काठमाडौं, ७ चैत । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जानै लाग्दा भारतका एक जना उच्च अधिकारीले चीनबाट केही उपलब्धि नहुने ठोकुवा गरेका छन् ।भारतीय सेनाका पूर्व जनरल अशोक मेहताले यो भ्रमणले कुनै पहाड नखसाल्ने टिप्पणी गरेका हुन् ।
यस्तो छ उनको रुखो टिप्पणीः
‘नेपालका प्रायः प्रधानमन्त्री सुरुमा भारत भ्रमणमा आउँछन्, त्यसलगत्तै चीनमा जान्छन् । यो अघोषित परम्परा नै हो । छिमेकीको हिसाबले चीन भ्रमणमा प्रधानमन्त्री केपी ओलीजी जानु अन्यथा होइन ।
भारतपछि उनी चीन जाने विषय हाम्रो लागि पनि कुनै नयाँ होइन । त्यसकारण प्रधानमन्त्रीको चीन भ्रमणको औचित्य बारे हामीले टिप्पणी गर्नु उपयुक्त पनि हुँदैन ।
बुझ्नुपर्ने विषय के हो भने मधेसी दलहरुको नाकाबन्दीको बीचमा नेपाललाई संकट पर्दा चीनले सामान्य परिमाणमा तेलबाहेक सहयोग गरेन ।
अप्ठ्यारोपमा त सहयोग नगरेको चीनले अब नेपाललाई के सहयोग गर्ला ? नेपाललाई सहयोग गर्ने सन्दर्भमा आफ्नो सीमितताबारे चीनलाई राम्रो ज्ञान छ । उसले नेपाललाई दिने सहयोग चल्दै गर्छ ।
जलविद्युत, पर्यटनमा गर्ने सहयोग छँदै छ । तर, चीनले चामत्कारिक रुपमा नेपाललाई केही गरिदिएला भन्ने मलाई लाग्दैन ।’ नयाँ पत्रिका दैनिकमा खबर छ ।
No comments:
Post a Comment