top_rightads

Follow me on Twitter

Thursday, March 10, 2016

अश्लील भिडियोको लागि ६०० करोड

एजेन्सी।
अमेरिकी खेल रिपोर्टर ‘इरीन एण्ड्र्यूज’लाई एक होटेलमा खिचिएको उनको नग्न भिडियोको लागि अदालतले ५.५ करोड डलर यानीकी लगभग ६०० करोड रुपैयाँको क्षतिपूर्ती दिनको लागि आदेश जारी गरेको छ।
३७ वर्षीया एण्ड्र्यूज ‘फक्स स्पोर्ट्स’का रिपोर्टर हुन्। सन् २००८ मा ‘न्यासभिल होटेल’मा ‘माइकल डेविड ब्यारेट’ले उनको नग्न भिडियो खिचेका थिए। पछि ब्यारेटले त्यस भिडियोलाई अनलाइनमा सार्वजनिक गरिदिएका थिए।
त्यसपछि एण्ड्र्यूजले अदालतमा ब्यारेट र अन्य दुई कम्पनीहरूको विरुद्धमा मानहानीको मुद्दा पेश गरेकी थिइन्।
अदालतले उक्त फैसला गरेपछि एण्ड्र्यूज आफ्ना परिवार र वकीललाई अँगालो हाल्दै रोइन्। पछि ट्विटरमा एक बयान जारी गर्दै उनले अदालत, न्यायाधीश, वकील र परिवारहरूलाई धन्यवाद ज्ञापनि पनि गरिन्। उनले भनिन्- “दुनियाँ भरबाट मजस्तै पीडितहरूको समर्थन पाउँदा म आफूलाई सम्मानित महशुस गरिरहेकी छु। उनीहरूकै कारणले मैले यस्ता मान्छेहरूको विरुद्धमा लड्ने हिम्मत पाएकी हुँ।”
साथै सिकागोमा अवस्थित एक बीमा कम्पनीका म्यानेजर ‘ब्यारेट’ले पनि एण्ड्र्यूजको नग्न भिडियो खिचेको स्वीकार गरे। अदालतले उनलाई दोषी ठहराउँदै ५.५ करोड अमेरिकी डलरको क्षतिपूर्तीको साथै २ वर्ष ६ महिनाको जेल सजाय पनि सुनाएको छ- बीबीसीको यस्तो रिपोर्ट छ।

No comments:

Post a Comment