top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

`जंगे`मा एक्शन अबतारमा सुरजसिंह (ट्रेलरसहित )



चैत्र ८ | बैशाख १७ रिलिज फिल्म 'जंगे'को अफिसियल ट्रेलर रिलिज भएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच फिल्मको ट्रेलर सार्वजनिक गरियो । 

कार्यक्रममा फिल्मका लिड कलाकार सुरजसिंह ठकुरी, ऋचा शर्मा, दिपशिखा शाही आकर्षण बने । 

 


सार्वजनिक ट्रेलरमा ऋचालाई हट अबतारमा देख्न सकिन्छ भने सुरजसिंहको दमदार एक्शन समावेश छ । ट्रेलरमा जंगे बनेका सुरजसँगै अर्का पाका कलाकार नरेश पौड्यालको पनि बोल्ड अभिनय समावेश छ । उत्कल थापा निर्देशित फिल्मको ट्रेलरले एक्शन फिल्ममा केहि संभावना देखाएको छ । 

सिनेमाटोग्राफर सुसन प्रजापती निर्माता रहेको फिल्ममा पटकथा तथा संवास सुवास कोईराला र एम एस अग्रजको छ । फिल्ममा अनुप बराल पनि लिड अभिनयमा छन् । 

कार्यक्रममा हाल अष्ट्रेलिया रहेका निर्देशक थापाले भिडियो मार्फत फिल्म राम्रो बनाउने प्रयास गरेको र बर्षौं पहिलेका जंगबहादुर हाल रहेको भए राजनीतिक परिवेश कस्तो बन्थ्यो भन्ने कुरा फिल्मले देखाउन खोजेको सन्देश बोले ।(फिल्म्खाबर )

No comments:

Post a Comment