top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

बियरको गिलासमा पिसाव गर्ने खेलाडीले मागे माफि



४ चैत । बेलायतको चेल्टनहम महोत्सवको क्रममा च्याम्पियनसिप क्लब एमके डनसका मिडफिल्डर समिर कराथर्स र नर्थह्याम्प्टन टाउनका स्ट्राइकर जेम्स कोलिन्सले बियरको गिलासमा पिसाव गरेको तस्बिर सार्वजनिक भएपछि उनीहरुको तीब्र आलोचना भएको छ ।

कोलिन्स श्रेव्स्बरीबाट गेम खेल्नका लागि लोनमा नर्थह्यामप्टन गएका हुन् । कौसीमासँगै रहेका उनीहरुले गिलासमा पिसाव गरेर त्यसलाई तल फ्याकेका थिए ।

सोहि  तस्बिर सार्वजनिक भएपछि उनीहरुको सबैले आलोचना गरपछी  दुवै खेलाडीले आफूहरुले निकै नराम्रो काम गरेको भन्दै माफि मागेका छन् ।

कोलिन्सले भने ‘मेरो यो कामले आधुनिक फुटबलको निकै नराम्रो पक्षलाई देखाएको छ त्यसकारण म यसमा लज्जित छु । मेरो कार्यले सबैलाई दुःखी बनाएको छ, म समाजको रोल मोडल हुनु पर्नेमा यस्तो भएको छु । म सबैसँग माफि माग्न चाहन्छु ।’

यस्तै एमके डनसका मिडफिल्डर समिर कराथर्सले पनि आफ्नो गतिविधि प्रति माफी मागेका छन् । दुवै क्लबले उनीहरुलाई कारबाही गर्दै दुई हप्ताको पारिश्रमिक नदिने भएका छन् । एमके डनसले कराथर्समाथि एक खेलको प्रतिबन्ध पनि लगाएको छ ।

No comments:

Post a Comment