काठमाडौँ ८ चैत - नेपाल र चीनबीच पारवहन, व्यापारसहितका १० वटा सम्झौता र समझदारीमा हस्ताक्षर भएको छ ।
साताव्यापी चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको टोली र चीनका प्रधानमन्त्री ली खछ्याङ नेतृत्वको प्रतिनिधिमण्डलबीचको वार्तापछि सम्झौताका विभिन्न बुँदामा आज हस्ताक्षर भएको हो ।
यस्तै आजै भएको पारवहन सम्झौता पत्रमा नेपालका परराष्ट्रमन्त्री कमल थापा र चिनियाँ समकक्षीले हस्ताक्षर गरेका छन् । पारवहन सम्झौता प्रधानमन्त्री ओलीको चीन भ्रमणको मुख्य एजेण्डामा रहेको थियो ।
नेपाललाई चिनियाँ बन्दरगाहसम पहुँच दिने यो सम्झौतालाई विशेष महत्वका साथ हेरिएको छ । यस्तै पोखरा विमानस्थल निर्माणसम्वन्धी सम्झौतामा पनि हस्ताक्षर भएको जनाइएको छ ।
सम्झौतामा नेपालका तर्फबाट अर्थमन्त्री विष्णु पौडेलले हस्ताक्षर गरेका छन् भने हिल्सा सडक तथा सुख्खा बन्दरगाह निर्माण सम्वन्धी सम्झौतामा पनि अर्थमन्त्रीले नै हस्ताक्षर गरेका छन् ।
यस्तै चिनियाँ बैंकको नेपालमा शाखा खोल्ने सम्झौतामा पनि हस्ताक्षर भएको छ। यससंगै अब नेपालले चीनको कुनै पनि ठाउँमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने छ ।
त्यसैगरी चीनले पनि नेपालमा आफ्नो बैंकको शाखा विस्तार गर्न पाउने भएको छ । चीनसँगको सम्झौताले तेस्रो मुलुकबाट हुने आयात निर्यातमा भारतसँगको निर्भरता समेत अन्त्य भएको छ ।
नेपालले यसअघि भारतसँग मात्र पारवहन सम्झौता गरेको थियो । तर, संविधान जारी भएपछि नाकाबन्दीका क्रममा उसले तेस्रो मुलुकबाट हुने आयात समेत रोकेको थियो ।
No comments:
Post a Comment