काठमाडौँ ७ चैत - नेरूडे लघुवित्त विकास बैंक लिमिटेडले अधिकृत सहित केहि कर्मचारीको माग गरेको छ। लघुवित्तले एक कम्पुटर अधिकृत र केहि सहायक उत्प्रेरक पदको लागि आवेदन माग गरेको हो।
कम्पुटर अधिकृतका लागि आवेदन दिन इच्छुक व्यक्ति कम्प्युटर विषयमा स्नातक उत्तीर्ण र उमेर २१ बर्ष पुरा भइ ३५ बर्ष ननाघेको हुनु पर्ने लघुवित्तले जनाएको छ।
त्यस्तै सहायक उत्प्रेरकमा आवेदन दिन चाहनेले कम्तीमा प्रविणता प्रमाणपत्र पास गरी ३ महिनाको कम्प्युटर शिक्षा लिएको हुनुपर्ने छ भने उमेर १८ बर्ष पुरा भई ३५ ननाघेको हुनुपर्ने छ। तर कम्पुटर अधिकृतका लागि आवेदन दिन इच्छुक महिलाको लागि भने उमेर हद ४० बर्ष तिकिएको छ ।
ग्रामिण भेगका तथा विपन्न परिवारको जीवनस्तर उकास्ने उदेश्यले स्थापना भएको लघुवित्त बैंकले आवेदन दिने अन्तिम मिति चैत २७ गते तोकेको छ।
ग्रामिण भेगका तथा विपन्न परिवारको जीवनस्तर उकास्ने उदेश्यले स्थापना भएको लघुवित्त बैंकले आवेदन दिने अन्तिम मिति चैत २७ गते तोकेको छ।
No comments:
Post a Comment