Nepali News online: Kantipath Nepal's Leading Nepali News Paper Online brings you News in Nepali on National, International, Business, Sports, entertainment etc
top_rightads
Follow me on Twitter
Saturday, March 19, 2016
राष्ट्रलाई एकतावद्ध बनाउने खेलकुद क्षेत्रमा लाग्न प्रचण्डको निर्देशन
६ चैत । एकीकृत नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले खेलकुद क्षेत्रले राष्ट्रलाई एकतावद्ध बनाएर लैजाने भएकाले त्यसमा प्रतिवद्ध भएर लाग्न आग्रह गर्नुभएको छ ।
अखिल नेपाल खेलकुद महासङ्घका पदाधिकारीसँग आज आफ्नै निवास लाजिम्पाटमा भएको भेटवार्तामा उहाँले राष्ट्रलाई एकतावद्ध बनाउने उपाय भनेकै खेलकुद भएकाले त्यसलाई समृद्ध, परिस्कृत र व्यावसायिक बनाउन आग्रह गर्नुभयो ।
अध्यक्ष प्रचण्डले महासङ्घ पदाधिकारीलाई खेलकूद क्षेत्रमा भएका समस्याको डटेर सामना गर्दै यसको विकासमा दृढतापूर्वक लाग्न निर्देशन दिनुभएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले बताउनु भयो ।
उहाँले एमाओवादी पार्टीलाई दुई वर्षभित्र मुलुकको एक नम्बरको पार्टी बनाउन र समाजवादी क्रान्तिका लागि देशव्यापिरुपमा सक्रियतापूर्वक अगाडि बढ्न निर्देशन दिनुभयो ।
भेटघाट कार्यक्रममा महासङ्घका अध्यक्ष युवराज लामाले खेलकूद क्षेत्रमा देखिएका समस्या र समाधानका उपायबारे जानकारी गराउनुभएको थियो । रासस
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment