चैत १० । नेपाली काँग्रेस दारेचोक गाविसका पूर्व सभापति मित्रलाल त्रिपाठीको शव भेटिएको छ ।
दारेचोक गाविस–४ बस्ने वर्ष ५६ का त्रिपाठी चैत ७ गते त्रिशूली नदीमा नुहाउन जाँदा बेपत्ता भएका थिय ।
बेपत्ता त्रिपाठीको शव आज बिहान चण्डीभञ्ज्याङ गाविस–६ कालिखोलास्थित त्रिशूली नदी किनारमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पार्टीको गाउँ कमिटीमा चार कार्यकाल सभापति भइसक्नु भएका त्रिपाठी, नेपाल रेड्क्रस सोसाइटी चितवन शाखा सदस्य, सामुदायिक सेवा केन्द्र दारेचोकका अध्यक्ष, स्थानीय शान्ति समिति दारेचोकका संयोजकलगायत विभिन्न सङ्घ संस्थामा आवद्ध थिए ।
काँग्रेस पार्टी चितवनले त्रिपाठीको असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ । सभापति जितनारायण श्रेष्ठद्वारा जारी विज्ञप्तिमा निर्वतमान सभापति त्रिपाठीको निधनले काँग्रेस चितवनले एक कर्मठ र जुझारु नेतृत्व गुमाएको उल्लेख गरिएको छ । रासस
No comments:
Post a Comment