top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

तटबन्ध निर्माण गर्न माग गर्दै सिँचाइमन्त्रीलाई ज्ञापनपत्र


५ चैत ।

नवलपरासी क्षेत्र नं ६ का सांसद् देवकरण कलवारको नेतृत्वमा काडमाडौँ पुगेको प्रतिनिधिमण्डलले सिँचाइमन्त्रीसँग भेट गरी नारायणी नदी र जिल्लाका प्रमुख खोलामा तटबन्ध निर्माण गर्न माग गरेको छ ।

प्रतिनिधिमण्डलले बिहीबार सिँचाइमन्त्री उमेश यादवसँग भेट गरी त्रिवेणी सुस्ताको सिर खोला, ठठिया खोला र रुपौलियादेखि ठूलो खैरेटवा गाविससम्म तटबन्ध निर्माण गर्न माग गरेको हो ।

ज्ञापनपत्र बुझ्दै मन्त्री यादवले तटबन्ध निर्माण तथा खोला नियन्त्रणका लागि आवश्यक प्रकृया अगाडि बढाउने आश्वासन दिनुभएको सांसद् कलवारले बताउनुभयो । रासस

No comments:

Post a Comment