top_rightads

Follow me on Twitter

Thursday, March 17, 2016

टी-२० विश्वकप लगत्तै सन्यास लिन तयार विश्व चर्चित ८ क्रिकेटर (फिचर)

 चैत, एजेन्सी ।

सन् २०१६ को टी-२० विश्वकप भारतमा चलिरहेको । भारत र पाकिस्तान सहित यो प्रतियोगितामा १० देशको सहभागिता छ । विश्व चर्चित कतिपय क्रिकेटरहरु यही विश्वकपपछि अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिने तयारीमा छन् ।


को हुन् त विश्वकप लगत्तै सन्यास लिन तयार भएका विश्व चर्चित खेलाडीः

१. महेन्द्र सिंह धोनी
भारतका सबैभन्दा सफल मानिएका राष्ट्रिय कप्तान महेन्द्र सिंह धोनीले भारतमा विश्वकप समाप्त हुनासाथ सन्यासको घोषणा गर्ने अनुमान ब्याप्त छ । यद्यपी उनले यसबारेमा केही भनेका छैनन् । धोनीले टेष्ट क्रिकेटबाट यस अघि नै सन्यास लिइसकेका छन् ।



२. शाहिद अफ्रिदी
पाकिस्तानी कप्तान शाहिद अफ्रिदी टी-२० विश्वकप पछि सन्यास लिने तयारीमा छन् । यस अघि नै सन्यास लिने बताइसकेका आफ्रिदीले परिवारको अनुरोधमा निर्णय बदल्न सक्ने अनुमान पनि गरिएको छ ।



३. लसित मालिङ्गा
श्रीलंकाली फाष्ट बलर लसित मालिङ्गाले पनि यो विश्वकप पछि सन्यास लिने प्रवल सम्भावना छ । उनले गत एसिया कपमा नै सन्यास लिने संकेत दिएका थिए । यद्यपी यसको आधिकारिक जानकारी उनले गराएका छैनन् ।



४.तिलकरत्ने दिलशान



श्रीलंकाकै पूर्व कप्तान तिलकरत्ने दिलशानले पनि विश्वकपपछि सन्यास लिने अनुमान गरिएको छ। ३९ वर्षीय दिलशानले सन्यास घोषणा गर्ने करिव करिव निश्चित छ ।


५. रंगना हेराथ
श्रीलंकाली खेलाडी रंगना हेराथ पनि यो विश्वकपपछि सन्यास लिने सूचीमा छन् । उनले यस अघि नै छिट्टै सन्यास लिने बताइसकेका छन् ।



६. नाथन म्याकुलम
ब्राण्डेन म्याकुलम पछि अव न्यूजिल्याण्ड क्रिकेटमा नाथन म्याकुलमको नाम सन्यास लिने सूचीमा अग्र स्थानमा छ । यो विश्वकप पछि उनले सन्यास लिने बताइसकेका छन् । अव परिवारलाई समय दिने उनको भनाइ छ ।



७. माश्राफे मोर्ताजा
बंगलादेशी कप्तान माश्राफे मोर्ताजा पनि उनले सन् २०१६ मै आफ्नो अन्तराष्ट्रिय क्रिकेट करिअर समापन गर्ने घोषणा गरिसकेका छन् । भारतमा जारी विश्वकप उनको अन्तिम प्रतियोगिता हुन सक्छ ।


८. शेन वाट्सन
अष्ट्रेलियन अलराउण्डर शेन वाट्सन पनि विश्वकप लगत्तै सन्यास लिने सम्भावना भएका खेलाडी हुन् । उनले टेष्ट क्रिकेटबाट यस अघि नै सन्यास लिइसकेका छन् ।

nepaliheadlinesदैनिकमा समाचार छ।

No comments:

Post a Comment