top_rightads

Follow me on Twitter

Tuesday, March 22, 2016

प्याराग्लाइङिङ प्रतियोगिता हुने !


चैत १० । पूर्वको पर्यटकीय सहरका रुपमा परिचित धरान उपमहानगरपालिकामा एकसयको हाराहारीमा प्याराग्लाइडिङका सौखिन उड्ने भएका छन् । 

नेपालकै पर्यटकीय क्षेत्रमध्येको पोखरापछि प्याराग्लाइडिङका लागि राम्रो मानिएको धरानको आकाशमा यही चैत १२ देखि १४ गतेसम्म साहसिक प्याराग्लाइडिङ खेल प्रतियोगिताको आयोजना गर्न लागिएको छ  । 

पूर्वी नेपालको पर्यटनको प्रवद्र्धन र विकास गर्ने उद्देश्यले पूर्वमा नै पहिलोपटक चौथो माउन्टेन स्पोर्टस फेस्टिवलअन्तर्गत राष्ट्रियस्तरको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपमा यति धेरै सङ्ख्यामा खेलाडीको  सहभागिता गराउन लागिएको हो । 


राष्ट्रिय खेलकुद परिषद् र नेपाल प्याराग्लाइडिङ एन्ड ह्याङग्लाइडिङ एसोसिएसनको आयोजना तथा एक्सट्रिम धरानको संयोजनमा धरानमा चौथो माउन्टेन स्पोर्टस फेस्टिभलअन्तर्गत राष्ट्रियस्तरको प्याराग्लाइडिङ एकुरेसी च्याम्पियनसिपको अन्तिम तयारी पूरा भएको पत्रकारसम्मेलनमा बताइएको छ । 

विसं २०६७ मा पहिलोपटक परीक्षण उडान सफल भएसँगै धरानमा पछिल्लो समयमा प्याराग्लाइडिङको व्यावसायिक उडानसमेत सुरु भएको छ । स्काई एडभेन्चर प्रालिले गत असोजदेखि धरानमा व्यावसायिक रुपमा प्याराग्लाइडिङ उडान सुरु गरेसँगै धरानमा साहसिक खेल पर्यटकको आगमन सुुरु भएको एक्सट्रिम 

धरानका अध्यक्ष तथा कार्यक्रमका संयोजक लेखमणि जिमीले बताउनु भयो । 
प्याराग्लाइडिङको उत्सव मानिने यो कार्यक्रमले पोखरामा मात्रै केन्द्रित प्याराग्लाइडिङलाई अब पूर्वमा विस्तार गर्न सहयोग पुग्ने बताइएको छ । 

प्रतियोगितामा पहिलो हुनेले नगद २५ हजार, ट्रफी र मेडल तथा दोस्रो हुनेले नगद १५ हजार, ट्रफी र मेडल तथा तेस्रो हुनेले नगद १० हजार, ट्रफी र मेडल प्राप्त गर्ने आयोजकले जानकारी दिएका छन् । रासस 

No comments:

Post a Comment