चैत्र ५, २०७२- गिनिज वल्र्ड रेकर्ड र रेकर्ड सेटरमा दुई/दुईवटा विश्व कीर्तिमान राखेका १९ वर्षीय राजा थापा होटलमा चौकीदारी गरेर जीवन गुजारा गर्दै आएका छन् । पाँचथर यासोकका थापा विगत दुई वर्षदेखि झापा बिर्तामोडको एक होटलमा चौकीदारी गर्दै आएका छन् ।
होटलको चौकीदारीबाट पाउने तलबले यिनको एक्लो ज्यानलाई महिनाभरि धान्न पुग्दैन । २० घण्टासम्म खट्दा ६ हजार पाउँछन् । त्यो पनि नियमित छैन । ‘जसोतसो जिन्दगी चलेको छ,’ उनले भने । बेलायतको मिरर र डेल्ली मेलले विश्व कीर्तिमानको खबर सार्वजनिक गरेपछि यिनलाई भारतका विभिन्न संस्थाहरूले बोलाए । आश्वासन दिए । तर, यिनी गएनन् । ‘जे गर्छु आफ्नै देशका निम्ति गर्छु भनिदिएँ,’ उनले गुनासो पोखे, ‘तर आफ्नो देशले चाहिँ कुनै चासो चिन्ता नलिँदा दु:ख लागेर आउँछ ।’
थापाले हालै मुखमा एकैसाथ १ सय ३८ वटा पेन्सिल राखेर विश्व कीर्तिमान बनाएका थिए । भारत मुम्बईका दिनेश शिवनाथ उपाध्यायको रेकर्ड उनले तोडेका हुन् । यसअघि उपाध्यायले १ सय २ वटा पेन्सिल मुखमा राखेर विश्व कीर्तिमान कायम गरेका थिए । मुखमा ३२ वटा मैनबत्ती बालेर तथा पछाडिको पाताले बिस्कुट फोरेर उनले गिनिज वल्र्ड रेकर्ड बनाएका छन् । उनले ३२ वटा मैनबत्ती बालेर मुखमा एक मिनेटसम्म राखेर कीर्तिमान राखे । जबकि आधा सेकेन्ड होल्ड गर्दा नै अघिल्लो रेकर्ड तोडिन्थ्यो ।
kantipur दैनिकमा समाचार छ
No comments:
Post a Comment