चैत्र ८ | स्वास्थ्य मन्त्रालय अन्तर्गतको केन्द्रिय मेडिकल स्टोरमा भिषण आगलागी भएको छ । आगलागीका कारण ५ करोड मूल्य भन्दा बढीको औषधि, सिरिन्ज लगायतका स्वास्थ्य सामाग्री जलेर नष्ट भएको छ ।
बाराको पथलैयामा रहेको स्वास्थ्यको केन्द्रिय स्टोरमा बिहान साढे ८ बजे आगलागी भएको थियो । विहान लागेको आगो ८ घण्टापछि मात्र नियन्त्रणमा आएको थियो । स्टोरमा लागेको आगोलाई चारवटा दमकलले दिउसो साढे ४ बजे मात्र नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
आगलागी लगत्तै स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ती व्यवस्था महाशाखाका निर्देशक डा. भिमसिंह टिंकरी पथलैया पुगेका थिए ।
निर्देशक डा. टिंकरीका अनुसार आगलागीका कारण स्टोरमा रहेका झुल, घाउ सफा गर्ने कपास, लामखुट्टे नियन्त्रणका लागि प्रयोग हुने किटनाशक औषधि, बालबालिकाको पोषण युक्त खानेकुरा, कण्डम र सिरिन्जहरु जलेर नष्ट भएका छन् ।
निर्देशक डा. टिंकरीका अनुसार आगलागीका कारण स्टोरमा रहेका झुल, घाउ सफा गर्ने कपास, लामखुट्टे नियन्त्रणका लागि प्रयोग हुने किटनाशक औषधि, बालबालिकाको पोषण युक्त खानेकुरा, कण्डम र सिरिन्जहरु जलेर नष्ट भएका छन् ।
आगलागीका विषयमा प्रहरीले अनुसन्धान गरिरहको छ । प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा स्टोरमा रहेका दुई जना कार्यालय सहयोगीले स्टोर वरपरका क्षेत्रमा रहेका घाँस काटेर घाँसमा आगो लगाउँदा स्टोरमा आगोले टिप्न पुगेको देखिएको छ ।
पथलैया पुगेर फर्केका डा. टिंकारीका अनुसार पनि कार्यालय सहयोगीले घाँसमा आगो लगाउँदा स्टोरमा टिपेको जानकारी दिए । ‘काटेर राखेको घाँसमा एक जनाले सलाई कोरेर लगाएर अन्यत्र गएको र उक्त आगो विस्तारै स्टोरमा सल्किएको देखिएको छ’ उनले भने, ‘यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेका छन् ।’
स्वास्थ्य मन्त्रालय अन्तर्गतका कर्मचारीले भने स्टोरमा भएका बदमासी छल्न जानीजानी आगलागी भएको आशंक समेत व्यक्त गरेका छन् ।
No comments:
Post a Comment