top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

मानिसलाई किन चिलाउछ !


मानिसको शरीर बाहिरी र भित्री गरि दुई कारणले चिलाउछ । भित्री कारणमा रगतको खराबीले गर्दा धेरै चिलाउने समस्या उत्पन्न भएको हुनसक्छ । त्यसैगरी कलेजो, मृर्गौला र थाइराइड आदिको समस्याका कारणले पनि शरीर चिलाउने समस्या देखा पर्नसक्छ । कसैकसैलाई जन्डीसको समस्यामा पनि शरीर अत्याधिक चिलाउने हुन्छ ।
बाहिरी कारणमा जाडो मौसममा शरीर सुख्खा भई चिलाउने हुन्छ । यसका लागि नरीवलको तेल, जैतुनको तेल, बडी लोसन प्रयोग गरी शरीर सुख्खा हुनबाट छालालाई बचाउनु पर्छ । त्यसैगरी कपडाको कारण पनि शरीर चिलाउने हुन्छ । महिलाहरुलाई कस्मेटिक एलर्जी कारणले पनि चिलाउने समस्या देखा पर्नसक्छ ।
बाहिरी प्रदुषणहरु जस्तै धुलो, धुवा, बिभिन्न ग्यास र कार्य क्षेत्रको वातावरणले पनि चिलाउने समस्या उत्पन्न हुन्छ । कसैलाइ लुतोको कारण पनि धेरै चिलाउने समस्या देखिन्छ । यस्ता समस्या भएकाले दिनहु नुहाएर छाला सफा राख्नु पर्छ ।
डावर नआई चिलायो भने यसको जाँच तुरुन्तै गराउनु पर्छ । बाहिरी कारणमा त्यसको कारण बाट बच्नु नै उत्तम उपाए हो । यदि भित्री समस्याका कारण गर्दा समस्या देखिएमा उपचार गर्नुपर्छ ।
एलर्जीका कारणले चिलाउने समस्या  भएमा हो त्यो कारण पत्ता लगाई बच्नु पर्ने हुन्छ । कसै कसैलाई भान्सामा प्रयोग हुने बस्तुका कारण पनि एलर्जी हुन सक्छ । जस्तै धनियाको पात, लसुन, कफि आदि ।
अप्रेशन गर्दा शरीर कमजोर भएको हुन्छ । यस्तो अवस्थामा प्रयोग गरिने एन्टीसेफ्टीक लोसन वा सलायनपानीका कारणले गर्दा पनि कहिले काहीँ शरीर चिलाउने हुन्छ ।
शरीर चिलाउने समस्यामा बच्ने प्रमुख उपाए भनेको के कारणले चिलाउने भएको हो त्यो पत्ता लगाई त्यसबाट बच्नु नै उत्तम उपाय हो ।

No comments:

Post a Comment