कुनै समय नेपाली फिल्मबाट हराएका नेपाली लोक लय र भाकाहरु फेरि अनिवार्य बन्न जस्तो बन्न थालेका छ। आगामी १२ चैतबाट देशब्यापी प्रदर्शनमा आउन लागेको 'राहदानी'ले पनि फिल्मभित्र मारूनी भाकालाई अटाएको छ। फिल्ममा 'साउनको झरी' बोलको गीतलाई मारूनी भाकामा उतारिएको छ। मारूनी पूर्वको लोकप्रिय भाका अन्तरगत पर्छ।
डा. गोविन्द कुसुमले लेखेको मारूनी गीतमा वसन्त सापकोटाले संगित दिएका छन्। गीतमा गायिका निशा देसारको स्वर रहेको छ। गीतमा अभिनेत्रीहरु रुपा खनाल, सृजना सुब्बा, बिनिता घिमिरे, आयुष्मा श्रेष्ठ,अस्मिता बस्नेतले नृत्य गरेका छन् । वैदेशिक रोजकारीमा मलेसिया गएका नेपालीहरुको कथामा आधारित सोसल ड्रामा फिल्ममा दयाहाङ् मुख्य भूमिका रहेका छन्।
फिल्ममा दयाका अलावा अशोक रिजाल, नविन लम्साल, मोनिका दाहाल, विकाश जोशी,तेन्जिङ शेर्पा, विधा कार्की, लक्ष्मण बिक्रम बस्नेत, दिनेश दुलाललगायतका कलाकारको अभिनय रहेको छ। संचारकर्मी डब्बु क्षेत्रीले फिल्मलाई निर्देशन गरेका हुन्।
No comments:
Post a Comment