top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

राष्ट्रपतिका उम्मेद्वार डोनाल्ड ट्रमबिरुद्ध प्रदर्शन !


चैत्र ७  | अमेरिकाको राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारीको होडमा रहेका डोनाल्ड ट्रम्पविरुद्ध न्यूयोर्कमा विरोध प्रदर्शन भएको बताईएको छ । 

आफुलाई उम्मेदवार नबनाए दंगा फैलन सक्ने धम्कीपूर्ण अभिव्यक्ति दिएपछि ट्रम्पको व्यापक विरोध सुरु भएको हो  ।

ट्रम्पको अभिव्यक्तिका कारण ठाउँ ठाउँमा भीडन्तसमेत भइरहेका छन् । न्यूयोर्कस्थित कोलम्बस सर्किलमा रहेको ट्रम्प टावर अगाडि एक हजार भन्दा बढी प्रदर्शनकारीहरुले उनीविरुद्ध व्यापक नाराबाजी गरेका  छन् ।


डोनाल्ड ट्रम्पका गतिविधिका कारण अमेरिकी राष्ट्रपतीय निर्वाचन अफ्ठ्यारो स्थितीमा पुगेको आफ्नै पार्टीका नेताहरुले बताउदै आएका छन्  । 

उता एरिजोना राज्यको फोनिक्सनजिक ट्रम्पको ¥याली गर्ने कार्यक्रम तय भएकोमा केही प्रदर्शनकारीले ट्रम्पविरुद्ध प्रदर्शन गर्दै राजमार्ग नै अवरुद्ध गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । 

प्रदर्शनका क्रममा प्रहरीले दर्जनौंलाई पक्राउ गरेको बताएको छ । ट्रम्पका समर्थकहरुले विरोध प्रदर्शनमा उत्रेकाको प्रतिकार गरेको बताएका छन् । ¥यालीलाई सम्बोधन गर्दै ट्रम्पले आफ्नाविरुद्ध डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनले षड्यन्त्र रच्न थालेको बताएका छन् । यसअघि पनि शिकागोमा यस्तै विरोध भएपछि ट्रम्पले आफ्नो कार्यक्रम रद्ध गर्नु परेको थियो ।

No comments:

Post a Comment