top_rightads

Follow me on Twitter

Saturday, March 19, 2016

पहिरो र बर्षामा परि १२ को मृत्यु !


६ चैत । पाकिस्तान प्रशासित काश्मिरमा भारी वर्षा र पहिरोका कारण १२ जनाको मृत्यु भएको पाकिस्तानी अधिकारीले जनाएका छन् । 

भारी वर्षापछि आएको बाढी र पहिरोका कारण धेरै घर भत्किएका र उक्त भग्नावशेषमा अरू धेरै मानिससमेत परेको आशङ्का गरिएको छ । 

बाढीका कारण मुजफ्फरबाद, बाग, अब्बासपुर, हबेली र कोटली क्षेत्रमा शुक्रबार व्यापक क्षति भएको र मृतक सबै सोही क्षेत्रका भएको स्थानीय प्रहरीले बताएको छ । बाढीका कारण हजारौँ मानिस विस्थापित भएको बताइएको छ । 

गएको वर्ष पनि उक्त क्षेत्रमा यसै समय आएको मुसलधारे पानीका कारण ८१ जनाले ज्यान गुमाएका थिए भने काश्मिर क्षेत्रमा करिब तीन लाख मानिस विस्थापित भएका थिए । रासस÷एएफपी 

No comments:

Post a Comment