top_rightads

Follow me on Twitter

Showing posts with label खेल. Show all posts
Showing posts with label खेल. Show all posts

Tuesday, March 22, 2016

प्याराग्लाइङिङ प्रतियोगिता हुने !


चैत १० । पूर्वको पर्यटकीय सहरका रुपमा परिचित धरान उपमहानगरपालिकामा एकसयको हाराहारीमा प्याराग्लाइडिङका सौखिन उड्ने भएका छन् । 

नेपालकै पर्यटकीय क्षेत्रमध्येको पोखरापछि प्याराग्लाइडिङका लागि राम्रो मानिएको धरानको आकाशमा यही चैत १२ देखि १४ गतेसम्म साहसिक प्याराग्लाइडिङ खेल प्रतियोगिताको आयोजना गर्न लागिएको छ  । 

पूर्वी नेपालको पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले पूर्वमा नै पहिलोपटक चौथो माउन्टेन स्पोर्टस फेस्टिवलअन्तर्गत राष्ट्रियस्तरको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा यति धेरै सङ्ख्यामा खेलाडीको  सहभागिता गराउन लागिएको हो । 

Monday, March 21, 2016

मलेसियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय टोलीको घोषणा


८ चैत । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आउदो चैत १४ गते मलेसिया (यु–२२) सँग हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको घोषणा गरेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका मुख्य प्रशिक्षक ग्योउतोकु कोजीले २३ सदस्यीय टोलीको नामावली सार्वजनिक गर्नुभएको हो ।

केही महिना अघि भारतमा सम्पन्न सागमा स्वर्ण पदक जितेका खेलाडीको बाहुल्यता भएको टोलीमा तीन गोलकिपर, नौ डिफेन्डर, छ मिडफिल्डर र पाँच फरवार्ड छन् ।

 गोलकिपरमा विकेश कुथू, विशाल श्रेष्ठ र किरणकुमार लिम्बु छन् भने डिफेन्डरमा विजय धिमाल, विराज महर्जन, देवेन्द्र तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की, कमल श्रेष्ठ, मनबहादुर तामाङ, रविन श्रेष्ठ र रन्जित धिमाल छन् ।

 त्यस्तै, मिडफिल्डरमा विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, प्रकाश बुढाथोकी, सुजल श्रेष्ठ र सुनिल बल समावेश छन् भने ‘फरवार्ड लाइन’ भरत खवास, विश्वास श्रेष्ठ, नवगुग श्रेष्ठ, रन्जन विष्ट र सुमन लामाले सम्हाल्ने छन् ।

Sunday, March 20, 2016

भारतसँग हारेपछि पाकिस्तानमा रुवाबासी, रुँदै हिरोइनले दिइन कडा चेतावनी

मुम्बई । टी–२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति सम्पन्न भारत र पाकिस्तानबीचको खेलमा भारतले जितेपछि पाकिस्तानमा रुवाबासी सुरु भएको छ ।
स्थानीय फ्यानदेखि चर्चित हिरोइनसम्म रोएको समाचार बाहिर आएको छ । पाकिस्तानले भारतलाई हराएमा कपडा खोलेर नाच्ने घोषणा गरेकी पाकिस्तानी मोडल कन्दिल बलोच पाकिस्तानको हारपछि धरधरी रोएको भिडियो पनि सार्वजनिक भएको छ ।

समाचार अनुसार आफ्नो भिडियो सन्देशमा कन्दिलले आफूले कपडा खोलेर गर्ने नृत्य समर्पण गर्ने भनिएका पाकिस्तानी कप्तान शाहिद अफ्रिदीलाई सन्यास लिन र पाकिस्तानी टिमका कोच बकर युनिसलाई आत्महत्या गर्न सल्लाह दिएकी छिन् ।
आफ्नो फेसबुकमा सार्वजनिक गरेको भिडियोमा कन्दिल रोइरहेको देखिन्छ । भिडियोमा उनले पाकिस्तानी टिमलाई भारतबाट पाकिस्तान नफर्किन भनेकी छिन् । पाकिस्तान फर्किएमा पाकिस्तानीहरुले नछोड्ने चेतावनी पनि अफ्रिदीलाई दिएकी छिन् ।
यसअघि उनले पाकिस्तानले भारतलाई हराए कपडा खोलेर नाच्ने घोषणा गरेकी थिइन् भने एउटा बाँदरले उर्दु भाषाको टिम जियो न्युजमा पाकिस्तानले जित्ने भविष्यवाणी गरेको थियो ।
dainiknepal

अन्ततः नामिविया र नेपालबीचको खेल कीर्तिपुरमै हुने


चैत ७ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको नामिविया र नेपालबीचको खेल हुने स्थानबारे छाएको अन्योल अन्ततः अन्त्य भएको छ ।

 तेस्रो चरण अन्तर्गत हुने नामिवियाबिरुद्धको खेल अब नेपालले आफ्नै ‘होम ग्राउण्ड’ अर्थात् किर्तिपुर मैदानमा खेल्न पाउने भएको छ ।

आइसीसीले हालैमात्र किर्तिपुरमा खेल आयोजना गर्नको लागि राखेको दुई सर्त नेपालले पुरा गरेपछि खेल नेपाल मै हुने निश्चित भएको हो । 

आइसीसीले एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलालाई किर्तिपुरको भौतिक पूर्वाधारबारे अवलोकन गर्न नेपाल पठाएको थियो । उनले आज मैदानको अवलोकन गरेपछि खेल नेपालमै हुने जानकारी दिएका हुन् ।

 खेल आगामी बैशाख ४ र ६ गते हुनेछ । यसअघि यो खेल नेपाली क्रिकेटको आन्तरिक विवादका कारण भारतमा हुने चर्चा चलेको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले यसअघि स्कटल्याण्ड र पपुवा न्यूगिनीबिरुद्ध खेलीसकेको
छ । नेपाल दुवै खेलमा पराजित भएको थियो ।

Saturday, March 19, 2016

मेलम्चीको काम रोकियो !


चैत ७  । मेलम्ची खानेपानीको सुरुङ निर्माणमा काम गरिरहेका कामदारलाई निकाल्न खोजिएपछि काम रोकिएको छ । 

सुन्दरीजलमा काम गरेका टेकबहादुर खड्कालाई आज बिहान कामबाट निकाल्न खोजेपछि त्यहाँ काम गरेका करिब ५० कामदार आन्दोलनमा उत्रेका हुन् । कम्पनीले चोटपटक लाग्दा थोरै बिदा दिने, कामदारको उपचारमा कम्पनीले बेवास्ता गर्ने, धेरै समय काममा लगाउने गरेको गुनासो समेत पोखे । सुरुङ निर्माणको काम सिएमसी कम्पनीले लिएको छ । 

स्थानीय कामदार लक्ष्मण श्रेष्ठले कम्पनीले आफ्ना मान्छेलाई काममा लगाउनका लागि आफूहरुलाई निकाल्न लागेको आरोप लगाउनुभयो । 

कम्पनीका प्रबन्धक सूर्य शाहले कामदारलाई तलब बढाइदिएकाले तिनले काममा अवरोध गर्न नहुने बताउँदै कम्पनीको आन्तरिक विषय वार्ता र छलफलबाट टुङ्ग्याइने छ भन्नुभयो । रासस 

रौतहटलाई फुटबल प्रतियोगिताको उपाधि !


६ चैत । नवलपरासीमा सञ्चालित एएफसी यु–१४ छात्रा (१४ वर्षमुनिका महिला)को राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि रौतहटले जितेको छ । 

आज भएको फाइनलमा रौतहटले बाँकेलाई ६–० गोलले पराजित गर्र्दै उपाधि जितेको हो । 

रौतहटको जितमा २० औँ मिनेटमा रश्मी कुमारी, मेनुका आले मगरको २८ औँ र ६५ औँ, सुमित्रा सिंह पाखीले ५३ औँ, सीता कुशवारले ६५ औँ र ७७ औँ मिनेटमा दुई गोल गर्दै जित सुनिश्चित गर्नुभयो । बाँकेका तर्फबाट कुनै गोल हुन सकेन । 

विजेता बन्दै रौटहटले रु ५० हजार हात पारेको छ भने उपविजेता बाँकले रु २५ हजार प्राप्त गरेको छ । गत फागुन २७ गतेदेखि जारी प्रतियोगितामा मुलुकभरका १२ टोलीको सहभागिता थियो । रासस 

राष्ट्रलाई एकतावद्ध बनाउने खेलकुद क्षेत्रमा लाग्न प्रचण्डको निर्देशन


६ चैत । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले खेलकुद क्षेत्रले राष्ट्रलाई एकतावद्ध बनाएर लैजाने भएकाले त्यसमा प्रतिवद्ध भएर लाग्न आग्रह गर्नुभएको छ ।

अखिल नेपाल खेलकुद महासङ्घका पदाधिकारीसँग आज आफ्नै निवास लाजिम्पाटमा भएको भेटवार्तामा उहाँले राष्ट्रलाई एकतावद्ध बनाउने उपाय भनेकै खेलकुद भएकाले त्यसलाई समृद्ध, परिस्कृत र व्यावसायिक बनाउन आग्रह गर्नुभयो ।

अध्यक्ष प्रचण्डले महासङ्घ पदाधिकारीलाई खेलकूद क्षेत्रमा भएका समस्याको डटेर सामना गर्दै यसको विकासमा दृढतापूर्वक लाग्न निर्देशन दिनुभएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनु भयो ।

Friday, March 18, 2016

म्यानचेष्टर युनाइटेड र लिभरपुलका समर्थकबीच मुक्का हानाहान

५ चैत, काठमाडौं । समर्थकहरुको अराजक गतिविधिका कारण म्यानचेष्टर युनाइटेड र लिभरपुललाई यूईएफले कारबाही गर्ने सम्भावना देखिएको छ ।

युरोपा लिगको अन्तिम १६ को दोस्रो लेग युनाइटेडको घरेलु मैदान वल्ड ट्रार्फडमा भएको थियो । जुन खेल १-१ को बराबरीमा सकिएको छ र लिभरपुल समग्रमा ३-१ ले विजयी हुँदै अन्तिम ८ मा पुगेको छ ।
खेलका क्रममा समर्थकहरुले फ्लेयर्स जलाउनका साथै झगडा गरेका छन् । युनाइटेड र लिभरपुलका समर्थकले मुक्काहानाहान समेत गरेका छन् । उनीहरुलाई प्रहरीले नै छुट्याउनु परेको थियो ।
ग्रेड युनाइटेड प्रहरीले झगडा गर्ने तीन फुटबल समर्थकलाई पक्राउ गरिएको बताएको छ ।

Thursday, March 17, 2016

को हुन् भारतले हारे नाङ्गिने घोषणा गरेकी पाकिस्तानी मोडल (तस्विर सहित)

५ चैत, एजेन्सी ।
टी-२० विश्वकप मंगलबार देखि भारतमा शुरु भएको छ । भारत र पाकिस्तान सहित यो प्रतियोगितामा १० देशको सहभागिता छ ।
विश्वकप क्रिकेटमा सबैभन्दा चीर परिचित प्रतिद्वन्दी भारत र पाकिस्तानबीचको खेल सबैले प्रतिक्षा गरिरहेका छन् ।
यसैबीच पाकिस्तानकी चर्चित अभिनेत्री कन्दिल बलोचले भारतलाई पाकिस्तानलाई हराएमा आफू नग्न नृत्य गर्न तयार रहेको घोषणा गरेकी छिन् ।
pakistani model baloch 1
pakistani model baloch 3उनले आफ्नो भिडियोमा भारतलाई हराउन खेलाडीहरुलाई अपिल पनि गरेकी छिन् ।
pakistani model baloch 4
कन्दिल बलोचले १९ मार्चमा भारत र पाकिस्तानबीच हुने प्रतियोगितामा पाकिस्तानले भारतलाई हराएमा आफू कपडा खोलेर सबैको अगाडी नाच्न तयार रहेको उनको भनाइ छ ।

pakistani model baloch 5
उनले पाकिस्तानी कप्तान शाहिद अफ्रिदीलाई नग्न नृत्य समर्पित गर्न चाहेको बताएकी छिन् ।
उनले भिडियोमा भनेकी छिन्, “मेरो प्यारो शाहिद अफ्रिदी, केवल एक पटक भारतलाई हराइदेउ प्लिज, तिमी जे भन्छौ म त्यही गर्न तयार छु, जे गर्न पनि तयार छु तर यस पटक भारतलाई हराउनु नै छ” ।
pakistani model baloch 2
कन्दिलले आफ्नो भिडियोमा १८ मार्च भनेको भएपनि पाकिस्तान र भारतबीचको खेल १९ मार्चमा हुँदैछ । उनले अहिले नै फेसबुकमा सेमि न्यूड भिडियो समेत पोष्ट गरेकी छिन् ।
कान्दिलको सन्देशले यतिबेला भारत र पाकिस्तानका मिडिया रंगिएका छन् । यही सन्देशले उनलाई एका एक हिट मोडल समेत बनाएको छ ।
nepaliheadlinesदैनिकमा समाचार छ।

टी-२० विश्वकप लगत्तै सन्यास लिन तयार विश्व चर्चित ८ क्रिकेटर (फिचर)

 चैत, एजेन्सी ।

सन् २०१६ को टी-२० विश्वकप भारतमा चलिरहेको । भारत र पाकिस्तान सहित यो प्रतियोगितामा १० देशको सहभागिता छ । विश्व चर्चित कतिपय क्रिकेटरहरु यही विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने तयारीमा छन् ।


को हुन् त विश्वकप लगत्तै सन्यास लिन तयार भएका विश्व चर्चित खेलाडीः

१. महेन्द्र सिंह धोनी
भारतका सबैभन्दा सफल मानिएका राष्ट्रिय कप्तान महेन्द्र सिंह धोनीले भारतमा विश्वकप समाप्त हुनासाथ सन्यासको घोषणा गर्ने अनुमान ब्याप्त छ । यद्यपी उनले यसबारेमा केही भनेका छैनन् । धोनीले टेष्ट क्रिकेटबाट यस अघि नै सन्यास लिइसकेका छन् ।



२. शाहिद अफ्रिदी
पाकिस्तानी कप्तान शाहिद अफ्रिदी टी-२० विश्वकप पछि सन्यास लिने तयारीमा छन् । यस अघि नै सन्यास लिने बताइसकेका आफ्रिदीले परिवारको अनुरोधमा निर्णय बदल्न सक्ने अनुमान पनि गरिएको छ ।



३. लसित मालिङ्गा
श्रीलंकाली फाष्ट बलर लसित मालिङ्गाले पनि यो विश्वकप पछि सन्यास लिने प्रवल सम्भावना छ । उनले गत एसिया कपमा नै सन्यास लिने संकेत दिएका थिए । यद्यपी यसको आधिकारिक जानकारी उनले गराएका छैनन् ।



४.तिलकरत्ने दिलशान



श्रीलंकाकै पूर्व कप्तान तिलकरत्ने दिलशानले पनि विश्वकपपछि सन्यास लिने अनुमान गरिएको छ। ३९ वर्षीय दिलशानले सन्यास घोषणा गर्ने करिव करिव निश्चित छ ।


५. रंगना हेराथ
श्रीलंकाली खेलाडी रंगना हेराथ पनि यो विश्वकपपछि सन्यास लिने सूचीमा छन् । उनले यस अघि नै छिट्टै सन्यास लिने बताइसकेका छन् ।



६. नाथन म्याकुलम
ब्राण्डेन म्याकुलम पछि अव न्यूजिल्याण्ड क्रिकेटमा नाथन म्याकुलमको नाम सन्यास लिने सूचीमा अग्र स्थानमा छ । यो विश्वकप पछि उनले सन्यास लिने बताइसकेका छन् । अव परिवारलाई समय दिने उनको भनाइ छ ।



७. माश्राफे मोर्ताजा
बंगलादेशी कप्तान माश्राफे मोर्ताजा पनि उनले सन् २०१६ मै आफ्नो अन्तराष्ट्रिय क्रिकेट करिअर समापन गर्ने घोषणा गरिसकेका छन् । भारतमा जारी विश्वकप उनको अन्तिम प्रतियोगिता हुन सक्छ ।


८. शेन वाट्सन
अष्ट्रेलियन अलराउण्डर शेन वाट्सन पनि विश्वकप लगत्तै सन्यास लिने सम्भावना भएका खेलाडी हुन् । उनले टेष्ट क्रिकेटबाट यस अघि नै सन्यास लिइसकेका छन् ।

nepaliheadlinesदैनिकमा समाचार छ।

बियरको गिलासमा पिसाव गर्ने खेलाडीले मागे माफि



४ चैत । बेलायतको चेल्टनहम महोत्सवको क्रममा च्याम्पियनसिप क्लब एमके डनसका मिडफिल्डर समिर कराथर्स र नर्थह्याम्प्टन टाउनका स्ट्राइकर जेम्स कोलिन्सले बियरको गिलासमा पिसाव गरेको तस्बिर सार्वजनिक भएपछि उनीहरुको तीब्र आलोचना भएको छ ।

कोलिन्स श्रेव्स्बरीबाट गेम खेल्नका लागि लोनमा नर्थह्यामप्टन गएका हुन् । कौसीमासँगै रहेका उनीहरुले गिलासमा पिसाव गरेर त्यसलाई तल फ्याकेका थिए ।

सोहि  तस्बिर सार्वजनिक भएपछि उनीहरुको सबैले आलोचना गरपछी  दुवै खेलाडीले आफूहरुले निकै नराम्रो काम गरेको भन्दै माफि मागेका छन् ।

कोलिन्सले भने ‘मेरो यो कामले आधुनिक फुटबलको निकै नराम्रो पक्षलाई देखाएको छ त्यसकारण म यसमा लज्जित छु । मेरो कार्यले सबैलाई दुःखी बनाएको छ, म समाजको रोल मोडल हुनु पर्नेमा यस्तो भएको छु । म सबैसँग माफि माग्न चाहन्छु ।’

यस्तै एमके डनसका मिडफिल्डर समिर कराथर्सले पनि आफ्नो गतिविधि प्रति माफी मागेका छन् । दुवै क्लबले उनीहरुलाई कारबाही गर्दै दुई हप्ताको पारिश्रमिक नदिने भएका छन् । एमके डनसले कराथर्समाथि एक खेलको प्रतिबन्ध पनि लगाएको छ ।