चैत ५ | प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा इन्धन सम्झौता हुन्छ, भारतको एकाधिकार अनत्य गर्नुपर्छ, नेपाललाई तीन महिनालाई स्टक रहने गरी इन्धन भण्डारण बढाउनुपर्छ भन्दै बोलिरहेका आपूर्तिमन्त्री गणेशमान पुन अन्नतः भ्रमण लिस्टमा परेनन् ।
ओलीको चीन भ्रमणका क्रममा सबैको आँखामा परेको इन्धन सम्झौता हुने बताएइता पनि पुन भ्रमण टोलीमा नपरेपछि यस विषयले थप अन्यौलता छाएको बताईएको छ । भारतीय विदेश सचिव एस जयशंकरले केही दिनअघि ओलीसँगको भेटमा चीनसँग इन्धन सम्झौता नगर्न दबाब दिएको हल्ला चलेको थियो | यसै बेला आपूर्तिमन्त्री नै भ्रमण टोलीमा नपर्नुलाई धेरैले आश्चर्यका रुपमा हेरिरहेका छन् ।
यसअघि भारतीय नाकाबन्दीका क्रममा चीनसँग हुने भनिएको इन्धन सम्झौता अन्तिम समयमा आएर रोकिएको थियो ।
सम्झौताका लागि नेपाली टोलीले चीन जाने तयारी गरिरहेका बेला एक्कासी भारतीय गृहमन्त्री राजनाथ सिंहले चीन भ्रमण गरेका थिए । त्यसपछि सम्झौताका लागि गएको नेपाली टोली सम्झौता अधुरो राखेर नेपाल फर्किएको थियो । त्यसबेला इन्धन सम्झौता त भएन तर पछि प्रधानमन्त्रीको भ्रमणको क्रममा सम्झौता गर्ने सहमगि दुई देशबीच भएको थियो ।
यसरी चीनसँग इन्धन सम्झौता हुनुपर्ने भन्दै चारैतिर त्यसको समर्थन भइरहेका बेला ओली त्यसको विपक्षमा रहनुलाई धेरैले फरक कोणबाट विश्लेषण गर्न थालिएको छ । यसअघिको परराष्ट्रमन्त्री कमल थापाको भ्रमणका क्रममा ओलीको भ्रमणमा इन्धन, परवाहन लगायतका सम्झौता हुने सहमति गरिएको थियो ।
तर अहिले भ्रमण हुन लाग्दा जयशंकरसँगको भेटले ओलीको मनशाय परिवर्तन गरेको चर्चा छ । इन्धन सम्झौता नहुने भन्ने निश्चित त भइसकेको छैन तर भारतविरुद्ध जाँदा सरकारमा टिकिराख्न गाह्रो पर्ने देखेपछि ओलीले यस्तो कदम चाल्न लागेको हुन सक्ने अनुमान सबैले लगएका छन् ।
नेपालसँग इन्धन सम्झौता गर्ने विषयमा चीन पहिलेकै सहमति अनुसार तयार रहेको स्रोतले बताएको छ । यस्तो अवस्थामा इन्धन सम्झौता हुने नहुने विषय पनि नेपालमै निर्भर रहने छ ।

No comments:
Post a Comment