top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

अन्ततः नामिविया र नेपालबीचको खेल कीर्तिपुरमै हुने


चैत ७ । विश्व क्रिकेट लिग च्याम्पियनसीप अन्तर्गतको नामिविया र नेपालबीचको खेल हुने स्थानबारे छाएको अन्योल अन्ततः अन्त्य भएको छ ।

 तेस्रो चरण अन्तर्गत हुने नामिवियाबिरुद्धको खेल अब नेपालले आफ्नै ‘होम ग्राउण्ड’ अर्थात् किर्तिपुर मैदानमा खेल्न पाउने भएको छ ।

आइसीसीले हालैमात्र किर्तिपुरमा खेल आयोजना गर्नको लागि राखेको दुई सर्त नेपालले पुरा गरेपछि खेल नेपाल मै हुने निश्चित भएको हो । 

आइसीसीले एसिया डेभलेपमेन्ट म्यानेजर बन्दुलालाई किर्तिपुरको भौतिक पूर्वाधारबारे अवलोकन गर्न नेपाल पठाएको थियो । उनले आज मैदानको अवलोकन गरेपछि खेल नेपालमै हुने जानकारी दिएका हुन् ।

 खेल आगामी बैशाख ४ र ६ गते हुनेछ । यसअघि यो खेल नेपाली क्रिकेटको आन्तरिक विवादका कारण भारतमा हुने चर्चा चलेको थियो । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपालले यसअघि स्कटल्याण्ड र पपुवा न्यूगिनीबिरुद्ध खेलीसकेको
छ । नेपाल दुवै खेलमा पराजित भएको थियो ।

No comments:

Post a Comment