चैत ७ । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यमा गिरावट आएको छ ।
गत साताको अन्तिम दिन शुक्रबार प्रति तोला ५५ हजार ८ सयमा कारोबार भएको छापावालसुन आज साताको पहिलो दिन आइतबारे तोलामा ३ सयले घटेर प्रति तोला ५५ हजार ५ सयमा कारोबार भएको छ ।
तेजाबी सुनप्रति तोला ५५ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ। आज चाँदी प्रति तोला ७ सय ३५ रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुन चांदी व्यवसायी संघले आज आइतबारको कारोबारमा प्रति १० ग्राम सुनको मूल्य ४७ हजार ५ सय ८५ रुपैया कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ४७ हजार ३ सय ७० रुपैयाँ कायम गरेको छ। त्यस्तै चांदी प्रति १० ग्रामको ६ सय ३० रुपैयाँ कायम गरेको छ।
No comments:
Post a Comment