top_rightads

Follow me on Twitter

Showing posts with label विविध. Show all posts
Showing posts with label विविध. Show all posts

Wednesday, March 23, 2016

एघार बुँदे घोषणापत्र जारी गर्दै दक्षिण एसियाका सांसदको भेला सम्पन्न


काठमाडौँ, १० चैत । बालविवाह अन्त्यका लागि दक्षिण एसियाका सांसदहरुको प्रतिबद्धतासहितको ११ बुँदे घोषणापत्र जारी गर्दै सांसदको भेला आज यहाँ सम्पन्न भएको छ । 

नेपालस्थित जनसङ्ख्या तथा विकासका लागि सांसदको राष्ट्रिय सञ्जाल (एनएफपिपिडी)  सँगको सहकार्यमा जनसङ्ख्या तथा विकासका लागि एसिया प्यासिफिक सांसदको मञ्च९एएफपिपिडी० ले आयोजना गरेको उक्त दुईदिने भेलाले जारी गरेको घोषणापत्रमा बालविवाह मानव अधिकारविरुद्धको घोर उल्लङ्घन भएको स्वीकार्दै कानुनी, राजनीतिक तथा आर्थिक रुपमा यसको अन्त्यका लागि प्रयास गरिने, कम्तीमा १८ वर्षभन्दा मुनिको विवाह गर्न नपाइने र गर्नेलाई कडा कानुन बनाई कारवाहीको दायरामा ल्याइने उल्लेख गरिएको छ । 

यसैगरी, जन्म दर्ता र विवाह दर्ता अनिवार्य गरिने, बहुसरोकारवालालाई बालविवाह अन्त्यका लागि स्थानीयस्तरदेखि राष्ट्रियस्तरसम्म परिचालन गरिने, बालविवाह स्वास्थ्यको समस्या पनि हो भन्ने कुराको जनचेतना अभिवृद्धि गर्ने, सम्पत्तिसम्बन्धी अधिकारमा महिलाको पहुँच बढाइनेजस्ता कुरामा एसिया प्यासिफिकका सांसद्ले दबाबमूलक अभियान थाल्ने उक्त घोषणापत्रमा जनाइएको छ । 

त्रिसुलिमा नुहाउन जादा बेपता त्रिपाठीको शव भेटियो !


चैत १०  । नेपाली काँग्रेस दारेचोक गाविसका पूर्व सभापति मित्रलाल त्रिपाठीको शव भेटिएको छ । 

दारेचोक गाविस–४ बस्ने वर्ष ५६ का त्रिपाठी चैत ७ गते त्रिशूली नदीमा नुहाउन जाँदा बेपत्ता भएका थिय  । 

बेपत्ता त्रिपाठीको शव आज बिहान चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित त्रिशूली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

पार्टीको गाउँ कमिटीमा चार कार्यकाल सभापति भइसक्नु भएका त्रिपाठी, नेपाल रेड्क्रस सोसाइटी चितवन शाखा सदस्य, सामुदायिक सेवा केन्द्र दारेचोकका अध्यक्ष, स्थानीय शान्ति समिति दारेचोकका संयोजकलगायत विभिन्न सङ्घ संस्थामा आवद्ध थिए  । 

'बर्बाद हुन धेरै फिल्म खेल्नै पर्दैन !'

काठमाडौँ  १० चैत - साच्चै जसरी हिट हुनका लागि धेरै फिल्म खेल्न पर्दैन । त्यस्तै बर्बाद हुनका लागि पनि धेरै फिल्म खेल्नै पर्दैन । 

नपत्याए, ‘एटीएम’ भन्ने फिल्मलाई हेरौ । यसले १ जनाको होइन, ५ जनाको करिअर बर्बाद बनाइदियो । फिल्मका निर्देशक यादव सिलवाल यो फिल्म निर्देशन गरेसँगै फिल्म क्षेत्रबाट नै पलायन भए । यसका निर्माता तथा अभिनेता दीनेश थापा पनि यही फिल्म खेलेर विदेश पलायन भए ।

सबैभन्दा बर्बाद त यो फिल्म खेलेर ३ अभिनेत्रीलाई भयो । फिल्म नचलुन्जेलसम्म खुबै चर्चा पाएका जीया केसी, सोनिया शर्मा, सविना कार्की रिलिज भएसँगै बर्बाद भए र अहिले हराए जस्तै छन् । जीया अभिनेता भूवन केसीसँग गुपचुप लिभिङ टूगेदरमा छिन् । सोनिया कता छिन् कसैलाई पत्तो छैन । अर्की अभिनेत्री सविना कार्की केही फिल्ममा देखिएपनि खासै चर्चामा छैनन् ।

क्यान्सर देखि एचआइभीसम्मको उपचार जडीबुटीबाट !


चैत १० । नेपाल सरकारको सहसचिव पदमा कार्यरत ५४ वर्षीय विश्वनाथ रेग्मी प्रोस्टेटग्लान्ड बढ्ने समस्याले पीडित हुनुभयो । 

दोस्रो चरणमा नै पुगिसकेको भन्दै उहाँलाई चिकित्सकले शल्यक्रिया गरी खुर्केर फाल्नुपर्ने सुझाव दिए तर शल्यक्रियाको विकल्प खोजिरहनुभएका उहाँ आयुर्वेदिक उपचार परामर्श केन्द्रमा पुग्नुभयो । 

उक्त केन्द्रका कृष्णप्रसाद पोखरेलको जडीबुटी औषधि खाएपछि आज उहाँलाई निकै राम्रो भएको छ । उहाँ भन्नुहुन्छ– ‘‘पिसाबमा सङ्क्रमण हुने, ज्वरो आउने र बोल्नै नसक्ने अवस्थामा पुगेको थिएँ उहाँको औषधिले मलार्ई निकै राम्रो भएको छ ।’’

 नायब महालेखा परीक्षकका रुपमा कार्यरत रेग्मी भन्नुहुन्छ–‘‘उहाँले ४५ दिन औषधि खानुपर्छ भन्नुभएको छ, आज मैले २० औँ दिन औषधि खाइरहेको छु तर मलार्ई धेरै ठीक भएको छ, म पुरानै अवस्थामा पुगिसकेँजस्तो महसुस भएको छ ।’’ 

भैरहवाकी ४३ वर्षीया मायाकुमारी पुनको पित्तथैली र कलेजोको बीचमा मासु पलाएको जानकारी नयाँबानेश्वरस्थित सिभिल अस्पतालले दियो । सो अस्पतालले त्यसलाई क्यान्सरको मध्य अवस्था भनेर समेत पहिचान ग¥यो । 

तपाईलाई थाहा छ ? फेसवुक र ब्लगमा किन लेखिन्छन् झुटा समाचार ?


झूट हेडलाइनहरु ! जसले तपाइंको सहि सुचनाको हकलाइ बारम्बार कुण्ठित गरिरहेको छ । र जुन हेडलाइन सरासर झूट छ । यस्ता थुप्रै समाचार हरु छन् जो तपाईं बारम्बार सामाजिक सञ्जाल र इन्टरनेट बाट हेरिरहनु भएको हुन्छ वा भनौ नियाली रहनु भएको हुन्छ । यो सरासर झूट हो ! विभिन्न अनलाइनहरु र व्लग हरुमा देखिएका हेडलाइनले तपाइंलाई एक पटक क्लिक नगरी धरै दिंदैन तर किल्क गर्ने बित्तिकै तपाईंमा रहेको उत्सुकता लाइ निराश बनाइदिन्छ, एकै छिनमा । धरै जसो अनलाइन र ब्लग हरुले जनताको आँखामा छारो हालिरहेको छन् ।

के तपाईलाई थाहा छ ? विशेष गेरर फेसवुक र ब्लगमा किन झुटा समाचार लेखिन्छ ? फेसबुकमा झुटा समाचार लेखेर लेख्ने लाई कसरि फाइदा हुन्छ ?

आज भोली सामाजिक संजालको प्रयोग गरेर हुदै नभएका कपोकल्पीत मनोगडन्ते घटनाहरुलाई समाचार बनाएर पोस्ट गर्ने चलन बढेको छ ।

तपाईहरुलाई लाग्न सक्छ कि यो मात्र आफु परिचित हुनको लागि गरिएको प्रचार हो, तर वास्तवमा त्यस्तो हुदैन, कुरा तपाईले सोचेको भन्दा फरक छ ।

Tuesday, March 22, 2016

जित्यो अवार्ड नेपाली फिल्मले वर्ल्ड फिल्म फेस्टिभलमा !


चैत्र १० | नेपाली फिचर फिल्म ‘डाइङ क्यान्डल’ (निभ्न लागेको दियो)ले अमेरिकाको प्रतिष्ठित क्युइन्स वर्ल्ड फिल्म फेस्टिभलमा वेस्ट सिनेमाटोग्राफी अवार्ड जितेको बताईएको छ । 

शनिबार राती सम्पन्न फेस्टिभलको छैटौं संस्करणमामा डाइङ क्यान्डलबाट रविन आचार्य र दिपांकर सिग्देलले उपाधी चुमेका हुन् ।

अर्वाड ग्रहण पश्चात रविनले अमेरिकाबाटै खुशी व्यक्त गरेका छन् । ओस्कार फिल्म कलेज पास आउट रविनले खिचेको यो पहिलो फिचर फिल्म रहेको छ  । 

डा. नरेश कुमार केसी निर्देशित यस फिल्म फेस्टिभलमा सिनेमाटाग्राफि सँगै वेस्ट फिल्म र वेस्ट एक्ट्रेस विधामा पनि मनोनयनमा परेको थियो ।

ओली चाइना भ्रमणको यस्तो ठट्यौली नक्कल धुर्मुसको (भिडियो)


चैत्र १० | चीन भ्रमणमा रहेका ओलीको भ्रमण लिएर हास्यकलाकार सिताराम कट्टेलले नयाँ भिडियो सार्वजनिक गरेका छन्।   

भिडियोमा चीनले ३२ हजार घरलाई सोलार उपहार दिनेदेखि नेपाली ध्वजाबहाक नचेढेकोमा पाइलट विजय लामाले व्यक्त गरेको असन्तुष्टि समेत समेटिएको छ। भिडियोमा धुर्मुसका अलावा दीपक आचार्य, विनोद राई, दिपेन्द्र राई पनि रहेको छन्।  




काम गर्दा गर्दै प्रनानिको मृत्यु


चैत ९ । महोत्तरी जिल्ला प्रहरी कार्यालयबाट काममा खटिँदा खटिँदै आज नायब निरीक्षक रामबहादुर खत्रीको मृत्यु भएको छ । 

गोरखा जिल्ला, रानीस्वाँरा गाविस–३ घर भई महोत्तरी जिल्लाको इलाका प्रहरी कार्यालय गौशालामा दरबन्दी रहेका खत्रीको आज बिहान ६ बजे चानक बेहोस भएर लडेकामा तत्काल उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा लैजाँदा चिकित्सकले मृत घोषित गरेको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । 

खत्रीको शव परीक्षणका लागि जिल्ला अस्पतालमै राखिएको छ । रासस 

Monday, March 21, 2016

किन लोप हुदै छ चैते धान ?


चैत ८  । जिल्लाको दोस्रो मुख्य बाली मानिने धान बालीअन्तर्गत पर्ने चैतेधान लोप हुदै गएको छ । पर्याप्त सिँचाइ सुविधा नहुनु, कामदारका अभावका कारण चैतेधान जिल्लाबाट हराउँदै गएको हो । 

जिल्लाको मुख्य अन्न भण्डारका रुपमा लिइने माडी फाँटमा ९७ प्रतिशत कृषकले अहिले चैतेधान खेती गर्न छाडेका छन् । सिँचाइको असुविधाले माडीफाँटमा चैतेधान खेती गर्न छाडेको कृषक बताउँछन् । 


सिँचाइको सुविधा भएको पूर्वखोला फाँटमा विगतका तुलनामा ५० प्रतिशत कृषकले मात्र चैतधान खेतीलाई निरन्तरता दिएको अगुवा कृषक सीता आचार्य बताउनुहुन्छ । 


असारमा तयार हुने धान भए पनि एउटा स्याहार्ने बेला अर्को छर्ने समय भएका कारण कृषकले क्रमिक रुपमा लगाउन छाड्दै गएका उहाँको भनाइ छ । 

विश्वका धनि अभिनेताहरु !



चैत्र ८ | सिनेमाको पर्दामा कुनै अभिनेता तथा अभिनेत्रीलाई देखेर हामी उसको वास्तविक जीवनको मुल्याङकन गर्न सक्दैनौ । 


उनिहरुको जिवन अरु व्यक्तिको भन्दा फरक शैलीमा बितीरहेको हुन्छ ।आफ्नो अभिनयबाट सबैको वाहवाही बटुल्ने यी कलाकारको जीवनमा धन सम्पत्तीले पनि निकै साथ दिएको हुन्छ ।


आज हामी तपाईलाई विश्वका ६  धनी अभिनेताका बारेमा बताउँदैछौ, जसको सम्पत्ती थाहा पाएर तपाई पनि दङग पर्नुहुनेछ ।

Sunday, March 20, 2016

`जंगे`मा एक्शन अबतारमा सुरजसिंह (ट्रेलरसहित )



चैत्र ८ | बैशाख १७ रिलिज फिल्म 'जंगे'को अफिसियल ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो । 

कार्यक्रममा फिल्मका लिड कलाकार सुरजसिंह ठकुरी, ऋचा शर्मा, दिपशिखा शाही आकर्षण बने । 

 

बोक्सी भन्दै सासुले बुहारिलाई मलमुत्र खुवाइन् !


चैत्र ८ ।  बोक्सीको आरोपमा  एक महिलालाई मानव मलमुत्र खुवाइएको छ । 

उदयपुर जिल्लाको सुन्दरपुर गाउँ विकास समिति वार्ड नं. ५ बस्ने ४९ वर्षीया सवरी देवी सदा (मुसहर) लाई आफ्नै बुहारीलाई बोक्सी लागेको आरोपमा मानव मलमुत्र खुवाइएको बताइएको छ ।

बज्न नपाउँदै 'गाँजाबाजा' लफडामा पर्यो !


चैत्र ८ |  निर्माण ईजाजत बिना नै छायाँकन सकिएको फिल्म 'गाँजाबाजा' को नाम नै लफडामा परेको छ । 

ईजाजत माग्दै चलचित्र विकास वोर्ड जाँदा वोर्डले नाम नै पारित नगरेपछि निर्माण टिम तनाबमा परेको छ । 


वोर्डले अझैं पनि नाम पारित नगरेको भन्दै अदालतमा उजुरीको तयारी गरिरहेको निर्देशक गणेशदेव पाण्डेले बताए । 

भिषण आगलागी, ५ करोड बराबरको क्षती !


चैत्र ८ | स्वास्थ्य मन्त्रालय अन्तर्गतको केन्द्रिय मेडिकल स्टोरमा भिषण आगलागी भएको छ । आगलागीका कारण ५ करोड मूल्य भन्दा बढीको औषधि, सिरिन्ज लगायतका स्वास्थ्य सामाग्री जलेर नष्ट भएको छ ।

बाराको पथलैयामा रहेको स्वास्थ्यको केन्द्रिय स्टोरमा बिहान साढे ८ बजे आगलागी भएको थियो । विहान लागेको आगो ८ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । स्टोरमा लागेको आगोलाई चारवटा दमकलले दिउसो साढे ४ बजे मात्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

आगलागी लगत्तै स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ती व्यवस्था महाशाखाका निर्देशक डा. भिमसिंह टिंकरी पथलैया पुगेका थिए ।

कीटजन्य रोगहरुको उच्च जोखिममा नेपाल !


चैत्र ८ |  नेपाल कीटजन्य रोगको उच्च जोखिममा परेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कीटजन्य जीवबाट हुने १० प्रकारका रोगको नेपाल उच्च जोखिममा रहेको हो ।
कालाज्वर, जापानिज इन्सेफ्लाइटिस, डेङ्गु, चिकनगुनिया, वेष्ट नाइल भाइरस, चाँदीपुरा भाइरस, हात्तीपाइले तथा स्क्रव टाइफस रोगबाट नेपाल जोखिममा रहेको महाशाखाका प्रमुख डा बाबुराम मरासिनीले जानकारी दिए ।

यी रोगमध्ये धेरै रोग एडिस नामक लामखुट्टेको टोकाइबाट हुने भएकाले लामखुट्टे नियन्त्रणका काम गर्न आवश्यक देखिएको छ । भुसुना, लामखुट्टे तथा मुसाबाट सर्ने घातक रोगको नियन्त्रणका लागि आवश्यक बजेट नहुँदा कार्यक्रम गर्न नसकिएको डा मरासिनीले बताए ।

गोर्खा बजारमा दरौँदीको पानी !


चैत ७  ।  गोरखा बजारमा पानीको हाहाकार भएपछि समस्या हल गर्न दरौँदी नदीको पानी ल्याइने भएको छ ।


बेनीखोला र दरौँदी नदीको सङ्गमस्थल नजिकैबाट पाँच ठाउँमा लिफ्टिङ गरी गोरखा बजारमा खानेपानी ल्याउने प्रक्रिया सुरु भएको हो ।


 बजारमा जनसङ्ख्या बढ्दै गएको र खानेपानीका स्रोत सुक्दै गएपछि समस्या बढेको छ । उक्त आयोजना निर्माण भएपछि बजारका करिब तीन हजार १२१ घरधुरीका २१ हजार ८०० जनसङ्ख्या लाभान्वित हुनेछन् ।


Saturday, March 19, 2016

यस्ता छन् खुर्सानीबारे केही रोचक तथ्यहरु


खुर्सानी सबैभन्दा पुरानाे मसला हाे। करिब ९ हजार वर्ष पहिला दक्षिण अमेरिकामा खुर्सानीको सुरुवात भएको मानिन्छ।
 
खुर्सानीको पिरोपनका सन्दर्भमा लगातार विभिन्न अनुसन्धान र प्रयोग हुँदै आएका छन्। विश्वकै सबैभन्दा पिरो खुर्सानी ‘क्यालोरिना रिपर’ मानिन्छ।
 
अन्तर्राष्ट्रिय समाचारमाध्यमका अनुसार यो यति धेरै पिरो हुन्छ की दुई फिट टाढाबाट नै आँखामा जलन हुन थाल्छ। जानौँ पिरा खुर्सानीहरुका बारेमा केही रोचक तथ्यः
 
  • क्यालोरिना रिपर (अमेरिकी) लाई विश्वको सबैभन्दा पिरो खुर्सानी मानिन्छ। सन् २०१३ मा गिनीज बुकमा यस खुर्सानीलाई राखिएको थियो।
  • भूत झोलोकिया (भारतीय) पिरोपनको मामिलामा खुर्सानी सातौँ स्थानमा छ। सन् २०११ सम्ममा यो प्रथम स्थानमा थियो।
  • मेक्सिकोमा सबैभन्दा बढी खुर्सानी खाइन्छ। त्यहाँ प्रति वर्ष एक व्यक्तिले ६ केजी हरियो खुर्सानी र आधा केजी रातो खुर्सानी खान्छन्।
  • शिकागोका पेट्रिक बेरतोलेतीले ८ मिनटमा २ सय ७५ वटा जेलेपीनो खुर्सानी खाएर विश्व किर्तिमान बनाएका थिए।
  • खुर्सानीको पिरोपन नाप्न सन् १९१२ मा विल्बर एन स्कोविलेले स्केल बनाएका थिए। 
  • खुर्सानीको लागि ‘चिल्ली’ शब्दको सबैभन्दा पहिलो प्रयोग मेक्सिकोमा भएको थियो। त्यहाँ ‘चिल्ली’ अर्थ रातो हुन्छ।
  • १४९४ मा स्पेनिस डाक्टर डन जुएन डि ओनेटले सबैभन्दा पहिला खुर्सानीको फाइदाका बारेमा बताएका थिए।
  • मेक्सिकोका शासक करका रुपमा खुर्सानी असुल्ने गर्थे।
  • जापानमा अपराधीलाई सजा दिन उनीहरुको आँखामा खुर्सानी हालिन्थ्यो।  (सेतोपाटि डटकम  सहयोगमा) 

 

रोल्पाको दु:खलाई लिएर तयार पारिएको फिल्म : रोल्पाको रोग !


चैत्र ७ | दिपक वलीको निर्देशनमा तयार भएको फिल्म 'रोल्पा रोग'को ट्रेलर सार्वजनिक गरिएको छ । ग्रामिण भेगमा बस्ने युवाहरुको जीवन भोगाई तथा सर्वसाधारणले सशस्त्र द्वन्द्वका बेला पाएको दुःख र संघर्षको कथालाई फिल्मले उठान गरेको छ । 

फिल्ममा तत्कालीन विद्रोही नेकपा (माओवादी)को सशस्त्र युद्ध र त्यसले उब्जाको एउटा सानो घटनालाई कथामा उतारेको निर्देशक वलीले बतएका छन् । फिल्ममा शिशिर भण्डारी, कुलदीप अधिकारी, जनक थापा, सुशील पोखरेल, रामबावु आक्रोश, विनु खड्का, मुकुन्द भुसाल, जोनी अञ्जान, रीतु रसाइली लगायतका कलाकारको अभिनय छ । 

ए वान मुभी मेकर्सको ब्यानरमा बनेको यो फिल्मको प्रस्तुतकर्तामा निर्मला वली छिन् भने थलबहादुरी वलीले यसमा लगानी गरेका छन् । नवराज उप्रेती र निशल पौडेलको छायांकन, अशोक बीकको नृत्य निर्देशन, गोविन्द मधुर आचार्य र शिशिर भण्डारीको फिल्ममा संगीत छ । यो फिल्म बैशाख १७ गते रिलिज हुने बताईएको छ । 

भारु ३३० करोडको बिमा रजनीकान्तको ‘रोबोट २’ !


चैत्र  ७ | भारतका सुपरस्टार रजनीकान्तको फिल्म ‘रोबोट’को सिक्वेल ‘रोबोट २’ हालसम्म भारतकै सबैभन्दा महँगो फिल्म हुने भएको बताईएको छ।

यस फिल्मले ३३० करोड भारुको बीमा गराउँदै रिलिजअगावै रेकर्ड कायम गरेको छ। भारतमा यति रकमको बीमा हालसम्म कसैले गरेको छैन। यसअघि आमिर खानको ‘पीके’ ले ३०० करोड भारुको बीमा गरेको थियो।
भारतका तीन ठूला बीमा कम्पनिले रोबोट २ को खतराको जिम्मा मोल्ने भएका छन् । रिलिज भएर हलमा पुगेपछि फिल्मको बीमा रकम दुई गुनाले बढोत्तरी हुने बताईएको छ।

फिल्ममा बलिउड सुपरस्टार अक्षयकुमार खलनायकको रुपमा प्रस्तुत हुँदैछन्। फिल्म सन् २०१७ मा रिलिज हुनेछ।

अवैधानिक रुपमा कुबेत हुँदै साउदी अरब पुगेका ७ महिलाको उद्धार !


चैत ७  । अवैधानिक रुपमा कुबेत हुँदै साउदी अरब आई घरेलु कामदारका रुपमा बन्दी जीवन व्यतित गरेका सातजना नेपाली महिलाको उद्धार गरिएको छ ।

लामो समयदेखि साउदीमा अलपत्र परेका ती नेपाली महिलाको रियादस्थित नेपाली दूतावासको पहलमा उद्धार गरी स्वदेश फर्काइएको हो ।

दलालमार्फत घरेलु कामदारका रुपमा साउदी ल्याइएका ती नेपाली चेलीले घरधनीको शोषण र यातना सहन नसकेपछि घरबाट भागेर राजदूतावासको आश्रयमा आएका थिए ।

महिनौँदेखिको काम गरेको पारिश्रमिक नदिइएको, शारीरिक तथा मानसिक यातना दिइने गरेका कारण जीवन रक्षाका लागि उनीहरु साउदी नागरिकको घरबाट भागेका थिए । उनीहरुको उद्धारपश्चात् आवश्यक कानुनी प्रक्रिया पूरा गरी यात्रा अनुमतिपत्र बनाई शुक्रबार स्वदेश पठाइएको कार्यबाहक राजदूत आनन्दप्रसाद शर्माले जानकारी दिनुभयो ।

कुबेत हुँदै साउदी आएकी डाँडाबारी–३ झापाकी रीतादेवी मगर, खर्वाङ–७ बागलुङकी झवी राना, गुलरिया–७ बर्दियाकी मीना विक, बाबियाबिर्ता–७ मोरङकी मायादेवी राजधामी, ओखरकोट–९ प्यूठानकी जमुना रोका, त्रिवेणी–२ नवलपरासीकी पार्वती थापा र बेथान–५ रामेछापकी जानकी लामालाई उद्धार गरी स्वदेश पठाइएको कावा राजदूत शर्माले बताउनुभयो ।

उनीहरुलाई केही वर्ष कुबेती नागरिकको घरमा कामदारका रुपमा राखिएको र त्यसपश्चात् कुबेतबाट भ्रमण भिसामा साउदी ल्याई कामदारका रुपमा राखिएको थियो ।

साउदी अरब र कुबेतका नागरिकबीच पारिवारिक एवम् वैवाहिक सम्बन्ध हुने गरेकाले पनि कुबेतमा कार्यरत नेपाली चेलीलाई साउदी नागरिकले सहजै रुपमा साउदी ल्याउने गरेको पाइएको शर्माको भनाइ छ ।
कुबेतबाट आएर गैरकानुनी रुपमा बसेकाहरुलाई १५ हजार साउदी रियाल जरिवाना भुक्तान नगरी नेपाल पठाउन नमिल्ने जनाएपछि कावा राजदूत शर्माले यहाँको अध्यागमन विभागका प्रमुखलाई भेटेर स्वदेश फिर्तीका लागि आग्रह गर्नुभएको थियो । शर्माको आग्रहलाई स्वीकार गरी अध्यागमन विभागका प्रमुखले जरिवाना मिनाहा गरी स्वदेश फर्काउन सहमत भएपछि ती नेपाली चेली स्वदेश फर्कन सफल भएका हुन् ।

सरकारले घरेलु महिला कामदारलाई कानुनी रुपमा साउदी अरब आउन प्रतिबन्ध लगाएको भए पनि दलालमार्फत गैरकानुनी बाटो हुँदै साउदी अरब आउने क्रम बढ्दै गएको छ ।

त्यसैगरी घरेलु महिला कामदार आपूर्ति गर्न कुबेतमा कार्यालय स्थापना गरेर बसेका नेपाली एजेन्टहरुले समेत मोटो रकम लिएर कुबेतमार्फत साउदी अरबमा भिजिट भिसामा घरेलु महिला कामदार पठाउने गरेको बुझिएको शर्माको भनाइ छ ।

कुबेतबाट तीन महिनाको भिजिट भिसामा साउदी ल्याइए पनि त्यसपश्चात् भिसा नवीकरण नगरी वर्षौंसम्म काम लगाउने गरेका कारण पनि साउदी आएका अधिकांश घरेलु कामदार गैरकानुनी ठहर्ने गरेका छन् । जसका कारण कानुनी उपचारबाट वञ्चित भई स्वदेश फर्कनसमेत कठिनाइ हुने गरेको छ । रासस