top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

एयरपोर्टबाट उडेको एक मिनेटमै विमान खस्यो, ८ जनाको मृत्यु


काठमाडौं, ७ चैत । संसारभर विमान दुर्घटनाका खबर आइरहेका बेला ब्राजिलको साओपाउलो शहरमा आज एक जहाज उड्ने बित्तिकै दुर्घटनामा परेको छ ।

उक्त दुर्घटनामा परी विमानमा सवार सबै ७ जनाको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।

सात सिटे यो जहाज साओपाउलोको क्याम्पो डी मारटे एयरपोर्टबाट उड्नेवित्तिकै अग्लो भवनमा ठोक्किएर खसेको थियो । यसक्रममा जमिनमा सवार एक व्यक्ति पनि घाइते भएका छन् ।

यो दुर्घटनामा परी चर्चित माइन कम्पनी भेलका पूर्व सीईओ रोजर एग्नेली र उनका परिवारका सदस्यहरुले पनि ज्यान गुमाएका छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जहाज दुर्घटनाको कारण खुल्न सकेको छैन ।

स्थानीय समयअनुसार ३ बजेर २० मिनेटमा भएको यो दुर्घटनाग्रस्त विमानमा दुई पाइलटका साथै अन्य ६ यात्रु सवार रहेको स्थानीय अग्नि नियन्त्रण विभागका प्रवक्ताले बताएका छन् ।

dainiknepal

No comments:

Post a Comment