top_rightads

Follow me on Twitter

Monday, March 21, 2016

देशै हल्लाउने सेक्स टेप काण्ड

जर्जिया ८ चैत  - देशलाई नै हल्लाउने सेक्स टेप काण्डमा संलग्न दुई जनालाई अधिकारीहरूले पक्राउ गरेका छन् । 

विभिन्न यौन क्रियाकलापमा व्यस्त भएका वरिष्ठ राजनीतिज्ञहरू संलग्न सेक्स टेपलाई गृहमन्त्रालयका पूर्व अधिकारी र एक जना वकिलले फैलाएको आशंकामा पक्राउ गरिएको हो।
आफूलाई केही भए अझै बढी भिडियोहरू सार्वजनिक गरिने धम्की उनीहरूले दिएको समाचारमा जनाइएको छ। पूर्व सोभियत संघको सदस्य राष्ट्र जर्जियामा आउँदो अक्टोबर महिनामा संसदीय निर्वाचन हुँदैछ।
पक्राउ गरिएका दुई जनाले भने आफूहरूमाथि लगाइएको आरोप निराधार भएको बताउँदै आएका छन्। पूर्व कर्मचारी जुराब जमालविली र वकिल इराक्ली खालद्जेले गएको साता भिडियोलाई युट्युबमा पोस्ट गरिएको थियो।


पोस्टमा विपक्षी दल फ्रि डेमोक्र्याट्स पार्टीकी एक जना महिला राजनीतिज्ञले एक जना व्यक्तिसँग यौन सम्पर्क गरेको देखिएको थियो। ती व्यक्ति उनको श्रीमान् नरहेको जानकार बताउँछन्।

यसलगत्तै अन्य दुई भिडियो सार्वजनिक भएका थिए, जसमा सत्ताधारी पार्टीका नेता र पत्रकारका यौनिक क्रियाकलापमा थिए। आउँदो ३१ मार्चसम्म भिडियोमा देखिएका सबैले राजनीतिबाट राजिनामा नदिए थप सेक्स टेपहरू सार्वजनिक गरिने अज्ञात व्यक्तिले चेतावनी दिएका छन्।

पक्राउ परेका यी दुईसँगै अन्य पाँच विरुद्ध राज्यविरुद्धको अपराधमा मुद्दा चलाइने सरकारले जनाएको छ। जर्जियाली राष्ट्रपति गियोर्गी मार्गभेलास्भिलीले सार्वजनिक भएको भिडियोको विरोध गर्दै यस कार्यविरुद्ध राज्यको सम्पूर्ण स्रोत र साधन परिचालन गरिने र यस्तो अपराधको जरामा चाँडै पुगिने बताएका छन्।

(नागरिक न्युज डटकम बाट)

No comments:

Post a Comment