top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

मेडिकल कलेजका मजदुर र प्रहरीबीच झडप,१५ घाईते


७ चैत । चितवनको भरतपुर मेडिकल कलेजमा आन्दोलनरत मजदुर र प्रहरीबीच झडप हुदाँ १५ जना मजदुर घाईते भएका छन्। घाइतेमध्ये बिन्दु मगरसहित ३ जनाको अवस्था गम्भिर रहेको मजदुर पक्षको भनाई छ  ।

घाईते सबैको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ । चितवन मेडिकल कलेजमा कार्यरत १ सय १२ जना मजदुरहरुले स्थाई नियुक्तिको माग गर्दै विगत २५ दिनदेखि लगातार आन्दोलन गर्दै आएका थिए ।

माग पुरा नभएपछि आन्दोलनरत मजदुरले आज विहान टिकट काउन्टर नै बन्द गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको बताइएको छ ।

झडपका क्रममा ९० जना मजदुरहरुलाई पक्राउ गरिएको आन्दोलनरत पक्षले बताए पनि जिल्ला प्रहरी कार्यालय चितवनका एसपी वसन्त कुवरले भने २२ महिला र ३ पुरुष गरी २५ जनालाई मात्र नियन्त्रणमा लिएको बताएका छन ।


“यो झडप हैन, आन्दोलनकारीहरुले मेडिकल कलेजको आकस्मिक सेवा बन्द गर्न खोज्दा महिला प्रहरीहरुले सामान्य हस्तक्षेप मात्रै गरेको हो । उनले भने, घाइते र झडपको खबर प्रपोकाण्ड मात्रै हो ।”

आन्दोलनरत पक्षले चितवन मेडिकल कलेजमा बर्षौ देखि काम गरिरहेका मजदुरहरु पनी स्थाई हुन नसकेको भन्दै दुई सय ४० दिन पुगेका सबैलाई स्थाई गर्नुपर्ने माग राख्दै आन्दोलन गरिरहेका छन् ।

No comments:

Post a Comment