top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

चार दिनदेखि विद्युत सेवा अवरुद्ध हुँदा उपभोक्ता मर्कामा


५ चैत । जाजरकोट सदरमुकाम खलंगामा ४ दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ ।

विद्युत आपूर्ति गदै आएको साङ्टारिसाङ्ग लद्यु जलविद्युत आयोजनाको नहर मर्मत तथा  केही उपकरण जलेका कारण चार दिनदेखि विद्युत आपूर्ति सेवा बन्द भएको नेपाल  विद्युत प्राधिकरण जाजरकोटले जनाएको छ ।

विद्युत सेवा बन्द हुँदा जिल्लामा सञ्चालित तीन मध्ये २ वटा रेडियो बन्द भएका छन् भने छापाखाना र प्रेसहरुको कामकाज समेत ठप्प भएको छ ।

 विद्युत नहुँदा एसएलसी परिक्षाको तयारीमा रहेका विद्यार्थी हरु पनि समस्यामा परेका छन्  भने  मोवाइल चार्ज गर्न र सरकारी तथा गैरसरकारी संघ संस्थालाई दैनिक काम काजगर्न समेत समस्या परेको छ ।

विद्युत उत्पादन गृहको केहि समान जलेको र नहरको नियमित मर्मत सुधारको काम भइरहेकोले विद्युत सेवा बन्द गरिएको साङ्टारिसाङ्ग लद्यु जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष शिव प्रसाद शर्माले जानकारी दिनुभयो  ।

जलेर नष्ट भएको समान आइ नपुगेको र नहरको सम्पूर्ण भाग मर्मत गर्नु पर्ने भएकोले विद्युत सेवा सुचारु हुन केही दिन लाग्ने शर्माले बताउनुभयो ।

No comments:

Post a Comment