top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

राजतन्त्र फर्कने सपना नदेख्न आग्रह : सुजाता कोइराला !


चैत ८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपालमा राजतन्त्र अब कुनै पनि हालतमा फर्किन नसक्ने भन्दै राजावादीलाई राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गर्नुभएको छ । 

जिपी कोइराला फाउन्डेसन विराटनगरमा आज बिहान सञ्चारकर्मीसँग कुराकानी गर्दैै नेत्री कोइरालाले राजतन्त्र फर्किने सपना नदेख्न राजावादीलाई अनुरोध गर्नुभयो । 

सात दशकभन्दा लामो सङ्घर्षपछि प्राप्त भएको उपलब्धिलाई संस्थागन गर्न सबै राजनीतिक दल एकजुट हुनुपर्नेमा कोइरालाले जोड दिनुभयो । 


उहाँले भन्नुभयो, “अब सबै मिलेर मुलुकको आर्थिक क्रान्तिमा लाग्नुपर्छ ।” युवाशक्तिलाई स्वदेशमै रोजगारी दिलाएर मुलुकलाई विकासको बाटोमा अगाडि बढाउनुपर्नेमा कोइरालाको जोड थियो । दलको सहकार्य बिना संविधानको सफल कार्यान्वयन गर्न गाह्रो पर्ने उहाँको भनाइ थियो । 

काँग्रेसले दह्रो प्रतिपक्षकै रुपमा बसेर संविधानको कार्यान्वयनका लागि रचनात्मक भूमिका निर्वाह गर्ने कोइरालाले बताउनुभयो । रासस 

No comments:

Post a Comment