काठमाडौँ ७ चैत – प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा गएको केही समयपछि नयाँ शक्ति अभियान नेपालका संयोजक बाबुराम भट्टराईले सार्वजनिक रुपमा भ्रमणलाई लिएर आफ्नो अभिव्यक्ति सार्वजनिक गरेका छन् ।
भट्टराईले सामाजिक संजाल फेसबुकमार्फत आफ्नो अभिव्यक्ति दिदै ओलीको भ्रमण टोली जम्बो भएको र सार्वजनिक स्वामित्वको विमानमा यात्रा नगरेको भन्दै आलोचना गरेका छन् ।
भट्टराईले लेखेका छन् - ‘आज चैत्र ७ गतेबाट शुरू भएको प्रम ओलीको चीन भ्रमण शुभ रहोस्, सफल रहोस्! तर भूकम्प र नाकावन्दीले थिल्थिलो भएको देशको नाजुक अर्थतन्त्रको ढाड भाँचिने गरी सय जनाको जम्बो टोली लैजानु र सार्वजनिक स्वामित्वको नेपाल एअरलाइन्सका जेट विमान छँदाछदै संचालनमा आइनसकेको निजी क्षेत्रको विमान चार्टर गरेर जानु चाहिं अलि बढी ज्यादतिपूर्ण र अशोभनीय नै भयो !’
No comments:
Post a Comment