top_rightads

Follow me on Twitter

Monday, March 21, 2016

घमण्डी बन्ने र बढी फूर्ती लगाउने, अनौठो रोग मेनिया !



चैत्र ८ | मेनिया यस्तो रोग हो जसमा विरामी गफाडी, झगडालु, उत्तेजित देखिन्छ । विरामी प्रसस्त कुरा गरिरहने, फूर्तिलो, हाँसिलो, घमण्डी देखिन्छ । यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन, एउटा काम सक्न नपाउँदै अर्को काम थाल्छ ।

विरामी आनन्दित कुरामा दिन विताउँछ । म राजा बन्छु, म प्रधानमन्त्री बन्छु म नेता बन्छु भन्छ । त्यस्तै विरामीमा पैसा बाढ्छु भन्ने, कुरा बढाई चढाइ बोल्ने, राती २/३ घण्टा मात्र सुत्ने, गीत गाउने, अग्रेजी बोल्ने, रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने लक्षण देखाउँछ । विरामी बढी ‘टेलेन्ट’ जस्तो देखिन्छ ।

एकपटक मेनिया भएको बिरामीमा अर्कोपटक रोग दोहोरिने समस्या ८० प्रतिशत रहन्छ । यसरी दोहोरीएको अवस्थालाई वायोपोलार एफेक्टिभ डिस्अर्डर भनिन्छ । कहिले मेनियामा डिप्रेसिभ सिम्टम देखिन्छन् । यो कहिले ६ महिनामा कहिले ३—४ वर्षमा दोहोरिने गर्छ | 


मेनिया जस्तो लक्षण भएको तर मेनिया जती वढी उत्तेजित नभएको अवस्था हाइपोमेनिया हो । यो रोग पटकपटक दोहोरिने भएको हुनाले राम्रो विचार पु¥याउन जरुरी छ । यस्ता घटनाहरु समाजमा पटकपटक देखिरहन्छन् । तर रोग लागेर यस्तो भएको कुरा शुरुमा थाह पाइदैन, जसबाट विरामी वा विरामीको परिवारमा अनेकौं घटना घट्न सक्छन् ।

मेनिया रोगका लक्षणहरु
  • घमण्डी बन्ने, बढी फूर्ती लगाउने ।
  • धेरै खुशी हुने तर, भनेको नमाने झनक्क रिसाउने ।
  • बढी आशवादी हुने, सम्भव नहुने कुरा पनि गर्न सक्छु भन्ने ।
  • मीठो खानेकुरा माग गर्ने, राम्रो राम्रो रंगिन लुगा लगाउने ।
  • वढी पैसा माग्ने वा खर्च गर्ने ।
  • पटक पटक ऐना हेरीरहने ।
  • २,३ घण्टा सुते पनि निद्र पुग्ने ।
  • यौनमा बढी रुचि हुने ।
  • एउटा काम शुरु गर्न नपाउदै अर्को थाल्ने वा छटपट हुने ।
  • अरु देखि शंका गर्ने ।

यो रोग डिप्रेसनको उल्टो रुप मानिन्छ । पटकपटक दोहारिन सक्छ, कहिलेकाही अर्कोपटक डिप्रेसन हुन पनि सक्छ । यो रोगमा पुरुषमा यौन ट्रान्समिटेड डिजिज र महिलामा गर्भ रहने खतरा रहन्छ ।

मेनिया रोगबारे जान्नैपर्ने कूरा
मेनिया रोगका विरामी घमण्डी हुन्छन् । उनीहरु आफुलाई विरामी भन्न रुचाउदैनन् । त्यसैले यस्ता विरामीसंग अनावश्यक बादविवाद गर्नु हुदैन । नम्र भएर कुरा गर्नुपर्छ । मेनिया रोग बढ्दा विरामीले औषधि लिन मान्दैनन् । त्यस्तो बेला तुरुन्त अस्पताल लैजानुपर्छ । मेनिया रोग निको भइसकेपछि पनि पटक पटक बल्झिन सक्छ । सबैभन्दा पहिले राती निद्रा पर्दैन । त्यसो भए सदा लाग्ने औषधि तत्काल दिनुपर्छ । वा अस्पतालमा सम्पर्क गर्नुपर्छ । लिथियम लिएका मेनियाका विरामीले वान्ता गरे वा झाडापखाल, लागेमा यो औषधि वन्दगरि अर्को औषधि दिनुपर्छ । जसबाट लिथियम टक्सिसिटीबाट बचाउन सकिन्छ ।  मेनिया रोग कडा मानसिक रोग भएकाले औषधि लामो समयसम्म खान पर्न सक्छ । त्यसैले औषधि डाक्टरको सल्लाहबाट मात्र छाड्नुपर्छ ।

कसरी मानसिक रुपमा स्वास्थ्य बन्ने ?
  • अनावश्यक कुरामा एकोहोरो गहिरो सोचार्ई नगर्ने ।
  • अर्काको उपलब्धीलाई सजिलै ग्रहण गर्ने र खुसी हुने ।
  • पुराना रुढिवादी कुरामा विश्वास गर्नु हुदैन ।
  • हरेक काममा खुसि, सुखि तथा सन्टुष्ट बन्ने
  • लागुपर्दाथ तथा दूब्र्यसनीबाट टाढा रहने
  • अति नैतिकवान नबन्ने तथा अरुबाट पनि त्यस्तो आशा नगर्ने
  • मनका कुरा अरुलाई भन्ने वानी गर्ने    (स्वास्थ्य खबर )

No comments:

Post a Comment