top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

बालबालिकामा खानको कारणले देखिने समस्या !


चैत्र ५ | धेरै बालबालिकामा खाना खाने तरिका नमिलेका कारण समस्या देखिने गरेको छ ।

धेरैले पेटसम्बन्धी समस्या लिएर आउने गर्छन् । हामीले ठूलो उमेरको बालबालिकामा अल्सरलगायतका समस्या हुन्छन् भन्ने थाहा पाएका छौं तर अल्सरको संक्रमण सानै उमेरका बालबालिकामा पनि हुने देखिएको छ ।

 बच्चाले जव बाहिरको खाना खान थाल्छ, कतिपय समस्या त्यसपछिको उमेरमा देखा पर्छ । त्यसले पेटमा घाउ हुने, पेटमा रहेको अम्लिय पदार्थ माथि जाने लगायतका समस्या देखिन्छ । ग्यास्ट्राइटिस भनिने यस्तो समस्या लिएरपनि बिरामीहरु आउछन् । ७–८ वर्ष नाघेका बच्चालाई आवश्यक प¥यो भने पेटमा घाउ छ कि छैन भनेर इन्डोस्कोपी गरेर पनि हेर्नुपर्ने हुन्छ ।

बच्चाहरुमा कब्जियतको समस्या पनि बारम्बार देखिने गर्छ । बच्चाहरुमा धैर्यतापूर्वक ट्वाइलेटमा बस्ने अभ्यास नहुँदा पनि यस्तो हुन्छ । उमेर पुगेका मानिसलाई खाना लगायतका कारणले कब्जियत हुन्छ, तर बालबालिकालाई ट्वाइलेटमा बस्ने अभ्यास नहुनाले ।

विहानमा ट्युसन, स्कुल, होमवर्क लगायतका कारणले एकदमै भागदौडको सामना गर्नुपर्छ । अनि दिउसोमा स्कुलको सार्वजनिक ट्वाइलेट प्रयोग नगर्ने स्वभाव हुन्छ । दिनभर या लामो समय टवाइलेट खटाउने बानी बढ्दै गएपछि उनीहरुमा कब्जियतको लक्षण देखा पर्छ । जसले खानाको रुची कम हुने खाना मन नलाग्ने जस्तो समस्या देखिन्छ ।

त्यसैले अभाविकहरुले विहानमा १०–१५ मिनेट समय दिएर बालबालिकालाई नियमित ट्वाइलेट जाने बानी बसाउनुपर्छ । विहान नियमित शौचालय बस्ने बानीमात्रै बस्ने हो भने कब्जियतको समस्या हुँदैन ।

जंकफुडको नियमित प्रयोग बालिकालिकाको अर्को समस्या हो । अहिले जस्तो अवस्था आइसकेको छ कि जंकफुड रोक्ने खोजेर पनि रोकिन्न । हरेक खाद्यान्न पसलमा आवश्यक सामानभन्दा अगाडी जंगफुड राखिएको छ । त्यसैले बालबालिका त्यसमा आकर्षित भइहाल्छन् ।

टिभीमा त्यसैगरी विज्ञापन हुन्छ । व्यस्त बाबुआमा काममा दौडिहाल्नुपर्ने भएकाले जंकफुड दिनु नै सजिलो र छरितो हुन्छ । यसलाई कम गर्न सकिन्छ, बच्चलाई फकाएर, जंकफुडलाई कटौती गरेर दिन सकिन्छ । पिरोयुक्त नदिने, चाउचाउ नदिने, दिए पकाएर दिने । जंकफुड आफैमा नराम्रो हैन । तर त्यसको त्यसको मात्रा बढी भए समस्या आउछ । पिरोपना बढी भए पेटमा एसिडिटीको समस्या पनि बढी हुन्छ ।

बच्चाहरु प्राय चकचके पनि हुन्छन् । त्यो सामान्य प्रक्रिया हो । कुनै अविभावकले बच्चा चकचके भएन भन्ने गुनासो लिएर आए बरु चिन्तित हुनुपर्छ । बच्चा बढी इन्क्लुजेटिभ हुन्छ । बढी सिक्न खोज्छ । बढी नै चकचके छ, सामाजिक स्वभावको भएन भने चिन्ता लिनुपर्छ । नत्र ठिकै हो । चकचकका कारण चोटपटक लाग्ला कि भन्ने सतर्कता चै अपनाउनुपर्छ ।

बालबालिकाको लिभर र जण्डिसको समस्या पनि हुन्छ । कतिपय केस भने अपरेशन गर्नुपर्ने पनि हुन्छ । लिभर नै फेल हुनेपनि हुन्छ । जण्डिस विभिन्न प्रकारको हुन्छ । हेपाटाइटिस ए खानाका कारणले सर्ने जण्डिस हो । त्यसकै कारण कहिलेकाहिँ लिभर नै फेर्नुपर्ने खालको समस्या पनि हुनसक्छ । हेपाटाइटिस ए लाई भने भ्याक्सिनबाट पनि रोकथाम गर्न सकिन्छ ।(स्वास्थ्य खबर )

No comments:

Post a Comment