top_rightads

Follow me on Twitter

Showing posts with label स्वास्थ्य. Show all posts
Showing posts with label स्वास्थ्य. Show all posts

Wednesday, March 23, 2016

यात्रा गर्दा बान्ता रोक्ने घरेलु उपचार !


चैत्र १० | यात्रा गर्दा शरीरका इन्द्रीयहरु आँखा, कान आदिले सन्तुलित ढंगबाट आ–आफ्नो कार्य गर्न नसक्दा मोसन सिकनेस अर्थात यात्राजन्य वान्ता उत्पन्न हुन्छ । 

मोसन सिकनेस पनि व्यक्तिपिच्छे फरक–फरक हुन्छ । कसैलाई सवारी साधन जस्तैः– बस, ट्याक्सी, हवाईजहाज चढेको केही मिनेटमै सुरु हुन्छ भने कसैलाई घन्टौं पछि । मोसन सिकनेस भएमा यात्रा सार्है  कष्टकर हुन्छ । 

अतः आफ्नो यात्रा सुखदायी र रमाईलो बनाउनका लागि हाम्रै घर भान्सामा प्रयोग हुने केही प्रभावकारी घरेलु उपाय र औषधीय गुणयुक्त जडिबुटीको बारेमा जानकारी लिई राखौं ।

महिलालाई हुने डिप्रेसन !


प्रायजसो मानसिक रोगहरू लोग्नेमानिस र स्वास्नीमानिसमा बराबर मात्रामा भेटिने भए पनि केही रोगहरू स्वास्नीमानिसमा बढी देखिएको छ । त्यसमध्ये डिप्रेसन पनि एक हो । डिप्रेसन रोग झन्डै दश देखि पन्ध्र प्रतिशत स्वास्नीमानिसमा पाइएको छ ।

स्वास्नीमानिसमा डिप्रेसन बढी भेटिनु पछाडि विभिन्न कारणहरू रहेका हुन सक्दछन् । यी मध्ये केही तल चर्चा गरिन्छ ।

१. लोग्ने मान्छेभन्दा बढी मात्रामा स्वास्नी मानिसहरूले आफुमा मनोवैज्ञानिक लक्षणहरू पनि छन् भनी स्वीकार गर्ने प्रवृत्ति बढी पाइएको र यसले महिलाहरूमा डिप्रेसन पहिचान हुने सम्भावना बढ्ने हुन्छ भन्ने मनोविज्ञहरू महिलाहरूमा डिप्रेसन बढी भेटिने कारण यहि हो भन्छन ।

२. केही समाजशास्त्रीहरू महिलाहरूको सामाजिक स्थिति लोग्ने मानिसको तुलनामा तल्लो मानिनु, स्वास्नीमानिसहरूले परम्परागत समाजमा धेरैजसो समय घरमै बिताउने र आफ्ना मनका कुरा ब्यक्त गर्ने बातावरण तुलानात्मक रुपले नपाउनुले गर्दा महिलाहरूमा डिप्रेसन वास्तवमै बढी भएको भन्ने तर्क दिन्छन् । कामकाजमा लागेका महिलाहरूको हकमा भने दोहोरो जिम्मेवारी बहन गर्नु पर्दा हुने बढी तनाब डिप्रेसन को कारण हुन सक्ने बताइञ्छ ।

उपभोक्ता परिचालन गरि डढेलो नियन्त्रण गरिदै !


चैत १० । जिल्लाको पूर्वी तथा मध्य तराई क्षेत्रका सामुदायिक वनमा केही दिनयता डढेलोबाट वनजङ्गल क्षति हुन थालपछि नियन्त्रणका लागि उपभोक्ता परिचालन गरिएको बताएको छ । 

जिल्लाको पूर्वी क्षेत्रका हँडिया र सुन्दरपुरसहितका वन क्षेत्रमा २०० भन्दा बढी उपभोक्ता डढेलो नियन्त्रणमा परिचालित भएका छन्  । 

यस्तै त्रियुगा नगरपालिका क्षेत्रको चप्पन तथा साउने भुसुने वन क्षेत्रमा अहिले वन उपभोक्ता समिति, उपभोक्ता र इलाका वन कार्यालयका कर्मचारी डढेलो नियन्त्रणमा परिचालन गरिएको जिल्ला वन कार्यालयले बताएको  छ । 

त्रियुगाको असारी, भुसुने वन क्षेत्रमा लागेको डढेलो गाउँ तथा नगर क्षेत्रसम्म आउन थालेपछि झन्डै ३०० उपभोक्तासहितको सक्रियतामा आगो नियन्त्रण गरिएको जिल्ला वन अधिकृत धनञ्जय पौडेलले बताएका छन्  । 

Tuesday, March 22, 2016

दुध खानै पर्ने कारण !


१. हाड : दूध र दुग्धजन्य उत्पादन क्याल्सियम, फोस्फोरस, म्याग्नेसियम र प्रोटिनका स्रोत हुन्, जुन हड्डी वृद्धि र विकासका लागि अनिवार्य छन् ।


बाल्यकालदेखि नै आवश्यकमात्रामा दुध र दुग्धजन्य उत्पादन उपभोग गर्नाले हड्डी मजबूत हुनाको साथै भविष्यमा ओस्टियोपोरोसिसजस्ता रोगसंग लड्ने क्षमतामा वृद्धि गर्छ ।

२. दाँत : दुधमा हुने क्याल्सियम र फोस्फोरसको मात्राले दाँतको विकास र निर्माणमा मद्दत पु¥याउँछ । दुधमा पाइने प्रचुर प्रोटिनले दाँतको इनामेलको पातलो आवरण निर्माण गर्छ  । यो आवरणले दाँत अम्लीय पदार्थको सम्पर्क आउँदा इनामेलबाट क्याल्सियम र फोस्फेट क्षति हुनबाट बचाउँछ । दुधले गुलिया खानाबाट दाँतलाई हुने असरबाट पनि बचाउँने अनुसन्धानहरुले देखाइसकेका छन् । यसैले पनि दन्तरोग विशेषज्ञहरुले दूधलाई खानाको बीचमा पिउँने सुरक्षित तरल पदार्थ भनेका छन् । यसले दाँतलाई सडनबाट पनि बचाउँछ ।

३. रक्तचाप : अध्ययनहरुले के देखाएका छन् भने दैनिक तीन भाग दुग्धजन्य पदार्थ, ५ भाग फलफुल तथा तरकारी र न्युन नुन खानाले वयस्क तथा बालबालिका दुवैमा उच्च रक्तचाप घटाउँछ । दुधसहित क्याल्सियम, पोटासियम  र प्रोटिन खानाले उच्च रक्तचाप घट्ने बताइन्छ ।

पिसाब रोक्दा हुने समस्याहरु !


पिसाब शरीरको सामान्य प्रक्रिया हो । पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ ।

पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको संकेत मष्तिष्कमा पु¥याउँछ र पिसाब फेर्न मन लाग्छ । यदि पिसाब थोरै  समय पनि रोकियो भने संक्रमण सुरुवात हुन्छ । पिसाब रोक्दा कस्ता समस्या निम्तन्छन् त ? आउनुहोस् थाहा पाउनुहोस् :

 १. मानिसहरु पिसाब केही मिनेटका लागि या लामो समयसम्म रोकेर राख्छन् । तपाईं पिसाब कतिबेर राख्नुहुन्छ भन्ने कुरा पिसाबको  उत्पादनमा भर पर्छ ।


यसका अलावा तरल पदार्थको उपभोग या पिसाब थैलीको कार्यक्षमतामा भर पर्छ । जति बढी समय तपाईं पिसाब रोकेर राख्नुहुन्छ, तपाईंको पिसाब थैलीमा उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य जोखिमको कारण बन्न जान्छ । 

Monday, March 21, 2016

ल्वाङका फाइदै फाइदा !

नेपाली भान्छामा ल्वाङ निकै प्रसिद्ध छ । तर, यो मसलाको पुर्खौली थलो भने इण्डोनेशियाको मोलुकास मानिन्छ, जसलाई स्पाइस आइल्याण्ड (मसला टापु) पनि भनिन्छ । 

यो मसला एसियामा २ हजारभन्दा बढी वर्षदेखि प्रयोग हुँदैं आएको मानिन्छ । यसको बास्ना र स्वादलाई मन पराएर इशा पूर्व २ सय देखि चिनियाहरुले यसलाई मुखको दुर्गन्ध हटाउनका लागि प्रयोग गर्न थालेका थिए । चौथो शताब्दिमा अरब व्यापारीहरुले ल्वाङलाई युरोप पु¥याएको मानिन्छ । 


यद्यपि मध्ययुगीन समयसम्म पनि यो सर्वसाधारणमाझ परिचित हुन सकेको थिएन । इण्डोनेशियाबाहेक ल्वाङको सबैभन्दा बढी उत्पादन हुने देश पूर्वी अफ्रिकाको जन्जीबार हो । यसबाहेक व्यवसायिक रुपमा ल्वाङ वेष्ट इण्डिज, श्रीलंका, मडागास्कर, भारत, ब्राजिललगायतका देशमा खेति गरिन्छ ।

पुरुषमा हुने नपुंसकता या बाँझोपनका कारणहरु !


चैत्र ८ | पुरुषमा बाँझोपन या नपुंसकताको लक्षण पत्ता लगाउन ज्यादैं गा¥हो हुन्छ । सामान्यत : शरीरमा हर्मोनको गडबडी या कमीका कारण नपुसंकता निम्तन सक्छ ।

हर्मोनको परिवर्तनको कारण पनि पुरुषमा यस्तो समस्या हुन सक्छ । कैयौंपटक हृष्टपृष्ट मानिस पनि नपुंसकताको शिकार बनिरहेको पाइन्छ ।

यसकारण नपुसंकताको कारण पत्ता लगाउन गा¥हो हुन्छ । खासगरी पुरुषमा सम्भोगको समयमा सही तरिकारले यौन क्रिया गर्न नसक्नु या शिघ्रपतन हुनु नपुसंकताको लक्षण हुन सक्छ ।

सामान्यत  नपुसंकताको संबन्ध सिधा रुपमा ज्ञानेन्द्रियसंग हुन्छ, यस्तो अवस्थामा पुरुषहरू यसबारेमा जागरुक हुँदैंनन् भने कैयौंपटक संकोचका कारण डाक्टरसंग परामर्श लिँदैंनन्, जसबाट रोग बढ्ने संभावना हुन्छ । नपुंसक व्यक्ति आफ्नो महिलासाथीसंग कहिल्यै सन्तुष्ट हुन सक्दैन ।

घमण्डी बन्ने र बढी फूर्ती लगाउने, अनौठो रोग मेनिया !



चैत्र ८ | मेनिया यस्तो रोग हो जसमा विरामी गफाडी, झगडालु, उत्तेजित देखिन्छ । विरामी प्रसस्त कुरा गरिरहने, फूर्तिलो, हाँसिलो, घमण्डी देखिन्छ । यस्तो अवस्थामा विरामी एउटै कुरामा स्थिर रहदैन, एउटा काम सक्न नपाउँदै अर्को काम थाल्छ ।

विरामी आनन्दित कुरामा दिन विताउँछ । म राजा बन्छु, म प्रधानमन्त्री बन्छु म नेता बन्छु भन्छ । त्यस्तै विरामीमा पैसा बाढ्छु भन्ने, कुरा बढाई चढाइ बोल्ने, राती २/३ घण्टा मात्र सुत्ने, गीत गाउने, अग्रेजी बोल्ने, रातो पहँेलो रंगिन लुगा लगाउन रुचाउने लक्षण देखाउँछ । विरामी बढी ‘टेलेन्ट’ जस्तो देखिन्छ ।

एकपटक मेनिया भएको बिरामीमा अर्कोपटक रोग दोहोरिने समस्या ८० प्रतिशत रहन्छ । यसरी दोहोरीएको अवस्थालाई वायोपोलार एफेक्टिभ डिस्अर्डर भनिन्छ । कहिले मेनियामा डिप्रेसिभ सिम्टम देखिन्छन् । यो कहिले ६ महिनामा कहिले ३—४ वर्षमा दोहोरिने गर्छ | 

Sunday, March 20, 2016

अकरकाराबाट मनग्य आम्दानी



चैत ७ ।  बहुमूल्य जडीबुटी अकरकाराबाट यहाँका किसानले मनग्य आम्दानी थालेका छन् । 

छोटो अवधिमा खेतमै उत्पादन गर्न सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । नेपालमा मात्र नभई भारतबाट समेत यसको माग आउन थालेको छ । 

यसको जरालाई औषधिका रुपमा प्रयोग गरिन्छ । विगत तीन वर्षदेखि डाबर नेपालले किसानबाट सिधै खरिद गरेर नेपालका साथै भारतसम्म समेत पु¥याउँदै आएको अकरकारा विभिन्न किसिमका औषधि उत्पादनमा प्रयोग हुन्छ । 

Saturday, March 19, 2016

कलेजो स्वस्थ राखिराख्न खानु पर्ने खाना !


प्याज– प्याजमा लिभर इन्जाइमलाई सक्रिय बनाउने क्षमता हुन्छ, जसले शरीरमा भएका विषाक्त पदार्थलाई बाहिर निकाल्न मद्दत गर्छ । यसमा अधिकमात्रामा हुने अलाइसिन र सेलेनियम नामक दुईवटा प्राकृतिक तत्वले कलेजोलाई स्वस्थ राख्न मद्धत गर्छ ।

अंगुर– अंगुरमा भिटामिन सि र एन्टिअक्सिडेन्ट उच्च मात्रामा पाइन्छ, जसले कलेजोलाई प्राकृतिक रुपमा सफा पार्छ । एक गिलास अंगुरको रसले कलेजोलाई विषाक्तमुक्त गर्ने इन्जाइम उत्पादनमा सहयोग गर्छ ।

चुकन्दर र गाँजर– यी दुवैमा बेटा क्यारोटिन उच्च मात्रामा पाइन्छ । त्यसैले चुकन्दर र गाँजरको सेवनले कलेजोले काम गर्ने क्षमता बढाउँछ ।

ग्रीन टी– यो कलेजोको स्वास्थ्यका लागि उपयुक्त पदार्थ हो । यसमा क्याटेचिन्स नामक एन्टिअक्सिडेन्ट पाइन्छ, जसले कलेजोलाई सहयोग गर्छ । ग्रीन टी स्वादिष्टमात्र नभएर यसले समग्र डाइटमा पनि वृद्धि गर्छ ।

हरिया सागसब्जी – कलेजो सफा गर्ने शक्तिशाली खाद्यपदार्थमा हरिया सागसब्जी पनि पर्छन् । काँचै खाँदा, पकाएर खाँदा या जुस बनाएर जसरी खाएपनि यो कलेजोको स्वास्थ्यका लागि उपयोगी हुन्छ । यसमा क्लोरोफिल्स पाइने भएकाले रगतबाट वातावरणीय विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ ।

एभोकाडो– पोषकतत्वले भरपूर एभोकाडोले कलेजो सफा गर्न आवश्यक तत्व ग्लुटाथाइन उत्पादन गर्न सहयोग गर्छ ।

स्याउ– यसमा पेक्टिन नामक तत्व उच्च मात्रामा पाइने भएकाले पाचन प्रणालीबाट विषाक्त पदार्थ सफा गर्छ ।

ब्रोकाउली र काउली– यी तरकारीले शरीरमा ग्लुकोसिनोलेट नामक तत्व वृद्धि गर्छन्, जसले कलेजोमा इन्जाइमको काम गर्छ । यी प्राकृतिक इन्जाइमले शरीरबाट कार्सियोजिन्स र अन्य विषाक्त पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ । यसबाट क्यान्सर हुने खतरा पनि कम हुन्छ ।

कागती – सिटरस जातका फलफुलमा उच्चमात्रामा भिटामिन सि पाइन्छ । बिहान नियमित रुपमा कागती पानी पिउनाले कलेजोलाई राम्रोसंग काम गर्न मद्दत गर्छ ।(स्वास्थ्य खबर )

गर्मीमा दही खानुहोस र यी ११ रोगसँग लड्नुहोस् !

भनिन्छ कुनै कामको सुरूवात गर्नुअघि दही खानाले उक्त काममा सफलता प्राप्त हुन्छ । साथै दहीलाई स्वास्थ्यका लागि निकै फलदायक मानिन्छ । यसमा हुने रासायनिक पदार्थले गर्दा पाचन प्रक्रियालाई फाइदा पुर्याउँछ र अन्य रोगहरूमा पनि फाइदा गर्छ । पाचन सम्बन्धी समस्याका लागी दही निकै राम्रो मानिन्छ ।
दहीले पाचन प्रक्रियालाई सहज बनाउँछ र भोक पनि राम्रोसँग लाग्छ । दूधबाट बनेको दहीको प्रयोग खानामा हजारौ वर्षदेखी भइरहेको छ । यसमा पाइने प्रोटिन, क्याल्सियम, राइबोफ्लेबिन, भिटामिन बी जस्ता पोषक तत्वका कारण पनि यो स्वास्थ्यका लागि फाइदाजनक हुने गर्छ । दाँत तथा हाडलाई मजबुत बनाउने क्याल्सियम पनि दुध भन्दा दहीमा १८ गुणा बढि पाइन्छ ।
दहीका केही फाइदाहरू
पाचन शक्तिमा बृद्धीः पाचन शक्ति बढाउनका लागि गर्मीमा दहीको नियमित सेवन गर्नु शरिरका लागि निकै फाइदा जनक हुन्छ । दहीले रगतको कमी र कमजोरीलाई पनि कम गर्ने गर्छ । दूधले जब दहीको रूप लिन्छ, तब दहीमा अम्लिय पदार्थको निर्माण हुन्छ, यसले पाचन प्रक्रियामा मद्धत गर्छ । जुन मानिसहरूलाई भोक कम लाग्छ ती मानिसहरूलाई दही खुवाउने गरे भोक प्रशस्त मात्रामा लाग्ने गर्छ ।
पेटको गर्मीमा कमीः गर्मीको समयमा दहीको लस्सी बनाएर पिउनाले पेटको गर्मी शान्त हुन्छ । दही पिएर घरबाट निस्किँदा लूको खतरामा पनि कमी आउँछ । पेटमा भएको गडबडीमा पनि दही फाइदाजनक हुन्छ । यस्तो अवस्थामा दही चामलमा मिसाएर खानाले फाइदा गर्छ ।
मुटुको समस्यामा फाइदाः दहीमा मुटुको रोग, उच्च रक्तचाप जस्ता बिमारीको सम्भावनालाई कम गर्ने क्षमता हुन्छ । यसले कोलस्टेरोललाई बढाउन मद्धत गर्छ र मुटुको धड्कनलाई सही अवस्थामा राख्न मद्धत गर्छ ।
बलियो हाडः दहीमा पाइने क्याल्सियमका कारण दहीको प्रयोगले हाड तथा दाँतलाई मजबुत बनाउन सहयोग गर्छ । शरिरको हाड बलियो भएपछि यसले मांशपेशीलाई बलियो गरी बाँधेर राख्छ, जसले शरिरलाई थप मजबुत बनाउँछ ।
जोर्नीको दुखाईमा कमीः जोर्नीको दुखाईलाई कम गर्नका लागि दहीको प्रयोग निकै फाइदाजनक हुन्छ ।
तौल बढाउनः पातलो व्यक्तिहरूले यदी दहीमा किशमिश, बदाम, दोकडा मिसाएर खाने गरे तौल बढ्छ ।
सौन्दर्यः दही शरिरमा लगाएर नुहाउनाले छाला कोमल र राम्रो हुन्छ । दहीमा कागतीको रस मिसाएर अनुहारमा, घाँटी, हातमा लगाउनाले शरिरको छाला निकै स्वस्थ र मुलायम हुन्छ । दहीको लस्सीमा मह मिसाएर पिउनाले पनि सौन्दर्यतामा निखार आउँछ ।
पालको सुन्दरताः कपाललाई सुन्दर र आकर्षक बनाई राख्नका लागि दहीले कपाल धुने गरे फाइदा गर्छ । यसको लागी नुहाउनुभन्दा अगाडि कपालमा दहीले राम्रोसँग मालिस गर्नुपर्छ । केही समयपछि कपाल नुहाउनाले कपालको रूखोपन कम हुन्छ ।
रोग प्रतिरोधक क्षमता बढाउनः दहीले रोग प्रतिरोधात्मक क्षमतामा बृद्धी गर्छ । यसले एलर्जीको समस्यामा पनि फाइदा गर्छ । दाँतसँग सम्बन्धीत रोगहरूलाई पनि यसले फाइदा गर्छ ।
पसिनाः गर्मीमा पसिना निकै आउने गर्छ । यस्तोमा दही र बेसनको मिश्रणले मालिस गरेर केहीबेर पछि नुहाउनाले पसिनाको दुर्गन्ध हराउँछ ।
अनिन्द्राः रातमा निन्द्रा नलाग्ने समस्याबाट जोगिनका लागि पनि दहीको प्रयोग फाइदाजनक हुन्छ ।

कालो चियाको उपयोगिता जनिरखौ !


कालो चिया अर्थात्  ‘ब्ल्याक टी’संसारभर नै उपभोग हुन्छ । कुनै देशमा चिनीजन्य गुलियो पदार्थ हालेर पिउने चलन छ भने कतै केही पनि नहाली सादा रुपमै पिइन्छ । चिनियाहरुले गुलियो पार्ने पदार्थ, मसला, चकलेट तथा जडिबुटी हालेर चिया पकाउछन् । भारत, नेपाललगायतका देशमा चिनी राखिन्छ । केहीले भने अदुवा, कागती, तुल्सी राखेर चिया पिउछन् ।
कालो चियामा पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ भने सोडियम, प्रोटिन र कार्बोहाइड्रेट पनि पाइन्छ । तर, यी तत्व न्यून मात्रामा पाइन्छन् । अमेरिकास्थित बोस्टन स्कुल अफ मेडिसिनका अनुसार ब्ल्याक टीले रक्तनलीमा हुने अवरोधलाई सामान्य बनाउछ, जसका कारण स्ट्रोक हुने खतरा पनि कम हुन्छ ।

मुटु जोगाउँछ : मुटु रोगीहरुले नियमित रुपमा कालो  चिया पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन मद्दत गर्छ । यसले गर्दा कालो  चिया सेवन गर्नेहरुमा मुटुजन्य रोग लाग्ने सम्भावना कम हुन्छ ।

डाइरिया रोक्छ : कालो चियामा भएको क्षारीय गुणले पेटसम्बन्धी समस्या समाधान गर्न मद्दत गर्छ । त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो चिया खाने सल्लाह दिइन्छ ।

दम : तातो झोलपदार्थले दमका रोगीहरुलाई आराम दिन्छ । यसले उनीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न सहयोग गर्छ ।

पाचन समस्या हटाउँछ : यसमा पाइने विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर गर्छन् । यसले पाचन प्रणालीमा भएका समस्या हटाउँन मद्दत गर्छन् ।

कोलेस्टेरोल घटाउँन मद्दत गर्छ : अमेरिकन हर्ट एशोसियसनले गरेको अनुसन्धानमा नियमित रुपमा कालो चिया सेवन गर्नेमा खराब कोलेस्टेरोल घटेको पाइएको थियो । यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य कारण मानिन्छ ।

स्तन क्यान्सर हुन दिँदैंन : ब्ल्याक या र ग्रिन जुन खालको चिया सेवन गरेपनि स्तन  क्यान्सर हुनबाट बचाउँछ । चियाले महिलाको महिनावारीको चक्रभर ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ । यस्तै, कालो चियामा भएको थेप्लाभिनले शरीरमा हुने कोषको असामान्य वृद्धिलाई नष्ट गर्छ ।

मुख स्वास्थ्यमा सहयोगी : टी ट्रेड हेल्थ रिसर्च एशोसियसनको सहयोगमा गरिएको एक अध्ययनले ब्ल्याक टीले दाँतमा फोहोर निर्माण हुन दिँदैन र ब्याक्टेरिया उत्पादन रोक्छ । कालो चियामा पाइने पोलिफेनाइल तत्वले सडन हुन जिम्मेवार मानिएको ब्याक्टेरिया मार्छ । यसका साथै ब्ल्याक टीले मधुमेहको खतरा कम गर्छ, रोग प्रतिरोधी क्षमतामा वृद्धि गर्छ र तनाव कम गर्न मद्दत गर्छ ।(स्वास्थ्य खबर )

‘डाउन सिन्ड्रोम’ १३ हप्तापछि गर्भ जांच गर्दा पत्ता लाग्ने !


चैत ७  । गर्भवतीले आफ्नो शिशुको अवस्था थाहा पाउन गर्भवती भएको १३ हप्तापछि गर्भ जाँच गराउन चिकित्सकले सुझाव दिएका छन् । ।
गर्भमा भएको बच्चामा डाउन सिन्ड्रोम (एक प्रकारको बौद्धिक अपाङ्गता) छ कि छैन भनी पत्ता लगाउनका लागि गर्भवती अवस्थामै जाँच गराउनु आवश्यक भएको चिकित्सको भनाइ छ ।
जनचेतनाको अभावका कारण धेरैले यस्तो जाँच गराउने गरेका छैनन् । क्रोमोजोम असामान्य भएको अवस्थालाई डाउन सिन्ड्रोम भनिन्छ । यो अवस्था क्रोमोजोम २१ मा एउटा अतिरिक्त क्रोमोजोमको पूरा वा सानो अंश जोडिएका कारणले हुन्छ ।
एक प्रकारको बौद्धिक अपाङ्गता भनिने डाउन सिन्ड्रोम गर्भमा भएको शिशुमा छ कि छैन भनी ‘प्रि नेटल टेस्टिङ’ जाँच गरेपछि थाहा पाउन सकिन्छ । यसको जाँच नेपालमा उपलब्ध नभए पनि भारतमा रगतको नमुना पठाएर जाँच गराउने गरिएको छ ।
सिन्ड्रोम एसोसिएसन अफ नेपालका अध्यक्ष डा ललिता जोशीले हरेक गर्भवती आमालाई ‘प्रि नेटल टेस्टिङ’ गराउन आवश्यक भएको बताइन् ।
यदि गर्भमा भएको बच्चाको प्रारम्भिक जाँचबाट डाउन सिन्ड्रोम भएको शङ्का लागेमा अर्को चरणको डाइनेस्टिक जाँच गराई गर्भको बच्चाको बारेमा निर्णय गर्न सकिने डा जोशीले बताइन् ।
डा जोशीका अनुसार सामान्य व्यक्तिमा ४६ क्रोमोसोम हुन्छ भने डाउन सिन्ड्रोम भएकामा ४७ क्रोमोजोम हुन्छ । यो क्रोमोजोम  साधारणतया अधिकांशमा असामान्य देखिनेमध्ये हो र बौद्धिक अपाङ्गताको कारण पनि हो ।
सङ्ज्ञान क्षमता र शारीरिक विकासको ढिलाइ र अनुहारको आकारको विशिष्ट समूहसँग जोडिएको हुन्छ ।
सन् १८६६ मा ब्रिटिस चिकित्सक जोन ल्याङ्डन डाउनले पहिलो पटक यो क्रोमोजोम  असामान्यताको बारेमा व्याख्या गरेका हुनाले उनकै नामबाट यस्तो समस्या भएका व्यक्तिलाई ‘डाउन सिन्ड्रोम’ भन्न थालिएको हो ।
डाउन सिन्ड्रोम भएका व्यक्तिमा गोलो, चेप्टो अनुहार, अति सानो चिउँडो, नेप्टो नाक, माथि फर्केको चिम्से आँखा, मोटो चिरा परेको मुखबाट निस्किराख्ने जिब्रा खुट्टाको बूढो र दोस्रो अङ्गुलाबीच फाटो, हत्केलामा एक्लो लाइन (साइमन क्रिज), छोटो गर्धन, आँखाको नानीमा सेतो वा पहेँलो थोप्ला (ब्रसफिल्ड स्पाटस), होचोपन, टाउकोको गोलाई सानो, सानो र तल जोडिएको कान, मांसपेसीको फितलोपना, सानो जनेन्द्रीय, बौद्धिक अपाङ्गताजस्ता समस्या देखिन सक्छन् ।
डा जोशी एकै व्यक्तिमा यी सबै समस्या नदेखिन पनि सक्ने हुनाले कुनै पनि लक्षण भएमा उनीहरुलाई विशेष रेखदेखको आवश्यक भएको बताउछिन् ।
यी समस्याबाहेक पनि डाउन सिन्ड्रोम भएका व्यक्तिमा विशेष गरी मुटुका समस्या देखिन पनि सक्छ ।
डाउन सिन्ड्रोम निको नहुने भएकाले यस्ता समस्या भएका बालबालिका तथा व्यक्तिको मनोविज्ञान बुझेर माया, प्रोत्साहन र सहारा दिएर हरेक क्रियाकलापमा साथको आवश्यकता छ ।
बाल रोग विशेषज्ञ डा समुन्द्र बजिमयको लेख ‘डाउन सिन्ड्रोम’मा उल्लेख भएअनुसार यस्ता बालबालिकालाई सामान्यलाई भन्दा फरक बौद्धिक क्षमता हुने भएकाले विशेषखालको शिक्षाको आवश्कता भएको उल्लेख छ ।
यस्ता समस्या भएका व्यक्तिको खानपिनमा विशेष ख्याल गर्न पनि आवश्यक छ । भने विशेष प्रकारको थेरापी पनि आवश्यक हुन्छ । शिशु तीन महिनाको भएदेखि नै चिकित्सकको सल्लाहअनुसार थेरापी, बोल्न थालेपछि बोलीको थेरापी र दैनिक आचरणबारे अकुपेसनल थेरापी पनि गराउन आवश्यक भएको डा जोशीले बताउनुभयो ।
नेपालमा डाउन सिन्ड्रोम भएका व्यक्तिको तथ्याङ्क उपलब्ध नभए पनि विश्व स्वास्थ्य सङ्गठनका अनुसार करिब ५०० देखि ८०० जन्ममा एकजनामा यो समस्या भएको व्यक्तिको जन्म हुने गर्छ ।
त्यसैगरी २५ वर्षभन्दा माथिका आमाबाट जन्मेका एक हजार २५० शिशुमा एकजना, ३० वर्षमाथि जन्मेकाबाट एक हजार शिशुमा एकजना, ३५ वर्षमाथिका गर्भबाट जन्मेका ४०० गर्भमा एकजना शिशुमा यो समस्या देखिन सक्छ । रासस

सेक्स लत के हो, कतै तपाइलाई पनि छैन ?


के तपार्इंंलाई बारम्बार सेक्स गर्न मन लाग्छ ? के कोही महिलालाई देख्नेबित्तिकै उत्तेजना आएको महसुस हुन्छ ? या अश्लील चलचित्र हेर्न मन पर्छ ? यदि यसो हो भने सतर्क हुनुहोस्, तपाईंलाई सेक्स लत लागेको हुन सक्छ । धूमपान, मदिरापान, चिया जस्ताको लतजस्तै यो पनि एक किसिमको लत हो । सेक्स एक प्राकृतिक क्रिया हो । तर, सम्झनुपर्ने कुरा के छ भने हरेक बानी सामान्यभन्दा बढी हुन्छ भने त्यसले व्यक्तिमा नकारात्मक असर छाड्छ ।

जब यौन क्रिया नियन्त्रणभन्दा बाहिर हुन्छ भने त्यसलाई सेक्स लत भनिन्छ । जुन व्यक्तिमा यस्तो लत हुन्छ, उसले आफ्नो अधिकांश समय यौन क्रियामा समय व्यतित गर्न मन पराउछ । मौका मिल्ने बित्तिकै सेक्सका बारेमा सोच्न सुरु गर्छन् । यसबाट उसको व्यवहार पनि परिवर्तन आउछ, जसको असर उसको निजी, सामाजिक तथा व्यवसायिक जीवनमा पर्छ । उनीहरुका लागि सेक्स परिवार, साथीभाई र कामभन्दा माथि हुन्छन् ।

सामान्यतः सेक्स लत किशोरावस्थामा लाग्छ । कैयौं मानिस किशोरावस्था पार गर्नेबित्तिकै सम्हालिन्छन् भने कतिपय ४० वर्षको उमेरपछि सेक्सका लागि लालायित हुन्छन् । सेक्सका दौरान एकप्रकारको तरल पदार्थ निस्कन्छ, जसले मानिसलाई यौन सुखको महसुस गराउछ । सेक्स लतको सुरुवात हस्तमैथुनबाट सुरु हुन्छ । यस्तो बेला किशोरकिशोरीहरु ढोका बन्द गरेर या एक्लै भएको मौका पाउनेबित्तिकै हस्तमैथुन गर्न थाल्छन् । मौका पाउनेबित्तिकै पार्ने वेबसाइट, पुस्तक तथा फिल्म हेरिहाल्छन् । त्यस्ता फिल्म हेर्नेक्रममै हस्तमैथुन गर्छन् । सामान्यतः हस्तमैथुनको नराम्रो असर नहुने सेक्सोलोजिष्टहरु बताउछन् । तर, अति हस्तमैथुनले स्वाभाविक रुपमा असर गर्छ । यसका साथै उनीहरु मनोवैज्ञानिक रुपमा हरपल विचलित हुन्छन्, सेक्सुअल्ली कमजोर भइयो भनेर । उनीहरु मनमा पनि हिनभावनाले ग्रसित हुन्छन्, तर, जब मौका पाउछन्, फेरि यौन क्रियाकलाप सुरु गरिहाल्छन् ।

यस्ता कतिपय व्यक्तिहरु इन्टरनेटमा पनि यौनिक रुपमा प्रस्तुत हुन्छन् । जब कसैसंग च्याट गर्छन् या टेलिफोनमा कुरा गर्छन्, घुमाईफिराई कुरालाई सेक्सतर्फ लैजान्छन् । अपरिचित महिलालाई यौनको दृष्टिकोणले  हेर्छन् । यस्ता मानिसहरु धेरै महिलासंग संबन्ध बनाउन पछि पछि हट्दैनन् ।

महिला पनि हुन्छन् सेक्स लतको शिकार
सेक्स लतको शिकार पुरुषमात्र होइन, महिला पनि हुन्छन् । पुरुषजस्तै महिला पनि एकान्तको मौका पाउनेबित्तिकै हस्तमैथुनमा लिप्त हुन्छन् । यहीकारण किशोरीले अनिच्छित गर्भधारण गर्ने क्रम पनि बढ्दै गएको छ । एक अध्ययनका अनुसार सेक्स लतका कारण ७० प्रतिशत महिलाको वैवाहिक जीवन प्रभावित हुनेगरेको छ । ४० प्रतिशत महिलालाई श्रीमानले छाडेका हुन्छन् भने७२ प्रतिशतले आत्महत्याको प्रयास गर्छन् । यस्तै, ६८ प्रतिशत यौन रोगबाट ग्रसित हुन्छन् भने २७ प्रतिशतको करिअर डामाडोल भएको हुन्छ । – एजेन्सि

मानिसलाई किन चिलाउछ !


मानिसको शरीर बाहिरी र भित्री गरि दुई कारणले चिलाउछ । भित्री कारणमा रगतको खराबीले गर्दा धेरै चिलाउने समस्या उत्पन्न भएको हुनसक्छ । त्यसैगरी कलेजो, मृर्गौला र थाइराइड आदिको समस्याका कारणले पनि शरीर चिलाउने समस्या देखा पर्नसक्छ । कसैकसैलाई जन्डीसको समस्यामा पनि शरीर अत्याधिक चिलाउने हुन्छ ।
बाहिरी कारणमा जाडो मौसममा शरीर सुख्खा भई चिलाउने हुन्छ । यसका लागि नरीवलको तेल, जैतुनको तेल, बडी लोसन प्रयोग गरी शरीर सुख्खा हुनबाट छालालाई बचाउनु पर्छ । त्यसैगरी कपडाको कारण पनि शरीर चिलाउने हुन्छ । महिलाहरुलाई कस्मेटिक एलर्जी कारणले पनि चिलाउने समस्या देखा पर्नसक्छ ।
बाहिरी प्रदुषणहरु जस्तै धुलो, धुवा, बिभिन्न ग्यास र कार्य क्षेत्रको वातावरणले पनि चिलाउने समस्या उत्पन्न हुन्छ । कसैलाइ लुतोको कारण पनि धेरै चिलाउने समस्या देखिन्छ । यस्ता समस्या भएकाले दिनहु नुहाएर छाला सफा राख्नु पर्छ ।
डावर नआई चिलायो भने यसको जाँच तुरुन्तै गराउनु पर्छ । बाहिरी कारणमा त्यसको कारण बाट बच्नु नै उत्तम उपाए हो । यदि भित्री समस्याका कारण गर्दा समस्या देखिएमा उपचार गर्नुपर्छ ।
एलर्जीका कारणले चिलाउने समस्या  भएमा हो त्यो कारण पत्ता लगाई बच्नु पर्ने हुन्छ । कसै कसैलाई भान्सामा प्रयोग हुने बस्तुका कारण पनि एलर्जी हुन सक्छ । जस्तै धनियाको पात, लसुन, कफि आदि ।
अप्रेशन गर्दा शरीर कमजोर भएको हुन्छ । यस्तो अवस्थामा प्रयोग गरिने एन्टीसेफ्टीक लोसन वा सलायनपानीका कारणले गर्दा पनि कहिले काहीँ शरीर चिलाउने हुन्छ ।
शरीर चिलाउने समस्यामा बच्ने प्रमुख उपाए भनेको के कारणले चिलाउने भएको हो त्यो पत्ता लगाई त्यसबाट बच्नु नै उत्तम उपाय हो ।

अनुहार चम्किलो बनाउने तरिकाहरु !


  1. चर्को घाममा तपाईंको छालाको रङ फिक्का या कालो भएको छ भने काँचो टमाटरलाई मिचेर मोही हालेर अनुहार र छालामा लगाउनुहोस्, छालालाई शीतलता प्रदान हुनेछ र कालोपना पनि हट्नेछ ।
  2.  नुहाउने पानीमा एक गिलास लस्सी हालेर नुहाउनाले पनि बिस्तारै बिस्तारै सनटेन हट्नेछ ।
  3.  एक सानो चम्चा काँक्राको रस, आधा चम्चा ग्लिसरिन र एक चम्चा गुलाबजल मिलाएर घामले डढेको छालामा लगानाले छाला नरम र गोरो हुँदै जानेछ ।
  4.  टमाटर र दही बराबर मात्रामा लिएर राम्ररी फिट्नुस् र यो मिश्रणलाई छालामा लगाएर १० मीनेटसम्म राख्नुस र चिसो पानीले धुनुहोस् । यो सनबर्नको लागि राम्रो टनिक हो । 
  5. काँचो दूधमा गुलाबजल हालेर कपासले छालामा लगाउनुहोस् । यसो गर्दा छालाको पुरै मैला कपासमा आउनेछ ।
  6.  चन्दन पिसेर त्यसमा गुलाबजलका केही थोपाहरू हालेर बनाइएको लेप अनुहारमा लगाउनाले छालालाई शीतलता पुग्छ । 
  7. कागती र मोही मिलाएर लगाउनाले घामका कारणले कालो भएको अनुहारमा निखार आउँछ ।
  8.  एक चम्चा मख्खन र एक चम्चा पानी मिलाएर पिट्नुस, घाममा डढेको छालामा लगाउनुस् । यसले धेरै नै फाइदा गर्छ ।
  9.  दुई चम्चा काँक्राको रसमा एक चम्चा काँचो दूध हाल्नुस् र यसलाई कपासले अनुहार र गर्धनमा लगाउनुहोस् । यसबाट छालाको छिद्र खुल्छन् र धुलो तथा अतिरिक्त चिल्लोपना हट्छ अर्थात यसले क्लिन्जिङको काम गर्छ ।
  10.  एउटा स्याउलाई पिसेर अनुहारमा लेप गर्नुहोस् । आधा घण्टापछि मनतातो पानीले अनुहार सफा गरेपछि छालाको चिल्लोपना काम भएर छालालाई कान्तिमय र नयाँ स्फुर्ती प्रदान भएको अनुभव हुनेछ । 

रुनुका फाइदा !


मानिस दुई हिसाबले रुन्छन् । एउटा खुशीमा र अर्को दुःखमा । तर,  सामान्यतः रुन कसैलाई पनि मन पर्दैन । तर, डाक्टरको भनाई मान्ने हो भने मानिसले बेलाबेलामा रुनु पनि पर्छ । रुनु स्वास्थ्यका लागि लाभदायी मानिन्छ, विशेषगरी आँखाका लागि । रुँदा आँखा चम्किलो हुन्छ । जसरी हाँस्नु मानिसका लागि स्वस्थकर मानिन्छ, त्यसैगरी, रुँदा मन हल्का हुनेमात्र नभई स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ । मेडिकल युनिभर्सिटी अफ ओहियोले गरेको अनुसन्धानलाई मान्ने हो भने रुँदा शरीर पनि हल्का हुन्छ ।  दुःखलाई लुकाएर राख्नुभन्दा त्यसलाई बाहिर निकाल्नु नै श्रेयस्कर हुन्छ । भावनात्मक, शारीरिक र सार्वभौमिक रुपमा व्यक्तिको आँखाबाट आँसु निस्कन्छ । रुँदा के–के फाइदा हुन्छ, हेरौं है त ।

 आँखा चम्किलो हुन्छ : आँखामा आँसु आउँदा नानी चिसो हुन्छ र आँखा सुख्खा रहनु पाउँदैंन । यदि आँसु आएन भने र सुख्खा रह्यो भने दृष्टि समस्या हुन सक्छ । 

किटाणु समाप्त हुन्छ : आँसुमा लिसोजाइमक नामक तरल पदार्थ हुन्छ, जसले ५ देखि १० मिनेटमा ९५ प्रतिशतसम्म ब्याक्टेरिया अर्थात् किटाणु हटाइदिन्छ । 

विषाक्त पदार्थ बाहिर निकाल्छ : जब दुःखका कारण रुन्छ, त्यतिबेला शरीरमा विषाक्त पदार्थ बन्न थाल्छ । यस्ता विषाक्त पदार्थ आँसुमार्फत् बाहिर निस्कन्छन् । 

Friday, March 18, 2016

बालबालिकामा खानको कारणले देखिने समस्या !


चैत्र ५ | धेरै बालबालिकामा खाना खाने तरिका नमिलेका कारण समस्या देखिने गरेको छ ।

धेरैले पेटसम्बन्धी समस्या लिएर आउने गर्छन् । हामीले ठूलो उमेरको बालबालिकामा अल्सरलगायतका समस्या हुन्छन् भन्ने थाहा पाएका छौं तर अल्सरको संक्रमण सानै उमेरका बालबालिकामा पनि हुने देखिएको छ ।

 बच्चाले जव बाहिरको खाना खान थाल्छ, कतिपय समस्या त्यसपछिको उमेरमा देखा पर्छ । त्यसले पेटमा घाउ हुने, पेटमा रहेको अम्लिय पदार्थ माथि जाने लगायतका समस्या देखिन्छ । ग्यास्ट्राइटिस भनिने यस्तो समस्या लिएरपनि बिरामीहरु आउछन् । ७–८ वर्ष नाघेका बच्चालाई आवश्यक प¥यो भने पेटमा घाउ छ कि छैन भनेर इन्डोस्कोपी गरेर पनि हेर्नुपर्ने हुन्छ ।

बच्चाहरुमा कब्जियतको समस्या पनि बारम्बार देखिने गर्छ । बच्चाहरुमा धैर्यतापूर्वक ट्वाइलेटमा बस्ने अभ्यास नहुँदा पनि यस्तो हुन्छ । उमेर पुगेका मानिसलाई खाना लगायतका कारणले कब्जियत हुन्छ, तर बालबालिकालाई ट्वाइलेटमा बस्ने अभ्यास नहुनाले ।

विहानमा ट्युसन, स्कुल, होमवर्क लगायतका कारणले एकदमै भागदौडको सामना गर्नुपर्छ । अनि दिउसोमा स्कुलको सार्वजनिक ट्वाइलेट प्रयोग नगर्ने स्वभाव हुन्छ । दिनभर या लामो समय टवाइलेट खटाउने बानी बढ्दै गएपछि उनीहरुमा कब्जियतको लक्षण देखा पर्छ । जसले खानाको रुची कम हुने खाना मन नलाग्ने जस्तो समस्या देखिन्छ ।

त्यसैले अभाविकहरुले विहानमा १०–१५ मिनेट समय दिएर बालबालिकालाई नियमित ट्वाइलेट जाने बानी बसाउनुपर्छ । विहान नियमित शौचालय बस्ने बानीमात्रै बस्ने हो भने कब्जियतको समस्या हुँदैन ।

जंकफुडको नियमित प्रयोग बालिकालिकाको अर्को समस्या हो । अहिले जस्तो अवस्था आइसकेको छ कि जंकफुड रोक्ने खोजेर पनि रोकिन्न । हरेक खाद्यान्न पसलमा आवश्यक सामानभन्दा अगाडी जंगफुड राखिएको छ । त्यसैले बालबालिका त्यसमा आकर्षित भइहाल्छन् ।

टिभीमा त्यसैगरी विज्ञापन हुन्छ । व्यस्त बाबुआमा काममा दौडिहाल्नुपर्ने भएकाले जंकफुड दिनु नै सजिलो र छरितो हुन्छ । यसलाई कम गर्न सकिन्छ, बच्चलाई फकाएर, जंकफुडलाई कटौती गरेर दिन सकिन्छ । पिरोयुक्त नदिने, चाउचाउ नदिने, दिए पकाएर दिने । जंकफुड आफैमा नराम्रो हैन । तर त्यसको त्यसको मात्रा बढी भए समस्या आउछ । पिरोपना बढी भए पेटमा एसिडिटीको समस्या पनि बढी हुन्छ ।

बच्चाहरु प्राय चकचके पनि हुन्छन् । त्यो सामान्य प्रक्रिया हो । कुनै अविभावकले बच्चा चकचके भएन भन्ने गुनासो लिएर आए बरु चिन्तित हुनुपर्छ । बच्चा बढी इन्क्लुजेटिभ हुन्छ । बढी सिक्न खोज्छ । बढी नै चकचके छ, सामाजिक स्वभावको भएन भने चिन्ता लिनुपर्छ । नत्र ठिकै हो । चकचकका कारण चोटपटक लाग्ला कि भन्ने सतर्कता चै अपनाउनुपर्छ ।

बालबालिकाको लिभर र जण्डिसको समस्या पनि हुन्छ । कतिपय केस भने अपरेशन गर्नुपर्ने पनि हुन्छ । लिभर नै फेल हुनेपनि हुन्छ । जण्डिस विभिन्न प्रकारको हुन्छ । हेपाटाइटिस ए खानाका कारणले सर्ने जण्डिस हो । त्यसकै कारण कहिलेकाहिँ लिभर नै फेर्नुपर्ने खालको समस्या पनि हुनसक्छ । हेपाटाइटिस ए लाई भने भ्याक्सिनबाट पनि रोकथाम गर्न सकिन्छ ।(स्वास्थ्य खबर )

Thursday, March 17, 2016

ग्याष्टिकबाट बच्ने उपाए


  1. अमिलो, पिरो, चिल्लो, कम खाने 
  2. नियमित खाना खाने,
  3.  पेट भोको नराख्ने 
  4. रक्सि, चुरोट नखाने 
  5. पोलेको मासु कम खाने 
  6. मसलेदार खाना कम खाने आराम गर्ने 
  7. मानसिक तनाव नलिने 
  8. दुध हालेको चिया खालि पेटमा नखाने 
  9. पानी प्रशस्त पिउने 
  10. अनिद्रा नबस्ने 

हातखुट्टा मर्किदा के गर्ने ?


चैत्र ४ | मर्कनु एउटा दुर्घटनाबाट सृजना हुने शारिरीक समस्या हो । जोर्नीहरूको वरिपरि डोरीजस्तो तन्तुहरु हुन्छन् जसलाई लिगामेन्ट भनिन्छ । लिगामेन्टसले जार्नीलाई कस्सिएर एउटा बन्धनमा सुरक्षित राखेका हुन्छन् । जोर्नीका यीनै लिगामेन्टस् बटारिएर उत्पन्न हुने समस्या र चोटपटकलाई मर्कने भनिन्छ । सामान्य अवस्थामा मर्कने भनेको व्यक्तिको क्षणीक लापरवाहिका कारणले हुने समस्या हो । यो कुनै व्यक्ति लडेर वा नलडिकन पनि जोर्नीहरु मर्कन सक्छन् । प्राय हातखुट्टा र हिप बढी मर्कने अंग हुन । कहिलेकाहीँ मर्कदा टिस्यु समेत ड्यामेज हुने तथा चुँडिन, च्यातिन वा तानिन सक्छन् । टिस्यु ड्यामेज भएको ठाँउमा रक्तश्राब हुन्छ र सुन्निन गई दुखाई बढी हुने गर्दछ । सामान्य मर्काइले कुनै असर गर्दैन । 

यो सामान्यतयाः १ देखि ६ हप्तामा उपचार नगरे पनि आफँै ठीक भएर जान्छ । मर्काइ पनि विभिन्न प्रकारको हुन्छ । ग्रेड एक भनेको एउटा सामान्य अवस्था हो । ग्रेड दुईमा लिगामेन्टस्को केही अंश मात्र चुँडिने हुन्छ भने ग्रेड तीनमा पुरै च्यातिने हुन्छ । लिगामेन्टस् च्यातियो भने शल्यक्रिया गरी मिलाउनु पर्ने हुन्छ । ग्रेड एक र दुईको उपचार शल्यक्रिया बिनानै गरिन्छ । मर्केर सुन्निएको छ भने आइसले सेकेर सुन्निने र दुखाई कम गर्न सकिन्छ । कहिले काहीँ बढी सुन्नियो भने चिकित्सकको सल्लाहमा उपचार गर्नुपर्छ । मर्काइमा सावधानी अपनाउनु पर्ने हुन्छ । ग्रेड एक र दुईलाई सामान्य रुपमा क्रेप व्यान्डेज गर्ने, आराम गर्ने, बैसाखी लिएर मात्र हिड्ने गर्नु पर्दछ भने ग्रेड तीनमा जोर्नी फुस्कने गरी मर्केको छ भने शल्यक्रिया गर्नुपर्ने हुन्छ । लामो समयसम्म उपचारपछि पनि ठिक भएन भने फिजियोथेरापी मार्फत पनि उपचार गर्न सकिन्छ । मर्काइमा चिकित्सकसको सल्लाह लिनु सबैभन्दा उपयुक्त हुन्छ । मर्काइमा जर्बजस्ती हिँड्ने गर्नुहुँदैन । जर्बजस्ती गर्नाले गोलीगाँठाहरु फुट्न सक्छन् । कसै कसैले मर्कने बित्तिकै जोडले माँड्ने, तन्काउने गर्दछन् तर यस्तो गर्नु हुदैन । मर्केपछि हड्डि भाँचिएको छ कि छैन पत्ता लगाउन एक्सरे गर्नुपर्छ । मर्कने समस्यालाई धेरै व्यक्तिले ठूलो समस्याको रुपमा हेरेको पाइदैन । कतिपय अवस्थामा मर्काइले जटिल समस्या समेत सृजना गर्न सक्छ ।(स्वास्थ्य खबर )