चैत्र ४ | बैंकक, विमानमा बम राखेको हल्लापछि एयर इन्डियाको विमान बुधबार राति थाइल्याण्डको विमानस्थलमा आकस्मिक अवतरण गराइएको खबर छ ।
सो विमानमा बम रहेको भनी अज्ञात व्यक्तिले सूचना दिएपछि उक्त विमानलाई थाइल्याण्डको सुवर्णभूमि विमानस्थलमा आकस्मिक अवतरण गराइएको थियो ।
उक्त विमानस्थलको एक छेउमा विमान राखेर बडो होसियारीसाथ यात्रुहरुलाई बाहिर निकालिएको थियो । तर सो विमानमा बम भने नरहेको पाइएको छ ।
सो विमान २३१ जना यात्रु लिएर नयाँ दिल्लीबाट उडेको थियो । थाई अधिकारीहरुले यसरी अवतरण गराइएको विमानमा त्यस्तो कुनै पनि सङ्कास्पद वस्तु नपाइएको जनाएका छन् ।
उनीहरुका अनुसार यात्रुलाई उद्वारका क्रममा केही घाइते पनि भएका छन् । तर उनीहरुको सामान्य उपचारपछि अर्काे उडानका लागि तयार भएका थिए ।
तर एकजनालाई भने मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको पनि उनीहरुको भनाई छ । रासस÷एएफपी
No comments:
Post a Comment