top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

रत्नपार्कमा इन्टरनेट सुविधासगै अबलोकन गर्न आउनेको संख्या बढ्यो !


चैत ७  । रत्नपार्कमा इन्टरनेट सुविधा सुरु भएसँगै शनिबार मात्र रत्नपार्कमा अवलोकन गर्न आउनेको सङ्ख्या २०० ले वृद्धि भएको छ । 

काठमाडौँ महानगरपालिका, रत्नपार्क तथा रानीपोखरी एकाइका प्रमुख हरिशरण केसीका अनुसार अन्य शनिबारको दिन एक हजारसम्म अवलोकनकर्ता आउने गरेकामा यही चैत ६ गते शनिबारदेखि इन्टरनेट सुविधा थपिएपछि अन्य दिनको तुलनामा वृद्धि भएको हो ।

अवलोकनकर्ताको सङ्ख्या वृद्धि भएसँगै आम्दानीमा पनि वृद्धि भएको छ । 

सर्वसाधारणको सुविधालाई ध्यानमा राख्दै गत शुक्रबार साँझदेखि वाइफाइ सेवा विस्तार गरिए पनि सर्वसाधारणले शनिबारदेखि मात्र प्रयोग गर्न पाएका थिए ।

“रत्नपार्कलाई थप व्यवस्थित गरिएसँगै अवलोकनकर्ता लामो समयसम्म पनि पार्कमा आएर बिताउने हुँदा इन्टरनेटको व्यवस्था गरिएको हो” प्रमुख केसीले भन्नुभयो ।

एक वर्षसम्म बन्द रहेर गत असार १५ देखि पुनःनिर्माणपछि सञ्चालनमा आएको उद्यानमा दैनिक करिब एक हजारसम्म सर्वसाधारण आउने गर्छन् । इन्टरनेटको सुविधासँगै उद्यान अवलोकनकर्ताको थप आकर्षणको केन्द्र बन्ने एकाइले अपेक्षा गरेको छ । उद्यानको पुनःनिर्माणपछि सर्वसाधारणका लागि रु २५ र विद्यार्थीका लागि रु १५ शुल्क लिएर प्रवेश दिने गरिएको छ । रासस 

No comments:

Post a Comment