top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

पम्पको डिजेल प्लाइउड फ्याक्ट्रीमा, पाँच पक्राउ !


चैत ८  । डिजेल अपचलन गरेको आरोपमा प्रहरीले आज ना ४ ख २५५५ नंको ट्याङ्करसहित पाँचजनालाई काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको छ । 

भक्तपुरको महेश्वरी पेट्रोल पम्पका लागि रक्सौलबाट ल्याएको चार हजार लिटर डिजेल काभ्रेपलाञ्चोकको पनौतीस्थित पशुपति प्लाइउड फ्याक्ट्रीमा छोडेर फर्कंदै गरेको अवस्थामा सो ट्याङ्करमा रहेका तीन र दुईजनालाई बनेपाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धुलिखेलका प्रहरी निरीक्षक विदुरकुमार थापाले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको जलबिरेका सन्तोष श्रेष्ठ, भक्तपुरको सूर्यविनायकका राजकुमार श्रेष्ठ, हेटाँैडा मनहरीका चालक सूर्य लामा, सहचालक कृष्णहरि लामा र राजकुमार कोइराला रहेका छन् ।

उनीहरुले डिजेल बजार मूल्यभन्दा महँगोमा सो प्लाइउड फ्याक्ट्रीमा बेचेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । 

“डिजेल अपचलन भएको देखिएको छ, कालोबजारी ऐनअन्तर्गत मुद्दा चलाइनेछ”, जिप्रका धुलिखेलका प्रहरी उपरीक्षक राजेशनाथ वास्तोलाले भन्नुभयो । बरामद भएको डिजेल इप्रका बनेपामा राखिएको छ ।रासस 

No comments:

Post a Comment