top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

भारतसँग हारेपछि पाकिस्तानमा रुवाबासी, रुँदै हिरोइनले दिइन कडा चेतावनी

मुम्बई । टी–२० विश्वकप क्रिकेट अन्तर्गत शनिबार राति सम्पन्न भारत र पाकिस्तानबीचको खेलमा भारतले जितेपछि पाकिस्तानमा रुवाबासी सुरु भएको छ ।
स्थानीय फ्यानदेखि चर्चित हिरोइनसम्म रोएको समाचार बाहिर आएको छ । पाकिस्तानले भारतलाई हराएमा कपडा खोलेर नाच्ने घोषणा गरेकी पाकिस्तानी मोडल कन्दिल बलोच पाकिस्तानको हारपछि धरधरी रोएको भिडियो पनि सार्वजनिक भएको छ ।

समाचार अनुसार आफ्नो भिडियो सन्देशमा कन्दिलले आफूले कपडा खोलेर गर्ने नृत्य समर्पण गर्ने भनिएका पाकिस्तानी कप्तान शाहिद अफ्रिदीलाई सन्यास लिन र पाकिस्तानी टिमका कोच बकर युनिसलाई आत्महत्या गर्न सल्लाह दिएकी छिन् ।
आफ्नो फेसबुकमा सार्वजनिक गरेको भिडियोमा कन्दिल रोइरहेको देखिन्छ । भिडियोमा उनले पाकिस्तानी टिमलाई भारतबाट पाकिस्तान नफर्किन भनेकी छिन् । पाकिस्तान फर्किएमा पाकिस्तानीहरुले नछोड्ने चेतावनी पनि अफ्रिदीलाई दिएकी छिन् ।
यसअघि उनले पाकिस्तानले भारतलाई हराए कपडा खोलेर नाच्ने घोषणा गरेकी थिइन् भने एउटा बाँदरले उर्दु भाषाको टिम जियो न्युजमा पाकिस्तानले जित्ने भविष्यवाणी गरेको थियो ।
dainiknepal

No comments:

Post a Comment