top_rightads

Follow me on Twitter

Sunday, March 20, 2016

अकरकाराबाट मनग्य आम्दानी



चैत ७ ।  बहुमूल्य जडीबुटी अकरकाराबाट यहाँका किसानले मनग्य आम्दानी थालेका छन् । 

छोटो अवधिमा खेतमै उत्पादन गर्न सकिने भएपछि किसान यसतर्फ आकर्षित भएका हुन् । नेपालमा मात्र नभई भारतबाट समेत यसको माग आउन थालेको छ । 

यसको जरालाई औषधिका रुपमा प्रयोग गरिन्छ । विगत तीन वर्षदेखि डाबर नेपालले किसानबाट सिधै खरिद गरेर नेपालका साथै भारतसम्म समेत पु¥याउँदै आएको अकरकारा विभिन्न किसिमका औषधि उत्पादनमा प्रयोग हुन्छ । 



जिल्लाका टुकुचे, मार्फा, जोमसोम र कागबेनीमा यसको व्यावसायिक उत्पादन भइरहेको जिल्ला कृषि विकास कार्यालयका बाली संरक्षण अधिकृत सूर्यबहादुर बोगटी बताउनुहुन्छ । अकरकाराको जरा बिक्री गरिएपछि त्यसको पात र डाँठलाई किसानले खेतमा मलका रुपमा प्रयोग गर्दै आएका छन् । 

गत वर्ष जिल्लाबाट १२ टन अकरकारा डाबर नेपालले खरिद गरेको व्यापार व्यवस्थापन कर्मचारी प्रकाश सिंहले जानकारी दिनुभयो । 

“किसानबाट प्रतिकिलो रु ४०० मा खरिद गर्दै आएका छौँ,” उहाँले भन्नुभयो । अहिले जिल्लाको उपल्लो क्षेत्र छुसाङ, लोमान्थाङ, छोसेर लगायत क्षेत्रमा पनि यसको उत्पादन हुन थालेको छ । बर्खायाममा यसको खेती गर्न उत्तम मानिन्छ । रासस 

No comments:

Post a Comment