५ चैत, काठमाडौं । समर्थकहरुको अराजक गतिविधिका कारण म्यानचेष्टर युनाइटेड र लिभरपुललाई यूईएफले कारबाही गर्ने सम्भावना देखिएको छ ।
युरोपा लिगको अन्तिम १६ को दोस्रो लेग युनाइटेडको घरेलु मैदान वल्ड ट्रार्फडमा भएको थियो । जुन खेल १-१ को बराबरीमा सकिएको छ र लिभरपुल समग्रमा ३-१ ले विजयी हुँदै अन्तिम ८ मा पुगेको छ ।
खेलका क्रममा समर्थकहरुले फ्लेयर्स जलाउनका साथै झगडा गरेका छन् । युनाइटेड र लिभरपुलका समर्थकले मुक्काहानाहान समेत गरेका छन् । उनीहरुलाई प्रहरीले नै छुट्याउनु परेको थियो ।
ग्रेड युनाइटेड प्रहरीले झगडा गर्ने तीन फुटबल समर्थकलाई पक्राउ गरिएको बताएको छ ।
No comments:
Post a Comment