top_rightads

Follow me on Twitter

Friday, March 18, 2016

दमकमा स्टार एफएमको परीक्षण प्रसारण सुरु


५ चैत ।
झापाको दमकबाट स्टार एफएम रेडियोले प्रसारण आरम्भ गरेको छ ।

लक्की मिडिया प्रालिले सञ्चालन गरेको सो एफएमले आजदेखि औपचारिक रुपमा परीक्षण प्रसारण सुरु गरेको हो ।

नववर्ष २०७३ को अवसर पारेर वैशाख १ गतेबाट एफएमले मनोरञ्जनात्मक एवम् समाचारमूलक कार्यक्रम प्रसारण नियमितता दिने एफएमका राजु पोख्रेलले जानकारी दिनुभयो ।

उक्त रेडियो काठमाडौँ, धरान र दमकबाट एकसाथ प्रसारित रेडियो हो । रेडियोले सुरुताका नै दैनिक १८ घन्टा प्रसारण गर्ने बताइएको छ । दमकमा यस एफएमसँगै पाथीभरा, सप्तरङ्गीसहित तीनवटा रेडियो हुनेछन् । रासस

No comments:

Post a Comment