन्छ ।

यसका लागि तपाइँले आफ्नो स्मार्टफोनमा यो एप डाउनलोड गर्नुपर्ने हुन्छ । एप डाउनलोड गर्नुभन्दा पहिले कसैले तपाइँलाई अनफ्रेण्ड गरिसकेको छ भने चाहीँ त्यो थाहा पाउन सक्नुहुनेछैन तर एप डाउनलोड गरिसकेपछि तपाइँलाई अनफ्रेण्ड गर्नेको बारेमा जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

Saturday, March 19, 2016

प्रहरीको जागिर खान झन्डै ६ हजारको आवेदन


६ चैत । प्रहरी पदमा भर्ना हुन पूर्वाञ्चलमा ६ हजार युवायुवतीले आवेदन दिएका छन् । 

पूर्व क्षेत्रीय प्रहरी तालिम केन्द्र भर्ना छनोट शाखाका प्रहरी निरीक्षक देवीप्रसाद बरालका अनुसार पूर्वाञ्चलका १६ जिल्लाबाट चार हजार ७०३ जना पुरुष ९९७ जना महिला गरी पाँच हजार ७०० जनाले प्रहरीमा भर्ना हुन आवेदन बुझाएका हुन् । 

प्रहरी प्रधान कार्यलयले नेपालका पाँचवटा तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालयमा गएको माग २४ गतेदेखि फागुन ३० गतेसम्म प्रहरी पदको आवेदन फारम दिन सक्नेगरी पाँच हजार चार ४४४ जना प्रहरी पदको भर्ना खोलेको थियो । 

Friday, March 18, 2016

चार दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा


५ चैत । जाजरकोट सदरमुकाम खलंगामा ४ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।

विद्युत आपूर्ति गदै आएको साङ्टारिसाङ्ग लद्यु जलविद्युत आयोजनाको नहर मर्मत तथा  केही उपकरण जलेका कारण चार दिनदेखि विद्युत आपूर्ति सेवा बन्द भएको नेपाल  विद्युत प्राधिकरण जाजरकोटले जनाएको छ ।

विद्युत सेवा बन्द हुँदा जिल्लामा सञ्चालित तीन मध्ये २ वटा रेडियो बन्द भएका छन् भने छापाखाना र प्रेसहरुको कामकाज समेत ठप्प भएको छ ।

 विद्युत नहुँदा एसएलसी परिक्षाको तयारीमा रहेका विद्यार्थी हरु पनि समस्यामा परेका छन्  भने  मोवाइल चार्ज गर्न र सरकारी तथा गैरसरकारी संघ संस्थालाई दैनिक काम काजगर्न समेत समस्या परेको छ ।

विद्युत उत्पादन गृहको केहि समान जलेको र नहरको नियमित मर्मत सुधारको काम भइरहेकोले विद्युत सेवा बन्द गरिएको साङ्टारिसाङ्ग लद्यु जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष शिव प्रसाद शर्माले जानकारी दिनुभयो  ।

जलेर नष्ट भएको समान आइ नपुगेको र नहरको सम्पूर्ण भाग मर्मत गर्नु पर्ने भएकोले विद्युत सेवा सुचारु हुन केही दिन लाग्ने शर्माले बताउनुभयो ।

यसकारण छैन सञ्चार क्षेत्रमा महिलाको उत्साहजनक सहभागिता

५ चैत । अहिले पनि नेपाली सञ्चार क्षेत्रमा महिलाको उल्लेख्य सहभागिता हुन नसकेको एक प्रतिवेदनले बताएको छ ।

ग्लोबल मिडिया मोनिटरिङ प्रोजेक्ट (जिएमएमपी) को सन् २०१५ को अध्ययन प्रतिवेदनले सो कुरा उल्लेख गरेको हो ।

जिएमएमपीले हालै सार्वजनिक गरेको प्रतिवेदनअनुसार मिडियामा महिलाको कमजोर प्रतिनिधित्व हुनुमा यथास्थितिलाई निरन्तरता दिनुरहेको छ ।

जिएमएमपी २०१५ को नेपालका लागि संयोजनकारी संस्था अस्मिता महिला प्रकाशन गृहले गत फागुन २५ गते यस प्रतिवेदन सार्वजनिक गरेको हो । उक्त प्रतिवेदन गत वर्षको मार्च २५ तारिखका दिन काठमाडौँ उपत्यकाको निम्न सञ्चार संस्थाहरुले गरेको बताइएको छ ।

नेपालका लागि जिएमएपी राष्ट्रिय संयोजन नेपालका मञ्जु थापाका अनुसार कान्तिपुर, नागरिक, अन्नपूर्ण पोष्ट, राजधानी, गोरखापत्र, द राइजिङ नेपाल, रिपब्लिका, द काठमाडौँ पोष्ट, द हिमालय टाइम्स दैनिक पत्रिकामा अध्ययन गरिएको हो ।

त्यसैगरी प्रसारण माध्ययमअन्तर्गत कान्तिपुर, नेपाल टेलिभिजन, एबिसी र सगरमाथा टेलिभिजन तथा रेडियोतर्फ रेडियो नेपाल, सिआइयान उज्यालो एफएम र क्यापिटल एफएमको समाचार बुलेटिनको अध्ययन गरिएको हो थियो ।

 त्यस्तै अनलाइनअन्तर्गत रातोपाटी, सेतोपाटी र अनलाइन खबरमा गरिएको अध्ययनले सो कुरा प्रष्ट गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

अध्ययन प्रतिवेदनअनुसार ती सञ्चारमाध्यममा समाचारदाता, सम्पादक समाचार वाचिका, समाचारमा प्रयोग भएका महिला सङ्ख्या र नामसहितको समाचार लेख्ने महिलाका बारेमा अध्ययन गरिएको हो ।

जनसङ्ख्याको आधा हिस्सा ओगटेको महिलाले सञ्चारमाध्यममा १३ प्रतिशत मात्र स्थान ओगटेको उल्लेख छ । समाचारको स्रोतका रुपमा महिला सबैभन्दा धेरै अन्तर्राष्ट्रिय समाचारमा १६ प्रतिशत र सबैभन्दा कम क्षेत्रीय समाचार तीन प्रतिशतमात्र सहभागी रहेको बताइएको छ ।

पत्रपत्रिका, रेडियो र टेलिभिजनमा बाइलाइन रिपोर्टिङ र न्यूजकास्टमा कुल समाचारमा २३ प्रतिशत महिला र ७७ प्रतिशत पुरुष संवाददाताले सम्प्रेषण गरेका छन् । त्यसमध्ये पत्रपत्रिकामा २१ प्रतिशत, रेडियोमा ३३ प्रतिशत र टेलिभिजनमा २२ प्रतिशत समाचार महिला संवाददाताले सम्प्रेषण गरेको प्रतिवेदनमा उल्लेख छ ।

सन् २०१० को जिएमएमपीमा ‘बाइलाइन’ समाचार सम्प्रेषण गर्ने महिला संवाददाताको सङ्ख्या शून्य थियो । यस अर्थमा २०१५ मा भने केही प्रगति भएको छ ।

महिला संवाददाता र प्रस्तोता दुवैले सम्प्रेषण गरेका समग्र समाचारलाई खण्डीकृत गरेर हेर्दा टेलिभिजन समाचारमा मात्रै पुरुष संवाददाता र प्रस्तोताभन्दा महिलाको उपस्थिति धेरै ६५ प्रतिशत छ ।

पत्रपत्रिका, रेडियो र टेलिभिजनका कुल २७६ समाचारमध्ये महिलासँग सम्बन्धित केन्द्रीय विषय रहेका समाचार करिब चार प्रतिशत लैङ्गिक समानता र असमानताका सवाल उजागर गर्ने समाचार करिब १० प्रतिशतमात्र रहेको र लैङ्गिक हिसाबले परम्परागत ढाँचालाई बढावा दिने समाचार ७२ वटा रहेको बताइएको छ ।

समाचार माध्यममा लैङ्गिकतासम्बन्धी यस किसिमको पहिलो विश्व सर्वेक्षण सन् १९९५ मा भएको थियो जतिबेला ७१ वटा देशमा यो सर्वेक्षण गरिएको थियो । त्यसपछि प्रत्येक पाँच–पाँच वर्षमा यस किसिमको मिडिया–सर्वेक्षण हुँदै आइरहेको छ । रासस

Thursday, March 17, 2016

हल्ला मात्रै भो रेखा र छविको भिडन्त !


चैत्र ५ | रेखा थापाको फिल्म 'रामप्यारी'सँग चैत्र २६ मा प्रतिस्पर्धा गर्ने हल्लाका बीच प्रदर्शन मिति धकेलिएको रेखाकै पुर्व पति छबिराज ओझाको फिल्म 'किस्मत २' श्रावणमा प्रदर्शनमा आउने भएको छ । बितरक गोपालकाजी कायस्थले सामाजिक सञ्जाल मार्फत फिल्मको रिलिज मिति सार्वजनिक गरेका छन् ।

 बितरक कायस्थले 'किस्मत २' नयाँ बर्ष सुरु भएसँगै श्रावण महिनाको २८ मा रिलिज हुने फाईनल भएको बताए । निर्माता छबि र आफ्नो सल्लाहमा फिल्मको रिलिज मिति तय गरेको उनको भनाई छ ।

'किस्मत २'लाई काठमाडौंमा कायस्थले वितरण गर्नेछन् भने काठमाडौं बाहिर एफडी कम्पनिले वितरण गर्नेछ । ऋषी लामिछाने निर्देशित फिल्ममा शिल्पा पोखरेल र किशोर खतिवडा लिड रोलमा छन् । फिल्म अहिले पोष्ट प्रोडक्शनको अन्तिम चरणमा छ । नयाँ बर्ष सुरु भएसँगै प्रचार प्रसार थाल्ने निर्माण टिमले बताएको छ ।

यसअघि चैत्र २६ मा रिलिज हुने हल्लाकाबीच फिल्म रेखाले छबिलाई फकाएर रिलिज सार्न लगाएको चर्चाले गसिप बजार तातेको थियो । कतै रेखाकै आग्रहमा नै छबिले रिलिज धकेलेका त होईनन् ? त्यसो त यसअघि पनि रेखाले 'काली' फिल्म छबिको 'लोफर'सँग दशैंमा भिडाउन ल्याउँदा छबिले फिल्म सारेर तिहारमा लगाएका थिए । जुन फिल्म छबिको करियरकै असफल फिल्म गनिन्छ ।

Thursday, March 10, 2016

अश्लील भिडियोको लागि ६०० करोड

एजेन्सी।
अमेरिकी खेल रिपोर्टर ‘इरीन एण्ड्र्यूज’लाई एक होटेलमा खिचिएको उनको नग्न भिडियोको लागि अदालतले ५.५ करोड डलर यानीकी लगभग ६०० करोड रुपैयाँको क्षतिपूर्ती दिनको लागि आदेश जारी गरेको छ।
३७ वर्षीया एण्ड्र्यूज ‘फक्स स्पोर्ट्स’का रिपोर्टर हुन्। सन् २००८ मा ‘न्यासभिल होटेल’मा ‘माइकल डेविड ब्यारेट’ले उनको नग्न भिडियो खिचेका थिए। पछि ब्यारेटले त्यस भिडियोलाई अनलाइनमा सार्वजनिक गरिदिएका थिए।
त्यसपछि एण्ड्र्यूजले अदालतमा ब्यारेट र अन्य दुई कम्पनीहरूको विरुद्धमा मानहानीको मुद्दा पेश गरेकी थिइन्।
अदालतले उक्त फैसला गरेपछि एण्ड्र्यूज आफ्ना परिवार र वकीललाई अँगालो हाल्दै रोइन्। पछि ट्विटरमा एक बयान जारी गर्दै उनले अदालत, न्यायाधीश, वकील र परिवारहरूलाई धन्यवाद ज्ञापनि पनि गरिन्। उनले भनिन्- “दुनियाँ भरबाट मजस्तै पीडितहरूको समर्थन पाउँदा म आफूलाई सम्मानित महशुस गरिरहेकी छु। उनीहरूकै कारणले मैले यस्ता मान्छेहरूको विरुद्धमा लड्ने हिम्मत पाएकी हुँ।”
साथै सिकागोमा अवस्थित एक बीमा कम्पनीका म्यानेजर ‘ब्यारेट’ले पनि एण्ड्र्यूजको नग्न भिडियो खिचेको स्वीकार गरे। अदालतले उनलाई दोषी ठहराउँदै ५.५ करोड अमेरिकी डलरको क्षतिपूर्तीको साथै २ वर्ष ६ महिनाको जेल सजाय पनि सुनाएको छ- बीबीसीको यस्तो रिपोर्ट छ।

वाईफाईको पासवर्ड पत्ता लगाउन यसो गर्नुहोस



 के तपाइले आफनो वाईफाईको पासवर्ड विर्सनु भयो । पत्ता लगाउन गाह्रो भयो । त्यसो हो भने अब तपाइले यो प्रक्रिया अपनाउनुस । एन्ड्रोइड स्माटफोन तथा ट्यावलेटको प्रयोगबाट तपाईले बिर्सिएको वाईफाईको पासवर्ड पत्ता लगाउन सक्नुहुनेछ । तपाईको मोवाईल ‘रुटेट’ गरिसकेको छ भने पासवर्ड रिकभर गर्न सजिलो छ । 

गुगल प्ले स्टोरमा गएर वाईफाई रिकवर नाम गरेको एप डाउनलोड गर्नुहोस अनि तपाईको स्मार्टफोनमा इन्स्टल गर्नुहोस । इन्स्टल गर्दाको समयमा यस एपले तपाईको सुपर युजर एक्सेस माग्ने गर्दछ । जब तपाईले उक्त अनुमति दिनुहन्छ । तब यो एपले सबै वाईफाईको लिस्ट देखाउनेछ, जुन तपाईंको स्मार्टफोनमा कनेक्ट गरेको थियो । त्यसका साथै त्यस वाईफाईको पासवर्ड पनि देखाउनेछ । घरको ल्यापटप वा डेस्कटप कम्प्यूटरको मद्दतले पासवर्ड खोज्न चाहनु भयो भने पनि त्यति गाह्रो छैन् ।

 तपाईंको विण्डोज कम्प्यूटरको स्टार्टमा क्लिक गर्नुहोस । ‘न्यू नेटवर्क कनेक्शन’मा जानुहोस र त्यहाँ क्लिक गर्नुहोस् । तपाईको वाईफाई लेखेको चिन्हमा राईट क्लिक गर्नुहोस त्यसपछि पपअप हुन्छ । त्यसमा स्टेटस छान्नुहोस् । त्यसपछि ‘वायरलेस प्रपर्टीज’मा तपाईंले जब क्लिक गर्नुहुन्छ त्यसपछि ‘सेक्यूरिटी’ को भाग पाउनुहुनेछ । ‘सो क्यारेक्टर’ लेखिएको बक्स देखिएपछि त्यसमा क्लिक गर्नुहोस । अब तपाईंले आफ्नो वाईफाईको पासवर्ड पाउनुहुनेछ । बीबीसी

यो पनि थाहा पाउनुहोस् -आफ्नो फेसबुक प्रोफाइल कसले हेर्यो ? यसरी थाहा पाउनुस् 

-अहिले आफुले जान्न चाहेको व्यक्तिका बारेमा बुझ्न निकै सजिलो भएको छ । फेसबुक लगइन गर्यो अनि सम्बन्धित व्यक्तिको प्रोफाइल खोजेर हेर्यो । तपाइँले सायद धेरैपटक यसो गर्नुभएको छ होला । अनि तपाइँको बारेमा जान्नका लागि तपाइँको फेसबुक प्रोफाइल हेर्ने मानिसहरु पनि त होलान् नी । आफ्नो फेसबुक प्रोफाइल कस कसले हेर्यो होला त ?
यो जान्ने चाहना सबैमा नहुने कुरै भएन । आफ्नो बारेमा जान्न अरु कसैले चाहँदा रहेछन् भन्ने कुरा थाहा पाउँदा मख्ख होइन्छ सायद । कोही मानिस तपाइँको बारेमा जान्नका लागि पटक पटक तपाइँको फेसबुकको टाइमलाइनमा आइरहन्छ । तर तपाइँलाई भने पत्तो नै छैन । चिन्ता नगर्नुस्, आज हामी यस्तो टि्रक प्रस्तुत गर्दैछौँ, जसबाट तपाइँले तपाइँको फेसबुक प्रोफाइल कसले हेर्यो भन्ने कुरा पत्ता लगाउन सक्नुहुन्छ । यसका लागि निम्नानुसारको विधि अपनाउनुहोस् :
· सबैभन्दा पहिलो आफ्नो फेसबुक प्रोफाइल खोल्नुहोस् । आफ्नो प्रोफाइल पेजको सोर्स कोड पत्ता लगाउनका लागि कि बोर्डमा Ctrl+U  दबाउनुहोस् । यसो गर्दा तपाइँको फेसबुक प्रोफाइल पेजको सोर्स कोडवाला पेज खुल्नेछ ।
· त्यसपछि आफ्नो किबोर्डमा Ctrl+F दबाउनुहोस् । यसो गर्दा एक सर्च बक्स खुल्नेछ । उक्त सर्च बक्समा {“list”: लेखेर  Enter दबाउनुहोस् ।
यसो गरेसँगै स्क्रिनमा ती मानिसहरुको फेसबुक प्रोफाइल आइडी देखिने जसले हालै तपाइँको फेसबुक प्रोफाइल हेरेका छन् । तपाइँको फेसबुक प्रोफाइल सबैभन्दा धेरै पटक हेर्ने मानिसको फेसबुक आइडी सबैभन्दा माथि देखिनेछ ।
· त्यसपछि एक नयाँ ट्याब खोल्नुहोस् । उक्त ट्याबको एड्रेसबारमाा facebook.com/प्रोफाइल आडी हालेर इन्टर बटन थिच्नुभयो भने तपाइँको फेसबुक प्रोफाइल हेर्ने मानिसको फेसबुक प्रोफाइल हेरेर उसको बारेमा थप कुरा बुझ्न सक्नुहुन्छ ।




Wednesday, March 9, 2016

हिमालय एयरलाइन्सको पहिलो एयरबस नेपाल आइपुग्यो, चैत ३० गतेदेखि पहिलो उडान


फागुन २६- हिमालयन एयरलाइन्सको एयरबस नेपाल भित्रिएको छ। निजि बायुसेवा हिमालयन एयरलाइन्सको यो पहिलो एयरबसले चैत ३० गतेदेखि व्यवसायिक उडान सुरु गर्ने कार्यतालिका रहेको कम्पनीले जनाएको छ। कम्पनीका महाप्रबन्धक राजबहादुर केसीले दिएको जानकारी अनुसार तिब्बत एयरलाइन्ससँग सहकार्य गरेर हिमालयले नेपालबाट अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने छ। त्यस्तै चीनको लिजिङ कम्पनीसँग हिमालय एयरलाइन्सले १२ बर्षका लागि भाडामा लिएको हो। पहिलो उडान सुरु भएको केहि महिनापछि अर्को एयरबस ल्याएर सेवा विस्तार गर्ने योजना रहेको कम्पनीले बताएको छ। -